द्वन्द्व पीडितले न्याय नपाए शान्ति सम्झौता सफल नहुने सरोकारवालाको भनाइ
द्वन्द्वपीडितले न्याय नपाए शान्ति सम्झौता सफल नहुने सरोकारवालाहरूले बताएका छन् । शान्ति सम्झौता भएको १० वर्ष पूरा भएको सन्दर्भमा जवाफदेहीता निगरानी समिति र द्वन्द्वपीडित साझा चौतारीले संयुक्त रूपमा मङ्सिर ५ गते रिपोर्टस क्लबमा आयोजना गरेको ‘शान्ति सम्झौताको दश वर्ष ’ विषयक पत्रकार सम्मेलनमा सरोकारवालाहरूले सो कुरा बताएका हुन् । कार्यक्रममा…
काठमाडौँ उपत्यकाका इँटा उद्योगमा मात्रै १३ हजारभन्दा बढी बालश्रमिक
काठमाडौँ उपत्यकामा रहेका इँटा उद्योगमा मात्र १३ हजार ७ सय १५ जना बालबालिका बालश्रममा रहेको महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले र्सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका दिन पारेर मन्त्रालयले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा नेपालमा बालबालिकाको स्थिति-२०७३ प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिवेदनमा बाल अधिकारका अन्य क्षेत्रमा केही…
मानसिक स्वास्थ्यको समस्या समाधानमा साझा प्रयास आवश्यकः अध्यक्ष शर्मा
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले मानसिक स्वास्थ्यको क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरोकारवाला सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताएका छन् । आयोग, मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको कोशिसलगायतका संस्थाले मङ्सिर ५ गतेदेखि ललितपुरमा आयोजना गरेको मानसिक स्वास्थ्य र मानव अधिकार विषयक पाँचदिने प्रशिक्षक प्रशिक्षण तालिममा अध्यक्ष…
आमाको नाममा नागरिकता बनाउन जिल्ला प्रशासनद्वारा अस्वीकार
नेपालको संविधानमा आमाको नामबाट नागरिकता दिइने कुरा उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले आमालाई वंशज मान्न इन्कार गर्दै नागरिकता माग गरेकी एक महिलालाई चार महिनादेखि झुलाइरहेको खुलेको छ । 'मेरो वंशज आमा हो । बाबु थाहा छैन । संविधानमा पनि आमाको नामबाट नागरिकता दिन मिल्छ भनेर लेखिएको छ…
आमरण अनसनरत डा. केसी स्वास्थ्य अवस्था कमजोर बन्दै
स्वास्थ्य र चिकित्सा क्षेत्रमा सुधारको लागि नौ बुँदे माग राखी कात्तिक २८ गतेदेखि आमरण अनसनरत त्रिविवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै आएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । डा.केसीले चिकित्सा क्षेत्रको सुधारका लागि विभिन्न कामहरूका लागि सरकारसँग विभिन्न सम्झौता भएपनि त्यसको कार्यान्वयन नभएकाले पुनः अनसन…
उपभोक्ताको मानव अधिकार सङ्कटमाः सरोकारवाला
राष्ट्रिय मानव अधिकार आयोगले मङ्सिर २ गते विदुरमा आयोजना गरेको 'उपभोक्ताको मानव अधिकारको अवस्था' विषयक अर्न्तक्रिया कार्यक्रमका सहभागीहरूले सम्बन्धित निकायले प्रभावकारी अनुगमन नगर्दा उपभोक्ताको मानव अधिकार सङ्कटमा परेको आरोप लगाएका छन् । राजनीतिक दलका जिल्लास्तरीय नेताहरूले अनुमगन प्रभावकारी नहुँदा बजारमा अखाद्य वस्तुको बिक्री वितरण भइरहेको तथा बढी मूल्यमा सामान किन्न…
सङ्क्रमणकाल अन्त्यसम्बन्धमा प्रधानमन्त्रीको ध्यानाकर्षण
मानवअधिकारकर्मी तथा द्वन्द्वपीडित सम्मिलित एक टोलीले मङ्सिर २ गते प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ मा संशोधनका लागि ठोस सुझावसहित ध्यानाकर्षण गराएको छ । 'सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनी रिक्ततालाई सम्बोधन गर्दै शान्ति सम्झौताको यस महत्वपूर्ण एजेण्डालाई तार्किक निष्कर्षमा पुर्याउन धेरै नै…
बहुविवाह घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी, मिलापत्र गराउने प्रयास
हगाम गाविस-९ याङ्लाकोटकी २३ वर्षीया माइली तामाङले प्रहरी समक्ष २६ वर्षीय पति जगमान तामाङ र पर्सा जिल्ला ठोरी निर्मलवस्ती घर भएकी १९ वर्षीया सोङमायाँ तामाङविरुद्ध उजुरी परेपनि मिलापत्र गराउने प्रयास भइरहेको आरोप छ । पीडित महिलाले १ लाख रुपियाँ पीडितलाई दिएर मङ्सिर १ गते जिल्ला प्रहरी कार्यालयमा मिलापत्र गराउने प्रयास…
पहिलो किस्ताको रकम दिएपछि मात्र छुटेकाको गुनासो सम्बोधन
ज्यामरुङ गाविस सचिव भुवल विकले लाभग्राहीको सूचीमा रहेका भूकम्पपीडितलाई पहिलो किस्ताको रकम दिएपछि मात्र छुटेका पीडितहरूको गुनासो सम्बोधन गर्ने बताएका छन् । इन्सेक, गाउँ विकास समिति र सहयात्री समाजको संयुक्त आयोजनामा कात्तिक ३० गते ज्यामरुङ गाविसमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रमका गाविस सचिवले सो कुरा बताएका हुन् । गाविसमा इन्जीनियरहरूको टोली…
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख सर्वोच्चमा हाजिर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की सर्वोच्च अदालतमा हाजिर भएका छन् । अदालतमा उपस्थित हुन कार्कीको नाममा अदालतले आदेश जारी गरेपनि त्यसको अवज्ञा गर्दै आएका उनी कात्तिक ३० गते सर्वोच्च अदालतमा हाजिर भई लिखित जवाफ पेश गरेका हुन् । निलम्बित कार्कीले म्याद तामेलीका क्रममा विभिन्न बाहाना बनाई…