जिल्लामा अत्यावश्यक औषधि अभाव भए कारबाही गरिने

अत्यावश्यक औषधि खरिद नगरी अभाव सिर्जना गर्ने जिल्ला स्वास्थ्य र जनस्वास्थ्य कार्यालयका प्रमुखलाई कारबाही गरिने  स्वास्थ्य मन्त्रालयले जनाएको राससले उल्लेख गरेको छ । धेरै जिल्लामा निःशुल्क औषधिको अभाव भइरहेको समाचार आएपछि मन्त्रालयले सबै जिल्लाका १ सय ३१ ओटा अस्पतालमा १३ करोड १३ लाख रुपियाँ निकासा गरिएको मन्त्रालयका लेखा अधिकृत सुरेश…

January 17, 2017  
सशस्त्र प्रहरीद्वारा बेपत्ता बनाइएका तामाङको अवस्था सार्वजनिक नहुँदा पीडित परिवार विस्थापित

तातोपानी सीमा सुरक्षाको लागि खटिएका सशस्त्र प्रहरी बलद्वारा ०७१ चैत ११ गते बेपत्ता बनाएका हगाम गाविस-७ घर भई तातोपानी गाविसमा मजदुरी गरी बस्ने २० वर्षीय कुमार तामाङको हालसम्म अवस्था सार्वजनिक नहुँदा पीडितकी पत्नी डोल्मा तामाङ र उनकी दुई वर्षीया छोरी गाउँबाट विस्थापित भएका छन् । घर परिवार र गाउँलेहरूको नराम्रो…

कुटपिट घटनाका आरोपित गिरफ्तार

चौतारा नपा-५ देउरालीकी ३७ वर्षीया धनमाया श्रेष्ठलाई माघ १ गते कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले ३७ वर्षीय पति मोहनप्रसाद श्रेष्ठलाई माघ २ गते गिरफ्तार गरेको छ । पीडित महिलाले माघ २ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केदार बस्नेतले…

आयोगको प्रतिवेदन संसद्मा छलफल हुनु जरुरी

राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन व्यवस्थापिका–संसद्मा छलफल हुनुपर्ने सरोकारवालाले जोड दिएका छन् । आयोगद्वारा माघ २ गते आफ्नै कार्यालय हरिहरभवनमा आयोजित आर्थिक वर्ष २०७२/७३ को वार्षिक प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा सो विषयवस्तुले प्रवेश पाएको हो । आयोगले प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रप्रमुखसमक्ष बुझाउँदै आए पनि त्यसले संसद्मा प्रवेश…

January 15, 2017  
इलाका प्रशासन कार्यालय लाप्चानेको सेवा बन्द हुँदा स्थानीयलाई समस्या

रामेछापको इलाका प्रशासन कार्यालय प्रिति लाप्चानेको सेवा एक महिनादेखि बन्द हुँदा स्थानीय सेवाग्राही सेवाबाट वञ्चित भएका छन् । इलाका प्रशासन कार्यालयमा सरकारले अधिकृत स्तरको कर्मचारी नखटाउँदा इलाका प्रशासन कार्यालये दिने सम्पूर्ण सेवा एक महिनादेखि बन्द भएको हो । जिल्लाका आठ ओटा गाविसका स्थानीयलाई सेवा प्रवाह गर्ने उद्देश्यले स्थापना गरिएको सो…

January 15, 2017  
मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूको नेतृत्व विकास तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा पुस २५ गतेदेखि पुस २७ गतेसम्म धुलिखेलमा सञ्चालन गरिएको मध्यमाञ्चल क्षेत्रका विभिन्न सात जिल्लामा गठन गरिएका मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूको नेतृत्व विकास तालिम सम्पन्न भएको छ । तालिमको समापन समारोहमा बोल्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले राज्यबाट प्रदान गरिने सेवा र सुविधाका विषयमा…

January 11, 2017  
कृष्णप्रसाद अधिकारी हत्या प्रकरणः १० महिनामा ११ औँ पटक पेशी सर्‍यो

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा पुस २५ गतेका लागि तोकिएको पेशी सरेर ११ औं पटकको पेशीका लागि आगामी माघ १९ गते तोकिएको छ । पुस २५ गते तोकिएको पेशी अदालतको प्रशासनिक कार्यले गर्दा सार्नु परेको अदालतका सूचना अधिकारी कृष्ण बरालले जानकारी दिए । दश वर्षे सशस्त्र द्वन्द्वका घटनाहरूमध्ये कृष्णप्रसाद…

January 10, 2017  
मानव अधिकार निगरानी समूहका सदस्यहरूका लागि नेतृत्व विकास तालिम सुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा पुस २५ गतेदेखि पुस २७ गतेसम्मका लागि आयोजित मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूको नेतृत्व विकास तालिम मध्यमाञ्चल र पश्चिमाञ्चलमा सुरु भएको क्षेत्रीय कार्यालयहरूले जनाएका छन् । इन्सेक काभ्रे जिल्ला प्रतिनिधि भोजराज तिमल्सिनाका अनुसार कानुनले समाज सुधार गर्ने कि समाजले कानुन सुधार गर्ने भन्ने विषय…

January 10, 2017  
‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ स्वीकृत

व्यवस्थापिका–संसद्को पुस २५ गते बसेको दोस्रो बैठकले ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ लाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । यसअघिको बैठकमा गणपूरक सङ्ख्या नपुगेका कारण प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन । आधा घन्टाको स्थगनपछि बैठकले सो प्रस्ताव पारित गरेको हो । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सो प्रस्ताव प्रस्तुत गरेका थिए । व्यवस्थापिका–संसद्को पुस…

January 10, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई पुस २३ गते बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर उमनपा-१६ का २२ वर्षीय कृष्ण गैरे र भरतपुर-५ का २१ वर्षीय सुदिप थापालाई पुस २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले पुस २४ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएपछि उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला…

January 10, 2017