स्वतन्त्र, विवेकपूर्ण र गोप्यरूपमा मतदान गर्नुस्: निर्वाचन आयोग
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रदेश नं २ मा सोमबार हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि ज्यादै भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको हुँदा निर्धक्क भएर मतदानमा सहभागी हुन आम मतदातालाई आह्वान गरेका छन् । आयोगको मिडिया सेन्टरमा असोज १ गते आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र…
नेकपाका कार्यकर्ताद्वारा इञ्जिनियरलाई दुर्व्यवहार
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले रत्ननगर नगरपालिकाका इञ्जिनियर प्रकाशचन्द्र ढुङ्गानालाई मोविल दलेर दुर्व्यवहार गरेका छन् । असोज १ गते नगरपालिका परिसरभित्रै पसेर कार्यकक्षमा उनलाई माओवादी कार्यकर्ताले मोविल खन्याएका हुन् । ढुङ्गानाले भ्रष्टाचार गरेकाले कारबाही गरिएको कार्यालय परिसरमा छाडिएको पर्चामा उल्लेख गरिएको छ । उनीमाथि परियोजना र संस्थागत बजेट…
निर्वाचनको सम्पूर्ण तयारी पूराः निर्वाचन आयोग
निर्वाचन आयोगले तेस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आवश्यक सुरक्षासहित सबै कर्मचारी मतदान केन्द्रमा पुगिसकेको, मतदाता परिचयपत्र वितरण कार्य उत्साहका साथ भइरहेको, मतदातालाई सहीरुपमा मतसंकेत गर्न सिकाउने कार्य मतदान केन्द्रमा चलिरहेको तथा निर्वाचनको मौन अवधिसमेत शान्तिपूर्वक भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी…
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा २४ घण्टे स्पष्टीकरण
प्रदेश नं. २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनको प्रचारप्रसारको क्रममा आचारसंहिता विपरीतका कार्य गरेको भन्दै राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारसँग २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन भनेको छ । आयोगको अनुगमनका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा बारा जिल्लाको कलैया…
निर्वाचनको विविध पक्षबारे निर्वाचन आयोग र मानव अधिकार आयोगबिच छलफल
असोज २ गते हुन लागेको प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनको तयारी र निर्वाचन सञ्चालन तथा प्रचारप्रसारका क्रममा मानव अधिकारको उल्लङ्घन हुन नदिनका लागि निर्वाचन आयोगले गरेको प्रयास तथा निर्वाचनमा मतदाता, उम्मेदवार तथा निर्वाचनमा खटिने कर्मचारीको सुरक्षा लगायतका विषयमा राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी र निर्वाचन आयोग बिच छलफल…
मानव अधिकारको सम्मान र संरक्षण गर्न सबै पक्षलाई आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले तेश्रो चरणमा हुन गइरहेको स्थानीय तहको निर्वाचनको क्रममा मानव अधिकार अवस्थाको स्थलगत अनुगमन गरिरहेको जनाएको छ । प्रदेश नं २ अन्तर्गतका आठ ओटै जिल्लाहरूमा आयोगले आयोगका सदस्य र सचिव सहितको उच्चस्तरीय टोली तथा अधिकृतहरू सम्मिलित नौ ओटा टोली अनुगमनमा खटाएको आयोगद्वारा भदौ ३० गते जारी विज्ञप्तिमा…
कुमार लामाको पदोन्नति रोक्न अपिल
नेपाल सरकारको मन्त्रि परिषदको साउन ३१ गते बसेको बैठकले कुमार लामालाई नेपाली सेनाको सहायक रथीमा बढुवा गर्ने निर्णय गरिएकोप्रति जबाफदेहीता निगरानी समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 'सरकारको यो निर्णय कपिलबस्तु जिल्ला अदालतले मानव अधिकार हनन्का दोषी भनी ठहर गरेका व्यक्तिको पक्षमा आएकोले अदालतको आदेशको ठाडो उल्लङघन हो भन्ने…
उम्मेदवारलाई कुटपिट गरिएको भन्दै एमालेको विरोध
नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनको तेस्रो चरणअन्तर्गत सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नं ४ का आफ्ना महिला सदस्यका उम्मेदवार कुमारीदेवी सदालाई गए राति कुटपिट गरिएको भनी आपत्ति प्रकट गरेको राससले जनाएको छ । कुटपिटमा संलग्न रोशन लेखी, नसिब लेखी र कौशल लेखीलाई राति नै प्रहरीले गिरफ्तार गरेको भए पनि…
बलात्कार घटनाका आरोपित गिरफ्तार
चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माडी नगरपालिका-८ का ५६ वर्षीय चोकनारायण श्रेष्ठलाई प्रहरीले भदौ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७३ माघ ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले माघ १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । घटनापछि फरार रहेका आरोपित श्रेष्ठलाई भदौ २७…
फुजेल काण्डको मुद्दा काठमाडौँमा सार्न माग गर्दै पाटन उच्च अदालतमा निवेदन
गोरखा जिल्ला फुजेलकी गङ्गामाया अधिकारीले चितवन जिल्ला अदालतमा चलिरहेको छोरा कृष्णप्रसा अधिकारीको हत्यासम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतमा सार्ने आदेश गरी पाउँ भनी उच्च अदालत पाटनमा भदौ २८ गते निवेदन दिएकी छन् । नेपालको संविधानको धारा २० को उपधारा (९), धारा २१ को उपधारा (२), धारा १४५ को उपधारा (२) तथा…