आचारसंहिता पालना सम्बन्धमा सरकारलाई थप निर्देशन
निर्वाचन आयोगले आगामी प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता पालना गर्ने गराउने सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अरू निकायलाई थप निर्देशनरपत्राचार गर्ने निर्णय गरेको राससले जनाएको छ । निर्वाचन आयुक्त सुधीरकुमार शाहको संयोजकत्वमा गठित निर्वाचन आचारसंहिता समितिको बैठकले निर्वाचन आचारसंहिता विपरीत हुने सामग्रीको वितरणमा रोक लगाउन सम्बद्ध…
उपसभामुख र नेपाल टेलिभिजनका अध्यक्षसँग २४ घण्टे स्पष्टीकरण माग
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका व्यवस्थापिका संसद्का उपसभामुख गङ्गाप्रसाद यादव र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । प्रदेश नम्बर-२ मा हुन लागेको तेस्रो चरण निर्वाचनका क्रममा सप्तरी जिल्लाको निर्वाचनको प्रचारप्रसारमा उपसभामुख यादवले निर्वाचन आचारसंहिता विपरीत भारतीय नम्बर प्लेटका गाडीहरू प्रयोग…
बलात्कार गरेको कसुरमा ६ वर्षकैदको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले बारा महागढीमाई नगरपालिका-१ का १९ वर्षीय तमरेज आलमलाई ६ वर्षकैद गर्ने फैसला गरेको छ । अदालतले भदौ २७ गते गरेको आदेशमा ६ वर्षकैदसँगै आलमबाट पीडितलाई ५० हजार रुपियाँ क्षतिपुर्ति भराउनुपर्ने उल्लेख छ । पीडित बालिकालाई आलमले गत असार ६ गते…
मन्त्रिपरिषद विस्तार निर्वाचन आचारसंहिता विपरीतः निर्वाचन आयोग
निर्वाचन आयोगले मन्त्रिपरिषद् विस्तार निर्वाचन आचारसंहिता विपरीत भएको जनाएको छ । आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आचारसंहिता जारी भइसकेका कारण निर्वाचनको निष्पक्षतामा असर पर्न सक्ने भन्दै सरकार विस्तार आचारसंहिता विपरीत भएको जनाएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ २६ गते राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकबाट तीन मन्त्रीलाई सरकारमा…
निर्वाचन आयोगद्वारा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक
निर्वाचन आयोगले मङ्सिर १० र २१ गते हुने दुई चरणको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका भदौ २६ गते सार्वजनिक गरेको छ । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा कात्तिक ५ गते र दोस्रो चरणका ४५ जिल्लामा कात्तिक १६ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका आएको छ । त्यस्तै समानुपातिक…
निर्वाचन आयोगद्वारा उपप्रधानमन्त्री गच्छदार र राज्यमन्त्री पुनसँग २४ घण्टे स्पष्टीकरण
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री विजय गच्छदार र जलस्रोत राज्यमन्त्री अमर सिंह पुनसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ । भदौ २४ गते निर्वाचन आयोगमा बसेको आयोगको बैठकले उपप्रधानमन्त्री गच्छदार, राज्यमन्त्री अमर सिंह पुनसँग आचारसंहिता उल्लङ्घन गरेकाले किन कारबाही नगर्ने भन्दै…
भूकम्पपीडितको अवस्था विषयमा सार्वजनिक सुनुवाइ
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित मानव अधिकारमैत्री वातावरणका लागि उत्तरदायित्व प्रवर्धन कार्यक्रम अन्तर्गत भदौ २४ गते पनौती नपा-१ रयालेमा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको छ । भूकम्पपीडितको अवस्था र पुनःनिर्माण विषयमा भएको सार्वजनिक सुनुवाइमा पीडितहरूले भूकम्पपछिको अवस्थाका विषयमा जानकारी गराएका थिए । सार्वजनिक सुनुवाइमा सहभागीहरूले आफ्नै ढङ्गबाट बनाएका घरहरूलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका-९ का २९ वर्षीय श्रीराम कार्कीलाई भदौ २३ गते गिरफ्तार गरेको छ । बालिकालाई भदौ ३ गते बलात्कार गरेर फरार भएका आरोपित कार्कीलाई प्रहरीले हेटौडा उपमहानगरपालिका-८ बाट गिरफ्तार गरेको हो । पीडित बालिकालाई आरोपितले भदौ ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले…
शिशु र सुत्केरीका लागि शैयाको व्यवस्था
भरतपुर अस्पतालमा अस्थायी रुपमा शैयाको व्यवस्थापन गरिएको छ । सुत्केरी वार्डमा भएको शैया अपुग भई सुत्केरी र शिशु भुइँमा सुत्न बाध्य भएकोमा अस्पतालले केही समयको लागि अस्पतालको प्यासेजमा शैयाको व्यवस्था गरेको हो । केही दिनअघि अनौपचारिक क्षेत्र सेाव केन्द्र (इन्सेक) अनलाइनमा शिशु र सुत्केरीको भुइँमै उपचार गराइरहेको समाचार प्रकाशन भएपछि…
निःशुल्क वितरणको औषधि अभाव
सरकारले निशुःल्क रूपमा स्वास्थ्य संस्थामा उपलब्ध गराउँदै आएको औषधि नुवाकोटका स्वास्थ्य संस्थाहरूमा अभाव हुन थालेको छ । सरकारले समयमा नै औषधि उपलब्ध नगराउँदा स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक औषधि अभाव हुन थालेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख बसन्त अधिकारीले बताए । 'मौजुदा औषधि सकिएकोले स्वास्थ्य संस्थामा औषधि पठाउन समस्या भएको छ । १५…