अज्ञात समूहबाट उम्मेदवारको गाडीमा आगजनी

नेपाली काङ्ग्रेसबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवारले निर्वाचन प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा अज्ञात समूहले तोडफोड गरेको छ । शिवपुरी गाउँपालिकाका अध्यक्षका उम्मेदवार रामकृष्ण थापाको बा ११ च ३४९९ नं को स्कर्पियो गाडीमा अज्ञात समूहले वैशाख २२ गते राति तोडफोड तथा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पञ्चकन्या गाउँपालिका-५…

May 7, 2017  
आचारसंहिताविपरीत मोटरसाइकल र्‍याली निकालेकोमा स्पष्टीकरण

निर्वाचन आयोगले ललितपुरको महालक्ष्मी नगरपालिकामा सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालले निर्वाचन आचारसंहिताविपरीत मोटरसाइकल र्‍याली निकालेको जनाउँदै प्रमुखका उम्मेदवार जनक थापालाई २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न आदेश दिएको राससले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले अनुगमनको क्रममा सप्रमाण फेला पारी तत्काल र्‍याली रोक्न निर्देशन…

May 6, 2017  
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा तीन जना गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले वैशाख २० गते राति तीन जनालाई गिरफ्तार गरेको छ । मनोनयन दर्ताको काम सकेर प्रचार प्रसारमा लागेका विभिन्न दलका उम्मेदवारलाई जबरजस्ती मनोनयन फिर्ता लिन लगाउने, घरमा कालो झण्डा गाड्नेलगायतका काम गरेको भन्दै प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका इलाका…

May 5, 2017  
निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता

जिल्लामा क्रियाशील राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला बालकल्याण समितिले वैशाख २१ गते जिल्लामा क्रियाशिल दलहरूबाट बालबालिका प्रयोग नगर्ने लिखित प्रतिबद्धता गराएको जनाएको छ । निर्वाचन आयोगद्वारा जारी स्थानीय तह निर्वाचन आचार संहितामा उल्लेखित निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा…

May 5, 2017  
प्रधानन्यायाधीश कार्कीलाई काम गर्न दिन अन्तरिम आदेश

सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्की बिरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव यथास्थितिमा राखी वैशाख २२ गतेबाटै काम गर्न दिनका लागि अन्तरिम आदेश जारी गरेको राससले जनाएको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले सर्वोच्च अदालतमा विचाराधीन रहेको प्रहरी महानिरीक्षकको बढुवासम्बन्धी मुद्दालाई आधार मानी अभियोग लगाइएको देखिए पनि त्यसको आधार स्पष्ट…

May 5, 2017  
न्यायापालिकालाई स्वतन्त्र र स्वाधीन बनाउने अभियानमा लाग्न नागरिक अगुवाको आग्रह

नागरिक समाजका अगुवाहरूले न्यायापालिकालाई स्वतन्त्र र स्वाधीन बनाउने अभियानमा लाग्न सबैलाई आग्रह गरेका छन् । न्यायापालिका र लोकतन्त्र बचाउ अभियानका क्रममा वैशाख २० गते बसन्तपुरको डबलीमा आयोजित सभामा नागरिक समाजका अगुवाहरूले यस्तो आग्रह गरेका हुन् । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रधान्यायाधीश सुशिला कार्कीमाथिको महाभियोग गलत प्रयोग भएको भन्दै न्यायालयले फैसला गर्दा…

May 3, 2017  
महाअभियोगको प्रस्ताव संविधानविपरीत भएको भन्दै सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका-संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव संविधान विपरीत भएको भन्दै रिट निवेदन दर्ता भएको राससले जनाएको छ । अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र सुनील रञ्जन सिंहले संयुक्तरुपमा वैशाख २० गते दायर गरेको रिट निवेदनमा संविधानको धारा १०१ ९२० अनुसार महाअभियोग लगाउन नमिल्ने भन्दै महाअभियोगसम्बन्धी कुनै पनि काम…

May 3, 2017  
मेयरको घरमा कालो झण्डा

स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेदवारहरूको घरमा वैशाख २० गते नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालो झण्डा राखेका छन् । सो महानगरपालिकाका उम्मेदवारहरू रेणु दाहाल, देवी ज्ञवाली र दिनेश कोइरालाको घरमा कालो झण्डा गाडिएको सो पार्टीले जनाएको छ । राप्ती नगरपालिकामा काँग्रेसका मेयर उम्मेदवार किरण ओली,…

May 3, 2017  
प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन आइसीजेको आग्रह

मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय न्यायिक आयोग (आइसिजे) ले नेपाल सरकार र सत्तारुढ दललाई प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन आग्रह गरेको राससले जनाएको छ । आयोगका प्रमुख म्याट पोलार्डले वैशाख १९ गते जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव फिर्ता लिई स्वतन्त्र न्यायापालिका र शक्ति पृथकीकरणको उचित अभ्यास…

May 3, 2017  
देश निर्वाचन उन्मुख, ठूलो उत्साहका साथ मनोनयन दर्ता

आगामी वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि राजधानी काठमाडौँसहित प्रदेश नं ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका २ सय ८३ वटा स्थानीय तहमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारले उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले मङ्गलबार बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी मनोनयन…

May 2, 2017