विराटनगर, पोखरा, नेपालगञ्ज र धनगढीमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन ७ गते ललितपुरमा आयोजित कार्यक्रममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ को विमोचन तथा विराटनगर, पोखरा, नेपालगञ्ज र धनगढीमा आयोजित कार्यक्रमहरूमा वर्षपुस्तक सार्वजनिक गरिएको छ । इन्सेक मोरङ जिल्ला प्रतिनिधि ईन्दिरा भट्टराईका अनुसार उच्च अदालत विराटनगरका न्यायाधीश थिरबहादुर कार्की, कार्यक्रमका अध्यक्ष इन्सेकका महासचिव…

February 19, 2018  
मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ६ हजारभन्दा बढी पीडित

सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले ललितपुरमा फागुन ७ गते आयोजित एक कार्यक्रममा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ को विमोचन गरेकी छन् । आजै धनगढी, नेपालगञ्ज, पोखरा र विराटनगरमा आयोजित कार्यक्रमहरूमा नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ सार्वजनिक गरिएको छ । 'इन्सेकले गरेको अभिलेख अनुसार सन् २०१७ मा मानव अधिकार…

February 19, 2018  
बेपत्ता आयोगका तीन वर्ष: दुई व्यक्ति मात्रै पत्ता लागे

बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोगले तीन वर्षको अवधिमा दुई जना व्यक्तिलाई मात्र पत्ता लगाएको छ । २०७१ सालमा गठन भएको आयोगमा २ हजार ३ सय ३ जना व्यक्ति बेपत्ता पारिएको भन्दै उजुरी परेका छन् । ति मध्ये दुई जनालाई मात्रै यो तीन वर्षको अवधिमा आयोगले पत्ता लगाएको हो…

February 18, 2018  
बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

होटल चलाएर बसेकी ३१ वर्षीया महिलालाई फागुन ५ गते दिँउसो बलात्कार प्रयास गरेको आरोपमा ज्वाला दल गणका प्युठ ३४ वर्षीया बासुदेव सापकोटाविरुद्ध फागुन ६ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जबरजस्ती करणी उद्योगको कसुरमा उजुरी दर्ता भएको छ । विरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा दुई महिनाअघि तालिमका लागि आएका पनौती नपा-३…

February 18, 2018  
बलात्कार गरेको कसुरमा चार वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरको फागुन २ गते बसेको बाल इजलाशले १५ वर्षीय बालकलाई चार वर्ष कैद गर्ने फैसला गरेको छ । साथै अदालतले ४० हजार रुपियाँ पीडकबाट पीडित बालिकालाई क्षतिपूर्ति भराउने आदेश समेत गरेको छ । न्यायाधीश खडानन्द तिवारीको इजलाशले यस्तो फैसला गरेको हो…

February 16, 2018  
अपहरण गरी बलात्कार गरेको घटनाका आरोपित गिरफ्तार

होटल चलाएर बसेकी २१ वर्षीया महिलालाई फागुन १ गते साँझ नमोबुद्ध नपा-१० भकुण्डेबशीबाट अपहरण गरी पनौतीमा ल्याएर बलात्कार गरेको आरोपमा दैलेख जिल्ला चामुण्डा नपा-२ का २१ वर्षीय बमबहादुर विष्टलाई फागुन २ गते बिहान प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा पीडितले आफूलाई अपहरण गरी पनौतीतर्फ लगेको भनेर परिवारलाई फोन गरेपछि…

February 16, 2018  
बालयौन दुराचार गरेको कसुरमा पाँच महिना कैदको फैसला

चार वर्षीय बालकलाई बालयौन दुराचार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले फागुन २ गते १४ वर्षीय बालकलाई पाँच महिना कैद गर्ने फैसला गरेको छ । पीडित बालकलाई पीडक बालकबाट २१ हजार रुपियाँ क्षतिपूर्ति भराउने आदेश भएको छ । तर, पीडकले पीडितलाई क्षतिपूर्ति दिन नसक्ने भएकाले महिला तथा बालबालिका कार्यालयबाट उक्त…

February 16, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले थाहा नपा-१ का ७१ वर्षीय नन्दलाल गोपालीलाई फागुन २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले विगत ७ महिनादेखि बलात्कार गर्दै आएको र पछिल्लो पटक फागुन १ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले थाहा नपास्थित इलाका प्रहरी कार्यालयमा सोही दिन निवेदन दिएका…

February 16, 2018  
सङ्क्रमणकालीन न्याय र न्यायिक संयन्त्र विभेदरहित हुनु आवश्यक

एमनेष्टी इन्टरनेशनल, आइसिजे र ह्युमन राइट्स वाचले फागुन २ गते संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सङ्क्रमणकालीन न्यायिक संयन्त्रको एक वर्षे अवधि थप गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको समयावधि थप गर्नुअघि सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय अभ्यास…

February 14, 2018  
एनसेलको टावरलाई लक्षित गरी बम विष्फोट

चितवनको रत्ननगर स्थित सौराहामा रहेको एनसेलको टावरलाई लक्षित गरी माघ २९ गते राति कुकर बम विष्फोट भएको इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीले जनाएका छन् । राति करिब १२ बजेको समयमा अज्ञात समूहले टावरमा प्रेसर कुकर बम विष्फोट गर्दा टावरको उपकरणमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।…

February 13, 2018