भूकम्प पीडितलाई घर बनाउन अझै अन्यौल

भूकम्प गएको २० महिना भइसक्दा पनि भूकम्प पीडितहरूले घर कसरी बनाउने ? भन्ने अन्यौल कायमै रहेको गुनासो गरेका छन् । रातमाटे गाविसमा मङ्सिर १५ गते आयोजित 'भूकम्प पछिको पुनर्निर्माणको सवाल' विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीहरूले घर कसरी बनाउने भन्ने अन्यौल कायमै रहेको गुनासो गरेका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र…

November 30, 2016  
समस्या समाधान गर्ने अधिकार छैनः प्रमुख जिल्ला अधिकारी कार्की

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी एवम् विपद व्यवस्थापन समिति सिन्धुलीका अध्यक्ष ताराबहादुर कार्कीले भूकम्प पीडितका सूचना प्राधिकरणको केन्द्रमा रहेको र जिल्लालाई गुनासो सुन्ने मात्र अधिकार दिएका कारण भूकम्प पीडितका समस्या समाधान गर्न नसकिएको बताएका छन । उनले प्राधिकरणले 'एसएलसीको जस्तो परिणाम' निकालेका कारण पनि समस्या आएको बताए । अनौपचारिक क्षेत्र सेवा…

November 30, 2016  
इँटा भट्टाबाट ६ जना बालश्रमिकको उद्धार

बालबालिका खोजतलास केन्द्र भृकुटी मण्डपको संयोजकत्वमा मङ्सिर १४ गते चाँगुनारायण नगरपालिका दुवाकोटस्थित जयबाराही इँटा उद्योगबाट ६ जना बालश्रमिकको उद्धार गरिएको छ । इँटा भट्टामा बालश्रमिकका रूपमा कार्यरत रोल्पा घर भएका १४ वर्षीय बालक दुईजना, १४ वर्षीया बालिका एकजना, १५ वर्षीया बालिका एकजना, १२ वर्षीया बालिका एकजना र १६ वर्षीय एकजना…

November 30, 2016  
संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता

सरकारले संविधान संशोधनसम्बन्धी विधेयक सिंहदरबारस्थित व्यवस्थापिका–संसद् सचिवालयमा मङ्सिर १४ गते साँझ दर्ता गरेको छ । मन्त्रिपरिषद्को बैठक सकिएपछि विधेयकको प्रस्ताव सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहप्रवक्ता होमबहादुर केसीले सचिवालयको विधेयक शाखामा दर्ता गराएका हुन् । कानुनमन्त्री अजय शङ्कर नायकद्वारा हस्ताक्षरित पत्रसहित विधेयकको प्रस्तावमा प्रदेश नं ५ लाई…

November 29, 2016  
वार्ताका माध्यामबाट समस्या समाधान गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य क्षेत्रको माग राखी अनसनमा बसेका डा. गोविन्द केसीको जीवन रक्षाका लागि सार्थक वार्ताका माध्यामबाट समस्याको समाधान गर्न सरकारसँग आग्रह गरेको छ । आयोगले मङ्सिर १३ गते जारी गरेको प्रेस विज्ञप्तिमा विरोधको स्वरुप जस्तोसुकै भए पनि डा. केसीको स्वास्थ्योपचार जीवनको अधिकारसँग जोडिएकाले निजको जीवन रक्षाप्रति सम्वेदनशील…

November 28, 2016  
सम्झौता प्रक्रिया पीडितको पक्षमा नभएको पीडितको गुनासो

लाभग्राहीको सूचीमा समावेश भएका भूकम्प पीडितले राहत अनुदान सम्झौता प्रक्रिया पीडितको पक्षमा नभएको गुनासो गरेका छन् । उनीहरूले गुठीको जग्गा, मोहीयानी हक र अङ्श बण्डाको समस्याले अनुदान सम्झौतामा समस्या रहेको भन्दै वास्तविक पीडितले राहत पाउने अवस्था नभएको गुनासो गरेका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा चाँगुनारायण…

November 28, 2016  
भूकम्प पीडितहरूको राहत र पुनःस्थापनाका विषयमा सार्वजनिक सुनुवाइ

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरको आयोजनामा मङ्सिर १३ गते हेटौँडामा भूकम्प पीडितहरूको राहत तथा पुनःस्थापनाका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिविस मकवानपुरका योजना अधिकृत किसान न्यौपानेले ऐलानी जग्गामा बसेका, विदेशमा रहेका पीडितलगायतका कारणले झण्डै ११ हजार लाभग्राहीहरूसँग अनुदानका निम्ति सम्झौता हुन नसकेको बताए । '१९…

November 28, 2016  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा सापिङ गाविस-३ बस्ने २४ वर्षीय सविन गिरी र भक्तपुर जिल्ला सूर्यविनायक-११ का २८ वर्षीय सरोज राउतलाई मङ्सिर ११ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितहरूले मङ्सिर ११ गते बलात्कार गरेको आरोपमा पीडित महिलाले सोही दिन जिल्ला प्रहरी कार्यालयमा…

November 28, 2016  
गुठी जग्गाको पुर्जा वितरण गरी आवास निर्माण सम्झौता गर्न माग

विनाशकारी भूकम्प पछि आवास निर्माण अनुदान सम्झौता गर्नबाट वञ्चितहरूको समस्या समाधान गरी तत्काल लाभग्राही सम्झौता गर्न माग गरेका छन् । इन्सेक, जिल्ला भूमि अधिकार मञ्च र हामीको आयोजनामा मङ्सिर ११ गते सम्पन्न सार्वजनिक सुनुवाइमा विस्थापित पीडितहरूले गुठी जग्गा रैकर गरी तत्काल पुर्जा वितरण गर्न माग गरेका हुन् । सहभागिहरूले जग्गा…

November 27, 2016  
आमरण अनसनरत डा. केसीसँग वार्ता गर्न सरकारद्वारा वार्ता टोली गठन

सरकारले चिकित्सा क्षेत्र सुधारको माग गर्दै १४ दिनदेखि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा आमरण अनसनरत प्रा. डा. गोविन्द केसीसँग सम्वाद गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ताका लागि सरकारले मङ्सिर ११ गते शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको हो । टोलीको अर्का…

November 27, 2016