निर्वाचन आयोगले अदालतलाई जबाफ सोमबार पठाउने
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रयोग हुने मतपत्रका सन्दर्भमा सर्वोच्च अदालतलाई भोलि कात्तिक १३ गते जबाफ पठाउने भएको राससले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले अदालतको आदेशलाई उच्च सम्मान र सकारात्मकरुपमा लिँदै जबाफ लिएर अदालतमा जाने सञ्चारकर्मीलाई प्रतिक्रिया दिए । उनले भने-“आयोग आफ्नो…
समानुपातिकतर्फ संशोधनसहित बन्दसूची पेश
राजनीतिक दलहरुले आगामी मङ्सिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारको बन्दसूची संशोधन गरी पेश गरेका राससले जनाएको छ । गत असोज २९ गते निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्दसूची बुझाएका अधिकांश राजनीतिक दलहरुले बन्दसूची संशोधन गरी आयोगमा बुझाएको निर्वाचन अधिकृत एवम् निर्वाचन आयोगका…
फूजेल हत्या प्रकरणः १८ औँ पटक पेशी सर्यो
गोरखा फुजेलका कृष्ण अधिकारीको हत्यासम्बन्धी मुद्दामा कात्तिक १२ गते आइतबारका लागि पेशी तोकिएकोमा पुनः अर्को पेशी मिति तोकिएको छ । चितवन अदालतका सूचना अधिकारी केशव पौडेलका अनुसार मङ्सीर २५ गते सोमबारका लागि १८ औं पटक पेशी चढेको हो । ०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या…
स्वास्थ्य, शिक्षा र खाद्य अधिकारको विषयमा टेलिभजिन सम्वाद
अनौपचारिक सेवा केन्द्र (इन्सेक)को आयोजनामा रामेछापमा शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा टेलिभिजन सम्वाद कार्यक्रम कात्तिक १० गते सम्पन्न गरिएको छ । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला पशुसेवा कार्यालय र जिल्ला कृषि विकास कार्यालयका प्रतिनिधिहरूले रामेछापमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्थाका बारेमा जानकारी गराएका थिए ।…
स्थानीय तहसँग नागरिक समाजको सहकार्य विषयमा अन्तरक्रिया
वर्तमान सन्दर्भमा नागरिक समाज र स्थानीय तहको सहकार्य विषयमा रामेछापका सरोकारवालासँग कात्तिक ९ गते रामेछापको मन्थलीमा अन्तरक्रिया गरिएको छ । युसएडको आर्थिक सहयोग तथा एफएचआई ३६० र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले मन्थली नगरपालिका विकासका लागि…
मानव अधिकार उल्लङ्घनका आरोपितको उम्मेदवारी खारेजीको माग
आसन्न निर्वाचनका लागि उम्मेदवारी दिने क्रम चलिरहेको सन्दर्भमा मानव अधिकारकर्मीहरूले मानव अधिकारको उल्लङ्घनका आरोपितलाई उम्मेदवार नबनाउन र उम्मेदवारी परेकाहरूको उम्मेदवारी खारेजीको माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), एडभोकेसी फोरम नेपाल र नेपाल मानव अधिकार सङ्गठनले राजधानीको अनामनगरस्थित संवाद डबलीमा संयुक्त रूपमा पत्रकार सम्मेलन आयोजना गरी त्यस्ता व्यक्तिहरूको…
मानव अधिकार उल्लङ्घनका आरोपितलाई उम्मेदवार नबनाउन माग
आसन्न निर्वाचनका लागि उम्मेदवारी दिने क्रम चलिरहेको सन्दर्भमा द्वन्द्वपीडित तथा मानव अधिकार समुदायले मानव अधिकारको गम्भीर उल्लङ्घनकर्ताका रूपमा आरोपित र प्रमाणित भइसकेका कसैलाई पनि उम्मेदवार नबनाउन राजनीतिक दलहरूसँग जोडदार माग गरेको छ । 'शान्ति प्रक्रियाको एक प्रमुख कार्यभार स्वरूप संविधानसभाबाट लोकतान्त्रिक सङ्घीय गणतन्त्र नेपालको संविधान जारी भएर स्थानीय निर्वाचन सम्पन्न…
स्थानीय सरकारले संस्थाहरूसँग रकम लिने निर्णयले काममा बाधा पुगेको गुनासो
स्थानीय सरकारले सङ्घसंस्थाले गाउँपालिकामा काम गर्नका लागि रकम लिएर दर्ता गर्ने नीतिका कारण काम गर्न सङ्घसंस्थाहरूलाई चुनौती थपिएको र केही संस्थाहरूले काम नै गर्न नसकेको सरोकारवालाले गुनासो गरेका छन् । ज्वालामूखी गाउँपालिकाले गाउँपालिका भित्र काम गर्न चाहने सङ्घसंस्थाले गाउँपालिकामा जिल्लामा दर्ता भएकाले वार्षिक १० हजार रुपियाँ र जिल्ला बाहिर दर्ता…
अदालतको अवहेलना गरेको भन्दै निवेदन दर्ता
सर्वोच्च अदालतमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका बालकृष्ण ढुङ्गेललाई एक हप्ताभित्र गिरफ्तार गरी कारागार चलान गर्नु भन्ने आदेश कार्यान्वयन नभएको भन्दै अदालतको अवहेलनामा निवेदन दर्ता भएको राससले जनाएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत चैत ३१ गते सात दिनभित्र ढुंगेललाई गिरफ्तार गरी कारागार चलान गर्न प्रहरी महानिरीक्षकका नाममा…
कथित बोक्सीको आरोपमा बुहारीलाई कुटपिट
नौकुण्ड गाउँपालिका-५ खाल्चेतकी ३७ वर्षीया राधा घलान तामाङलाई कथित बोक्सीको आरोपमा ५२ वर्षीय जेठाजु सन्तबहादुर घलान तामाङ, उनका छोरा २० वर्षीय सन्तोष घलान र विशाल घलान समेतले कात्तिक १ गते राति ९:३० बजे कोदालोको समेत प्रयाग गरी कुटपीट गरेको पीडित पक्षको आरोप छ । पीडित महिलाको उपचार काठमाडौँ बसुन्धरास्थित ग्रिनसिटी…