इँटाभट्टाबाट आठ जना बाल श्रमिकको उद्धार

बाल कल्याण समिति भक्तपुरले माघ १७ गते महानगरीय प्रहरी परिसर भक्तपुरको सहयोगमा भक्तपुरको दुई ओटा इँटा भट्टामा काम गर्दै आएका आठ जना बाल श्रमिकको उद्धार गरेको छ । समितिले चागुँनारायण नपा-१७ झौखेलस्थित माता चिम्नी इँटा उद्योग र नगरकोट नपा-४ सुडालस्थित महेश्वरी इँटा उद्योगमा कार्यरत बाल श्रमिकको उद्धार गरेको महानगरीय प्रहरी…

January 30, 2017  
लेखा समितिको सभापतिमा सत्तापक्षकै सांसद निर्वाचित

व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा सत्तापक्षकै सांसद डोरप्रसाद उपाध्याय निर्वाचित भएका छन् । समितिको सभापतिका लागि माघ १७ गते भएको निर्वाचनमा एमाले सांसद पशुपति चौलागाईंको भन्दा सात मत बढी ल्याएर सत्तापक्षीय गठबन्धनका उम्मेदवार डोरप्रसाद उपाध्याय निर्वाचत भएका हुन् । निर्वाचत उपाध्यायले ३९ मतमध्ये २३ मत प्राप्त गरेका थिए…

January 30, 2017  
संसदबाट निर्वाचन कसुर तथा सजायसम्बन्धी विधेयक पारित

व्यवस्थापिका संसदको माघ १७ गतेको बैठकले निर्वाचन कसुर तथा सजायसम्बन्धी विधेयक पारित गरेको छ । राज्यव्यवस्था समितिले माघ १४ गते संसदमा प्रस्तुत गरेको प्रतिवेदनमाथि संसदमा उपस्थित सांसदहरूको र्सवसम्मतिले पारित भएको हो । संसदले निर्वाचनसँग सम्बन्धित निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक र मतदाता नामावलीसम्बन्धी विधेयक यसअघि नै पारित गरेको…

January 30, 2017  
सर्वोच्चको न्यायाधीश पदमा केसी र भण्डारीको नाम अनुमोदन

व्यवस्थापिका संसद्को सुनुवाइ समितिको माघ १७ गते बसेको बैठकले मुख्य न्यायाधीशहरू तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीलाई सर्वोच्च अदालतको न्यायाधीश पदका लागि अनुमोदन गरेको छ । न्यापरिषद्को पुस १८ गतेको बैठकले न्यायाधीश केसी र भण्डारीलाई सर्वोच्चको न्यायाधीश पदमा सिफारिस गर्दै सुनुवाइका लागि संसद सचिवालयमा पठाएको थियो । संसदीय सुनुवाइको क्रममा दुवै…

January 30, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ठिङ्गन गाविस-५ का २८ वर्षीय ठुलोबावु डिमडुङलाई माघ १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १४ गते बलात्कार गरेको भन्दै पीडित बालिकाका अभिभावकले ठिङ्गन प्रहरी चौकीमा माघ १५ गते उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ १६ गते…

January 30, 2017  
शहीदले गरेका बलिदानको स्मरण गरी शहीद दिवस मनाइयो

मुलुकमा प्रजातन्त्र स्थापना गरी जनतालाई समृद्ध बनाउनका लागि शहीदले दिएको जीवनको बलिदानीलाई माघ १६ गते विभिन्न कार्यक्रम गरी सम्झना गरिएको छ । शहीद दिवसका अवसरमा चार शहीद शुक्रराज जोशी, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको मूर्तिमा माल्यार्पण तथा पुष्पगुच्छा चढाएर र उनीहरुके स्मरणमा कार्यक्रमहरु गरेर सम्झना गरिएको हो ।…

January 29, 2017  
कुटपिट गरी गर्भवती पत्नीको हत्या गरेको आरोपमा पति गिरफ्तार

लिखु गाविस-४ पुरानो गाउँकी २६ वर्षीया उर्मिला तामाङलाई माघ १३ गते कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीय पति मानबहादुर तामाङलाई माघ १४ गते गिरफ्तार गरेको छ । माघ १३ गते राती छिमेकीको घरमा भोज खाएर आएका तामाङ दम्पत्तिबिच सामान्य घरायसी विवादका कारण आरोपितले निर्घात कुटपिट गरेका कारण उर्मिलाको…

January 27, 2017  
निर्वाचन आयोगमा तीन जनाको नाम सिफारिस

संवैधानकि परिषद्को माघ १४ गते बसेको बैठकले निर्वाचन आयोगको रिक्त आयुक्त पदका लागि तीन जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेहरूमा नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाह रहेका छन् । सिफारिस भएका दाहाल र पौडेल पूर्व सचिव हुन् भने शाह पूर्व सहसचिव हुन् । संसदीय सुनुवाइको प्रक्रिया पूरा…

January 27, 2017  
अान्दाेलनका क्रममा ४७ राउण्ड रबरका गोली प्रहार, ६ जना घाइते

खानीगाउँ गाविस ढिकुरेमा स्थानीय निकाय पुनर्संरचनाको सीमाङ्कनको विरोधमा आन्दोलनरत स्थानीय र प्रहरीबिच माघ १२ गते झडप हुँदा ६ जना आन्दोलनकारी घाइते भएका छन् । सीमाङ्कनको विरोधमा स्थानीयले बन्द गरेको ढिकुरेमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. रामशरण महत बन्द गर्न नहुने भन्दै जागरण सभा गर्न गएका थिए । उक्त…

January 25, 2017  
निर्वाचनका लागि कानुनी आधार तय, दुई विधेयक पारित

आगामी माघ ७ गतेभित्र स्थानीय तह, प्रदेश र केन्द्रका तीनै तहको निर्वाचनका लागि कानुनी आधार तयार भएको राससले जनाएको छ । व्यवस्थापिका–संसद्को माघ १२ गते बसेको बैठकले मतदाता नामावली विधेयक, २०७३ र निर्वाचन आयोग विधेयक, २०७३ लाई सर्वसम्मतिले पारित गरेसँगै निर्वाचनका लागि कानुनी आधार तयार भएको हो । सो विधेयकमाथिको…

January 25, 2017