निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढे, सरोकारवालाको ध्यान गएन

स्थानीय तह निर्वाचन आउन दुई दिन मात्रै बाँकी रहँदा विभिन्न जिल्लामा आचारसंहिता विपरीतका गतिविधि भएका इन्सेकका जिल्ला प्रतिनिधिहरूले जनाएका छन् । इन्सेक धादिङ जिल्ला प्रतिनिधि सिताराम अधिकारीका अनुसार चुनावी प्रचारको लागि वैशाख २८ गते नेकपा माओवादी केन्द्रले निर्वाचन आचारसंहिता विपरीत विद्यालयको गाडी प्रयोग गरेको छ । माओवादी केन्द्रले बेनिघाट रोराङ…

May 11, 2017  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

बलेफी गाउँपालिका-५ सिरानटोलका ३४ वर्षीय कुमार श्रेष्ठ र सोही ठाउँकी जमुना गुवाजुलाई बहुविवाह गरेको आरोपमा प्रहरीले वैशाख २८ गते गिरफ्तार गरेको छ । ३० वर्षीया सविना श्रेष्ठले दुई वर्षअघि बहुविवाह गरेको आरोपमा उनले वैशाख २२ गते जिल्ला प्रहरी कार्यालयमा आरोपितद्वयविरुद्ध उजुरी दिएकी थिइन् । आरोपितहरूलाई कानुन अनुसार कारबाही गरिने जिल्ला…

सिलिण्डर बम विष्फोटबाट एक घाइते

हेटौँडा उपमहानगरपालिका-१६ मा वैशाख २७ गते राति अज्ञात समूहले गराएको सिलिण्डर बम विष्फोटबाट एक जना घाइते भएका छन् । एमालेका वडाध्यक्ष उम्मेदवार गोविन्द दाहालको घर नजिकै राति पौने १० बजे अज्ञात समूहले सिलिण्डर बम विष्फोट गराएको प्रहरीले जनाएको छ । विष्फोटबाट ३४ वर्षीय श्यामप्रसाद दाहाल घाइते भएका छन् । उनको…

May 11, 2017  
आज राति १२ बजेपछि उम्मेदवारको प्रचारप्रसार गर्न नपाउने

यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको मौन अवधि वैशाख २८ गते बिहीबार राति १२ बजेपछि सुरू हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले वैशाख २७ गते विज्ञप्ति जारी गर्दै मौन अवधि सुरू भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न/गराउन निषेध गरिएको राससले जनाएको छ…

May 11, 2017  
दलहरूद्वारा आचारसंहिता अक्षरश पालना गर्ने सामूहिक प्रतिबद्धता व्यक्त

निर्वाचन आयोग समक्ष प्रमुख राजनीतिक दलहरूले आगामी स्थानीय तहको निर्वाचनको सुव्यवस्थापनमा सहयोग पुर्‍याउने सामूहिक प्रतिबद्धता जनाएका छन् । स्थानीय तहको निर्वाचनको तयारी, शान्ति सुरक्षा, आचारसंहिता र मतदाता शिक्षाका बारेमा केन्द्रित रहेर वैशाख २७ गते आयोगमा भएको छलफलपछि प्रमुख दलका शीर्ष नेताले सामूहिक प्रतिबद्धतामा हस्ताक्षर गरेको राससले जनाएको छ । उक्त…

May 11, 2017  
एमाले कार्यकर्तामाथि कुटपिट

दुधौली नगरपालिका-४ दुधौलीमा नेकपा एमालेका दुई जना कार्यकर्तालाई नेकपा माओवादी केन्द्रका कार्यकर्ताले घरमै गएर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । कुटपिटबाट दुधौली नगरपालिका-४ डकाहा निवासी एमाले कार्यकर्ता रुपक खड्का र रुपा खड्का घाइते भएका छन् । नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज विषमलाल अधिकारी दनुवारका छोरा रोशन अधिकारी…

May 10, 2017  
प्रहरीद्वारा पत्रकारलाई दुर्व्यवहार गरेको आरोप

सुरक्षा जाँचको क्रममा रोकिएको माइक्रोबस तोडफोड गरेको घटनाको रिपोर्टिङ गर्ने क्रममा पत्रकार देवचन्द्र भट्टमाथि वैशाख २६ गते साँझ प्रहरीले दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ । विदुरमा प्रहरी चेकजाँचको क्रममा स्थानीय भीडले माइक्रोस तोडफोड गरेपछि उक्त माइक्रोबसको फोटो खिच्न लाग्दा नेपाल टेलिभिजन र अन्नपूर्ण मिडिया नेटवर्कका नुवाकोट प्रतिनिधि ३६…

May 10, 2017  
काङ्ग्रेस कार्यकर्ताको आक्रमणबाट एमाले कार्यकर्ता घाइते

गल्छी गाउँपालिका-७ मछेडी खोला निवासी एमाले कार्यकर्ता ३१ वर्षीय सुब्बा बिकलाई घरमा बसिरहेका बेला चुनावी प्रचारको लागि गाउँमा पुगेका काङ्ग्रेस कार्यकर्ताको समूहले आक्रमण गरी घाइते बनाएको पीडित पक्षको आरोप छ । बिकलाई वैशाख २५ गते राति काङ्ग्रेस कार्यकर्ताहरूले लाठी प्रहार गरी घाइते बनाएको एमालेले वैशाख २६ गते एक प्रेस विज्ञप्ति…

May 10, 2017  
एमाले उम्मेद्वारको गाडीमा आगजनी

नेकपा एमालेले गल्छी गाउँपालिका-५ मा चुनावी प्रचारका लागि प्रयोग गरेको बा ४ ख ५००६ नम्बरको ट्रकमा वैशाख २७ गते बिहान नेकपा माओवादी केन्द्र र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले आगजनी गरेको सोही वडाका एमाले अध्यक्षका उम्मेद्वार प्रेम तामाङले आरोप लगाएका छन् । उनले आगजनीबाट ट्रक पूर्णरूपमा क्षति भएको…

May 10, 2017  
नागरिक अभियानद्वारा दोलखा घटनाको भर्त्सना

दोलखाको गौरीशङ्कर गाउँपालिका-१ हुप्पाका ३३ वर्षीय कुलबहादुर तामाङलाई वैशाख २६ गते राति नेकपा माओवादी (केन्द्र) का कार्यकर्ताले धारिलो हतियार प्रयोग गरी हत्या गरेको घटनाप्रति स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अभियानका सहअध्यक्षद्वय सुबोधराज प्याकुरेल र इन्द्रप्रसाद अर्यालद्वारा वैशाख २७ गते प्रेस विज्ञप्ति जारी गर्दै घटनाको…

May 10, 2017