अधिकारी हत्याको पेशी माघ १९ गते तोकियो
गोरखा फूजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणसम्बन्धी पेशी माघ १९ गतेका लागि सरेको जिल्ला अदालत चितवनले जनाएको छ । यस अघि पुस २५ गतेका लागि पेशी तोकिएकोमा अदालतले सूचनामार्फत सो जानकारी दिएको हो । न्यायाधीश टेकनारायण कुँवरको कार्य व्यवस्तताका साथै अन्य प्रशासनिक कारण पेशी पुनः सरेको अदालतका सूचना अधिकारी कृष्ण बरालले…
सर्वोच्चद्वारा लोकमान कार्कीको नियुक्ति असंवैधानिक ठहर
सर्वोच्च अदालतले पुस २४ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति असंवैधानिक भएको ठहर गरेको छ । न्यायाधीशर् इश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टर्राई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले कार्कीको नियुक्ति असंवैधानिक भएको ठहर गरेको हो । अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीको नियुक्ति संविधान विपरीत भएको…
नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ को तयारी, वार्षिक सम्पादन भेला सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले वार्षिक रूपमा प्रकाशन गर्दै आइरहेको नेपाल मानव अधिकार वर्ष पुस्तकको नयाँ सृङ्खला नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१७ का लागि प्राप्त घटनाहरूका सन्दर्भमा छलफल गरी अन्तिम रूप दिन पाँचै क्षेत्रमा क्षेत्रीयस्तरको सम्पादन भेला पुस २४ गतेबाट सुरू भएको छ । पूर्वाञ्चलको विराटनगरमा, मध्यमाञ्चलको धुलिखेलमा, पश्चिमाञ्चलको पोखरामा,…
कारागारमा कैदीबन्दी क्षमताभन्दा बढी, व्यवस्थापनमा समस्या
देशका विभिन्न कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण व्यवस्थापनमा समस्या भएको खबर इन्सेक जिल्ला प्रतिनिधिहरूले पठाएका छन् । इन्सेक डोटी जिल्ला प्रतिनिधि दीर्घ खत्रीका अनुसार राणाकालमा स्थापना गरिएको डोटी जिल्ला कारागार जीर्ण बन्दै आएपछि कैदीबन्दीहरूलाई समस्या भएको छ । निकै पुरानो भएकाले जेलमा व्यवस्थापनको पक्ष अत्यन्तै जटिल भएको जेलर यज्ञराज…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनालाई पुस २० गते स्थानीयको मिलेमतोमा गाउँमै मिलाइएको घटना अहिले सार्वजनिक भएको छ । घटना गुपचुप रूपमा गाउँघरमै मिलाइए पनि गाउँका अगुवाले यस विषयमा सामाजिक सञ्जालमा पोष्ट गरेपछि र प्रशासनलाई खबर गरेपछि घटना व्यूँतिएको छ । घटना बारे प्रहरी र महिला तथा बालबालिका कार्यालयले…
स्थानीय तहको सङ्ख्या चार महानगरपालिकासहित ७ सय १९
स्थानीय निकायको पुनःसंरचना गर्न गठित ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोग’ले चार महानगरपालिकासहित ७ सय १९ स्थानीय तह रहने गरी तयार गरिएको प्रतिवेदन सरकारलाई बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुस २२ गते आयोगका अध्यक्ष बालानन्द पौडेलले सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेमार्फत सरकारलाई…
लक्ष्मी हत्याका आरोपितमध्ये तीन जना पूर्पक्षका लागि थुनामा
सानो वाङ्थली गाविस-७ पौवाडाँडाकी ३२ वर्षीया लक्ष्मी नेपालीलाई गत मङ्सिर २४ गते बिहान उनकै ३४ वर्षीय पति मिलन परियारलगायतले कुटपिट गरेका कारण मृत्यु भएको कर्तव्य ज्यान मुद्दाका आरोपितमध्ये तीन जनालाई जिल्ला अदालत काभ्रेको पुस २१ गतेको आदेशमा पूर्पक्षका लागि थुनामा पठाइएको छ । मृतकलाई पोलमा बाँध्न डोरी दिएको भनी आरोप…
बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला
३५ वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले छतिवन गाविस-३ का ३९ वर्षीय अमरबहादुर घिसिङलाई पाँच वर्षकैद गर्ने फैसला सुनाएको छ । न्यायाधीश दयाराम ढकालको पुस २० गते बसेको इजलासले बलात्कार गरेको ठहर गर्दै पाँच वर्षकैद र पीडकबाट ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको हो । पीडित…
लाङटाङवासीको एकै आवाज–‘सरकार खोइ कहाँ छ ?’
‘विभिन्न किसिमका घोषणा गर्ने र नागरिलाई आश्वस्त पार्ने बाहेक सरकारले क गरेको छ र ? यहाँ न गाविसको कार्यालय छ, न सरकारी निकायको स्वास्थ्य निकाय नै !’–लाङटाङका स्थानीयहरूको प्रतिक्रिया हो यो । ‘राज्यका विभिन्न निकायका संरचनासमेत नभएको लाङटाङमा स्थानीयबासीले सरकार विहीनता कहिलेसम्म भोग्नु पर्ने हो ?’–स्थानीय डोल्मा तामाङले प्रश्न गरिन्…
संविधान संशोधन विधेयक अघि बढाउन बाटो खुला
सर्वोच्च अदालतले व्यवस्थापिका-संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक हाल रोक्नु नपर्ने आदेश जारी गरेको राससले जनाएको छ । प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीशर् इश्वरप्रसाद खतिवडाले संयुक्त इजालसले संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक रोक्न अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश जारी गरेको हो । आदेशमा भनिएको छ-"कुनै पनि विधेयकउपर छलफल…