बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले जुगल गाउँपालिका–२ का २८ वार्षीय सोमलाल स्याङ्बोलाई मङ्सिर २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज ७ गते बलात्कार गरेको भन्दै पीडितले कात्तिक २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडित महिला नेपाली भाषा प्रष्ट बोल्न समेत नसक्ने भएकाले…

२०७५ मंसिर २, आईतवार २०:३२ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सूर्यगढी गाउँपालिका–३ का २८ वर्षीय सोमबहादुर तामाङलाई गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले कात्तिक २८ गते बलात्कार गरेको आरोपमा कात्तिक ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएपछि प्रहरीले आरोपितलाई कात्तिक ३० गते नै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजाराम खड्काले…

२०७५ मंसिर १, शनिबार २०:३१ गते  
राष्ट्रसङ्घका विशेष प्रतिवेदक सोमबार आउँदै

महिला हिंसाविरूद्धका गतिविधि अनुगमन गर्ने संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदक दुभराब्का सिमोनोभिच नेपालको १० दिवसीय भ्रमणमा मङ्सिर ३ गते सोमबार काठमाडौँ आउने भएका छन् । भ्रमणका क्रममा उहाँले लिङ्गका आधारमा महिलाविरूद्ध हुने हिंसा, भेदभाव, आदिवासी, शरणार्थी महिला, शारीरिक रूपमा अक्षम महिला, आप्रवासी तथा ग्रामीण एवम् सुदूर क्षेत्रका महिलाका अवस्थाबारे जानकारी लिने…

२०७५ मंसिर १, शनिबार २०:३० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोकका १८ वर्षीय साजन अधिकारीलाई कात्तिक ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कलङ्कीस्थित अन्नपूर्ण होटलमा कात्तिक २८ गते बलात्कार गरी फरार रहेका थिए । प्रहरीले खोजतलास गरी आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । समाचार साभारः रासस

२०७५ मंसिर १, शनिबार २०:२८ गते  
वातावरण संरक्षणका लागि सरकारलाई सिफारिश

राष्ट्रिय अधिकार आयोगले स्वच्छ वातावरणको हकसम्बन्धमा आयोगमा परेका उजुरीमा अनुगमन तथा अनुसन्धान गरी निर्णय कार्यान्वयनका लागि कात्तिक ३० गते सरकारलाई सिफारिश गरेको छ । आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेलका अनुसार कार्यान्वयनका लागि सिफारिश भएका निर्णयमा विकास निर्माणका कार्यको व्यवस्थापन, नियमित अनुगमन र जनचेतना, जबाफदेही प्रणालीको विकास रहेको छ । त्यसैगरी,…

२०७५ मंसिर १, शनिबार २०:२७ गते  
असुरक्षा बढेको पत्रकारको गुनासो 

गत कात्तिक २३ गते नागरिक दैनिकका रूकुम सम्वाददाता लोकेन्द्र खनाललाई छुरा प्रहार गरी गम्भीर घाइते पारियो । रूकुमको बाफियाकोट–६ मग्मामा स्थानीयवासी सोनु परियारको शुद्धि कार्यक्रममा जाँदै गरेको बेला स्थानीयवासी कमलजङ्ग खनाल, कर्णबहादुर कुसारी, कनिल कुसारीलगायतले पत्रकार खनालमाथि साङ्घातिक आक्रमण गरेपछि उनको उपचारका लागि जिल्ला सदरमुकाम खलङ्गा लगिएको थियो । यही…

२०७५ मंसिर १, शनिबार २०:२५ गते  
प्राविधिकका कारण ८० वर्षीय भूकम्प पीडित जेष्ठ नागरिकको छाप्रको बास !

असारमा घर ढलान सकेर भूकम्प प्रभावित लाभग्राहीको दोश्रो किस्ता रकम माग गर्दा हालसम्म नआएकोले जस्ताको छाना मुनीको बास बस्नु परेको भीमेश्वर नगरपालिका–५ का ८० वर्षीय जङ्गबहादुर बस्नेतले बताए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कात्तिक ३० गते भीमेश्वर नगरपालिका–५ माटीमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा बस्नेतले भने–‘ऋण माग्ने ठाउँ…

२०७५ मंसिर १, शनिबार २०:१३ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ देखि १६ वर्ष उमेर समूहका ५ जना बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदुर नपा–४ बट्टारका ३२ वर्षीय बादलमान श्रेष्ठ र २४ वर्षीय रविन थापालाई कात्तिक २९ गते गिरफ्तार गरी मुद्दा चलाएको छ । कात्तिक २१ गते राती लिखु गाउँपालिका–३ सुर्यमतिका १३ देखि १६ वर्ष उमेर समूहका ५ जना बालिकाहरूलाई…

२०७५ मंसिर १, शनिबार १३:३९ गते  
बलात्कारीबाट छोरीलाई जोगाउँदा गोडा भाँचियो

सुस्त मनस्थितिकी २२ वर्षीया छोरीलाई बलात्कारीबाट बचाउँदा ६७ वर्षीय ज्येष्ठ नागरिकको गोडा बलात्कार घटनाका आरोपितले भाँचिदिएका छन् । कात्तिक २२ गते राति १ बजेको समयमा झुप्रो घरमा रहेको टिनको ढोका फोरेर भरतपुर मनपा–११ का २२ वर्षीय हरिभक्त महतोले युवतीलाई बलात्कार प्रयास गरेका थिए । आफू बलात्कृत हुन खोज्दा ती युवती…

२०७५ मंसिर १, शनिबार ०९:३३ गते  
शान्तिमालिकाको अध्यक्षमा इन्सेक निर्वाचित

शान्तिका लागि महिला सञ्जाल (शान्तिमालिका)को दोस्रो साधारणसभाले इन्सेकको अध्यक्षतामा नयाँ नेतृत्व नर्वाचित गरेको छ । कात्तिक ३० गते काठमाडौँमा आयोजित साधारणसभाले उपाध्यक्षमा साप नेपाल, महासचिवमा इर्हिकन, कोषाध्यक्षमा एफडब्लुएलडी तथा सदस्यहरूमा सञ्चारिका समूह, जागरण नेपाल र दिदीबहिनीलाई निर्वाचित गरेको अध्यक्ष संस्था इन्सेककी प्रतिनिधि सम्झा श्रेष्ठले जानकारी दिइन् ।  

२०७५ कार्तिक ३०, शुक्रबार १९:५३ गते