निर्वाचन आयोगद्वारा आचारसंहिता पालनाका लागि सरकारलाई सात बुँदे निर्देशन

निर्वाचन आयोगले प्रधानमन्त्रीदेखि मन्त्रीहरूलाई हेलिकप्टर चढ्नदेखि विदेश भ्र्रमणमा जानसम्म रोक लगाउने गरी सरकारलाई निर्देशन दिएको छ । निर्वाचन आयोगको बैठकले आगामी मङ्सिर १० र २१ गते गर्न लागिएको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई मर्यादित, स्वच्छ र पारदर्शी ढङ्गले सम्पन्न गर्न सात बुँदे निर्देशन दिँदै हेलिकप्टर चढ्नदेखि विदेश भ्रमणमा जानसम्म…

August 31, 2017  
बालविवाह घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकासँग बालविवाह गरेको आरोपमा सैलुङ गाउँपालिका-४ फस्कुका २३ वर्षीय विष्णु भुजेल र ललाइफकाई बालविवाह गराउन संलग्न रहेको आरोपमा प्रहरीले मेलुङ गाउँपालिका-२ का २३ वर्षीया निर्मला भुजेललाई भदौ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई १७ वर्षीया एक बालिका र २३ वर्षीया निर्मला भुजेलले बालिकालाई ललाइफकाई विष्णु भुजेलसँग…

August 31, 2017  
बेपत्ता पारिएकाहरूको अवस्था सार्वजनिक गर्न माग

बलपूर्वक बेपत्ता पारिएकाहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवस अगष्ट ३० का अवसरमा भदौ १४ गते काठमाडौँको बानेश्वरमा दिप प्रज्वलन गरी बेपत्ता पारिएका नागरिकहरूको स्मरण गरिएको छ । 'सत्य र न्याय बिनाको शान्ति एवम् जवाफदेहिता बिनाको मेलमिलाप मान्य छैन' भन्ने मुल नाराका साथ यो दिवस मनाइएको हो । विभिन्न माग गर्दै संयुक्त…

August 31, 2017  
प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू

निर्वाचन आयोगले मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागु गरेको छ । आयोगले भदौ १४ गतेबाट लागु हुने गरी आचारसंहिता लागू गरेको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ । आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा…

August 31, 2017  
तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र तोकियो

निर्वाचन आयोगले असोज २ गते प्रदेश नं २ का स्थानीय तहमा हुने निर्वाचनका लागि ३ हजार ५ सय ७८ मतदान केन्द्र तोकेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता सुर्यप्रसाद शर्माले प्रदेश नं २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा हुने तेस्रो चरणको निर्वाचनका लागि २ हजार १ सय…

August 31, 2017  
प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णय

मन्त्रीपरिषदको भदौ १४ गते सिंहदरबारमा बसेको बैठकले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । सरकारले मङ्सिर १० र मङ्सिर २१ गते गरी दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो । यस अघि भदौ ५ गते मन्त्रिपरिषदको बैठकले मङ्सिर १० गते एकै दिन एकै चरणमा निर्वाचन गर्ने…

August 31, 2017  
बेपत्ता पारिएका व्यक्तिको सङ्ख्या नै पत्तो छैन !

चितवनमा द्वन्द्वको समयमा बेपत्ता पारिएका व्यक्तिको सङ्ख्या कति होला ? यसको सहि तथ्याङ्क न राज्य सँग छ न गैरराज्य पक्षसँग नै छ । सरकारले ३७, गैरसरकारी निकाय रेडक्रसले ३१ जना बेपत्ता रहेको तथ्याङ्क सार्वजनिक गरिरहँदा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा भने ५५ जनाको निवेदन परेको छ । राज्यको आधिकारिक निकाय…

August 31, 2017  
छोराको कुटाइबाट आमाको निधन

भरतपुर महानगरपालिका-१५ मङ्गलपुरकी ४० वर्षीया सविना दराईलाई कुटपिट गरी १९ वर्षीय छोरा आशिष दराईले हत्या गरेको प्रहरीले जनाएको छ । पीडित महिलालाई आरोपितले भदौ १४ गते बिहान कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छोरा आशिषले बाँधेर कुटपिट गर्दा आमा सविनाको मृत्यु भएको हो । आमाको हत्या…

August 30, 2017  
सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्न आयोगको आग्रह

तत्कालिन नेकपा (माओवादी) द्वारा घोषणा गरिएको सशस्त्र द्वन्द्वको क्रममा सुरक्षा निकाय तथा द्वन्द्वरत पक्षबाट बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक हुन नसकेको सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बेपत्ता पारिएका व्यक्तिहरूको खोजवीनको लागि आयोगमा विभिन्न समयमा उजुरीहरू परेको र खोजवीनको क्रममा आवश्यकता अनुसार आयोगले शवोत्खनन्…

August 30, 2017  
सरकारको सहयोगीको रूपमा काम गर्दा पनि आलोचित हुनु परेको गैसस प्रतिनिधिको गुनासो

नागरिक संस्थाले सरकारको सहयोगीको रूपमा काम गर्दा पनि आलोचित हुनु परेको एक कार्यक्रमका सहभागी गैरसरकारी संस्थाका प्रतिनिधिहरूले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा भदौ १३ गते चरिकोटमा आयोजित नागरिक समाजः साझा जबाफदेहिता परियोजना अन्तर्गत 'नागरिक समाजको स्वनियमन तथा आन्तरिक सुशासनका लागि जिल्ला स्तरीय अन्तरक्रिया' कार्यक्रमका…

August 29, 2017