विश्वसनीय आयोग गठन गरी शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन आग्रह
विस्तृत शान्ति सम्झौतामा उल्लेख गरिएका मानव अधिकारका सवालहरुको अझै पनि पूर्ण रुपमा सम्वोधन हुन विश्वसनीय आयोग गठन गरी शान्ति प्रक्रियालाई शीघ्र टुङ्गोमा पुर्याउन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । नेपाल सरकार र तत्कालीन नेकपा माओवादीबिच २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताबाट प्रारम्भ भएको शान्ति प्रक्रियाको १८…
उपनिर्वाचन हुने स्थानीय तहलाई आयोगको निर्देशन
यही मङ्सिर १६ गते हुने स्थानीय तहको निर्वाचनका बेला निर्वाचनलाई सहयोग हुने गरी आवश्यक तयारीमा रहन निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहलाई आठ बुँदे निर्देशन दिएको छ । आयोगले मङ्सिर ३ गते एक विज्ञप्ति जारी गर्दै भौतिक संरचना र सवारी साधन तयारी अवस्थामा राख्न उपनिर्वाचन हुने स्थानीय तहहरुलाई निर्देशन दिएको…
कीर्तिपुरको कार्यवाहक मेयरको कार्यकक्षमा वडाध्यक्षद्वारा तोडफोड
कीर्तिपुर नगरपालिकाकी कार्यवाहक मेयर शुभलक्ष्मी शाक्य(सुनिता)को कार्य कक्षमा वडा नम्बर ३ का वडाध्यक्ष सुविन्द्र महर्जनले कात्तिक ३० गते शुक्रबारर तोडफोड गर्नु भएको आरोप छ । वडा नम्बर ३ का वडाध्यक्ष महर्जनले शुक्रबार दिउँसो कार्यवाहक उपमेयरको कार्यकक्षमा तोडफोड गर्नु भएको कार्यवाहाक मेयर शाक्यको आरोप छ । कर्मचारीहरुले वडाको काममा ढिलासुस्ती गरिदिएको…
उपनिर्वाचनका लागि ४ सय ७ जना चुनावी मैदानमा
मङ्सिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरेर ४ सय ७ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समयसिमा भित्र ४२ पदका लागि विभिन्न राजनीतिक दलबाट २ सय ८६ र स्वतन्त्रबाट…
अधिकारकर्मी ढुङ्गानाको निधनप्रति इन्सेकद्वारा दुःख व्यक्त
मानव अधिकारकर्मी एवम् लोकतन्त्रका अग्रज पूर्वसभामुख दमननाथ ढुङ्गानाको ८३ वर्षको उमेरमा ०८१ मङ्सिर २ गते उपचारको क्रममा निधन भएको खबरले दु:खी भएको इन्सेकले जनाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा मङ्सिर ३ गते जारी शोक वक्तव्यमा भनिएको छ- 'नेपालको संसदीय इतिहासमा उहाँले देखाउनु भएको मार्गदर्शन, मानव…
स्थानीय तहको उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागू
यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगको मङ्सिर १ गतेको बैठकले मङ्सिर २ गतेदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय भएको आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल…
व्यवसाय र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कात्तिक ३० गते काठमाडौँमा व्यवसाय र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । डीसीएसँगको सहकार्यमा इन्सेकले गरेको अन्तरक्रिया कार्यक्रममा व्यवसाय र मानव अधिकार विषयक कार्यपत्र प्रस्तुत गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव गगनसिंह विष्टले आगामी आर्थिक वर्षदेखि नीति तथा कार्यक्रममा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
४१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इच्छाकामना गाउँपालिका-४ का ४१ वर्षीय भेषराज चेपाङलाई कात्तिक २८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई कात्तिक १७ र २२ गते बलात्कार गरेको आरोपमा आरोपितलाई गिरफ्तार भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले बताउनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
५५ वर्षीया महिलालाई कात्तिक २३ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रोशी गाउँपालिका-९ मङ्गलटारका १९ वर्षीय मनोज भनिने सरोज पहरीलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ । पीडितले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा कात्तिक २५ गते जबरजस्ती करणी उद्योग शीर्षकमा दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
सात वर्षीय बालकलाई कात्तिक १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई कात्तिक २८ गते गिरफ्तार गरेको छ । पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा कात्तिक २३ गते 'अप्राकृतिक मैथुन' शीर्षकमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी मिनबहादुर घलेले बताउनु भयो । पीडित बालकको स्वास्थ्य…