भूकम्प पीडितको गुनासो सुनुवाइ भएन
शिवपुरी गाउँपालिका-५ महाकालीका पूर्णबहादुर थापाको गाउँमा भएका पाँच वटा घर भूकम्पले भत्किए । सरकारले पठाएको प्राविधिकलाई सबै घर देखाए । जति घर भत्केपनि एउटा मात्र घर बनाउन सरकारले अनुदान दिन्छ भन्ने सुनेका उनले एउटा घरको फोटो खिचाए । अरु घर देखाएनन् । तर, उनको नाम लाभग्राहीको सुचीमा परेन । लाभग्राहीको…
पीडितलाई अनुदान दिन र समयमा नै पुनर्निर्माण गर्न आग्रह
लाभग्राहीमा छुटेका वास्तविक भूकम्प पीडितहरूलाई अनुदानको व्यवस्था गर्न र पहिलो किस्ता लिएर निर्धारित समयमा घर बनाउने लाभग्राहीलाई आग्रह गरिएको छ । महालक्ष्मी नगरपालिका-७ चाँगाथलीमा मङ्सिर ४ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार सञ्जाल ललितपुर र महालक्ष्मी नगरपालिका-७ को संयुक्त आयोजनामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सरोकारवालाहरूले सो आग्रह गरेका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको कलकत्ताका ५४ वर्षीय बडिसतो गौतम भट्टचार्यलाई गिरफ्तार गरेको छ । उपत्यकाका विभिन्न कलेजमा लेखा विषय पढाउने भट्टचार्यले प्रलोभन देखाएर २२ वर्षीया युवतीलाई पटकपटक बलात्कार गरेको भनी प्रहरीमा उजुरी परेपछि भट्टचार्यलाई महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीले गिरफ्तार गरेको हो । पछिल्लो…
भूकम्पपछिको पुनःनिर्माणका सवालमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकद्वारा आयोजित भूकम्पपछि पुनःनिर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम मङ्सिर ४ गते चौतारा सागाचोकगढी नपा-७ मा सम्पन्न गरिएको छ । सार्वजनिक कार्यक्रममा अधिकांश सहभागीहरूले सरकारद्वारा दिने भनिएको सहुलियत ब्यजदरको ऋण सबै भूकम्प पीडितलाई दिनुपर्ने माग गरे । भूकम्प पीडित डिल्लीप्रसाद लामिछानेले भूकम्प पीडितालाई ढुङ्गामाटोको गाह्रो…
नवनियुक्त इन्सेक अध्यक्ष डा. श्रेष्ठको स्वागत
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)की अध्यक्ष डा. ईन्दिरा श्रेष्ठलाई मङ्सिर ४ गते इन्सेक केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच स्वागत गरिएको छ । गत कात्तिक ३० गते सम्पन्न इन्सेक कार्यसमितिको बैठकबाट अध्यक्षमा चयन भएकी डा. श्रेष्ठलाई इन्सेकका कर्मचारीले स्वागत गरेका हुन् । निवर्तमान अध्यक्ष सुबोधराज प्याकुरेलले इन्सेकले मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा …
भिडियो खिचेर बारम्बार बलात्कार घटनाका आरोपित गिरफ्तार
बलात्कार गरेको भिडियो खिचेर त्यसैलाई हतियार बनाई बारम्बार बलात्कार गरेको उजुरीपछि प्रहरीले एक व्यक्तिलाई गिरफ्तार गरेको छ । आफूलाई हाउजिङ व्यवसायी बताउने रेशमबहादुर पाख्रिनलाई प्रहरी परिसर ललितपुरले कात्तिक २७ गते गिरफ्तार गरेको हो । उनीविरुद्ध २५ वर्षीया युवतीले कात्तिक १४ गते उजुरी दिएकी थिइन् । पीडित युवती सम्पर्कविहीन भएपछि प्रहरीले पाख्रिनलाई अदालतबाट म्याद…
प्रतिरोधी जिवाणुका फैलावटसम्बन्धी अध्ययन सुरू
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका विभिन्न २२ ओटा अस्पतालका प्रयोगशालामार्फत औषधिको प्रतिरोधी जिवाणुका फैलावटसम्बन्धी अध्ययन सुरू गरेको छ । पछिल्लो समय मानव तथा पशुजीवाणु बलियो हुँदै जाँदा त्यस्ता जीवाणुलाई नष्ट गर्न प्रभावकारी रहेका प्रतिजैविक प्रतिरोध (एन्टिवायोटिक्स) ले काम गर्न छाडेपछि प्रयोगशालाले पहिलो पटक सातओटै प्रदेशमा रहेका प्रदेश अस्पतालसहित २२ ओटा अस्पतामा…
इन्सेकको अध्यक्ष पदमा डा. ईन्दिरा श्रेष्ठ चयन
इन्सेक कार्यसमितिको कात्तिक ३० गते सम्पन्न बैठकले कार्यसमिति सदस्य डा. ईन्दिरा श्रेष्ठलाई इन्सेकको अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको इन्सेकले जनाएको छ । इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल प्रदेश १ को नीति तथा योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त भएपछि उनले सो पदबाट दिएको राजीनामा स्वीकृत गर्दै बैठकले अध्यक्षमा श्रेष्ठलाई चयन गरेको…
भूकम्प पीडितको गुनासो सम्बोधन गर्न तत्काल पहल गर्ने प्रतिबद्धता
भूकम्प पीडितहरूले समयमा अनुदान नपाएको, पहिलो किस्ता अनुदान लिएपनि दोस्रो किस्ता लिन झञ्झट व्यहोर्नु परेकोप्रति सरोकारवालाल पीडासमन गर्दै तत्काल सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । ललितपुर महानगरपालिका-२४ धापाखेलमा मङ्सिर २ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार सञ्जाल ललितपुर र ललितपुर महानगरपालिका-२४ को संयुक्त आयोजनामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा…
कथित बोक्सी आरोपमा बृद्धमाथि कुटपिट, घटनाका आरोपित गिरफ्तार
सिद्धलेक गाउँपालिका–४ गौथलेमा सेनाका जवान र गाउँका तीन जना झाँक्री मिलेर ६७ वर्षीया एकल बृद्धालाई कथित बोक्सी आरोपमा कुटपिट गर्दा घाइते भएकी छिन् । पीडित महिलालाई नेपाली सेनाको पूर्वी पृतना राजदलगणमा कार्यरत ३५ वर्षीय धनबहादुर थापा, ४५ वर्षिय हर्कबहादुर पुलामी, ६३ वर्षिय खोलबहादुर पुलामी र ५५ वर्षिय थम बहादुर मगरले…