भूकम्प पीडितलाई थप १ लाख रुपियाँ दिने निर्देशक समितिको निर्णय
पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको असोज १० गते बसेको बैठकले भूकम्पबाट प्रभावित भएका प्रति परिवारलाई थप १ लाख रुपियाँ दिने निर्णय गरेको छ । प्राधिकरणका सिइओ सुशील ज्ञवालीले अनुदान वितरण कार्यविधि परिवर्तन गरी थप १ लाख रुपियाँ अनुदान दिने निर्णय गरेको सञ्चारकर्मीलाई बताएका छन् । यो निर्णयपछि भूकम्पबाट प्रभावित भएका प्रति…
आयोगद्वारा धादिङ घटनाको स्थलगत अनुगमन सुरु
जिल्ला वन कार्यालयले धादिङस्थित रेडियो धादिङ १०६ मेघाहर्ज र महिला सुरक्षित गृहमा डोजर लगाएर भत्काएको घटनाको उजुरी परेपछि राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अनुगमन सुरु गरेको छ । सुरक्षित आवास गृहमा रहेका हिंसा प्रभावित महिलालाई जिल्ला वन अधिकृत अफैंले दुर्व्यवहार गरेको र रेडियो धादिङको प्रसारण बन्द गर्ने उद्देश्यले असोज ७…
बलात्कार घटनाका आरोपितलाई कारबाही गर्न दलित आयोगको माग
१३ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाउन राष्ट्रिय दलित आयोगले माग गरेको छ । आयोगका सदस्य मञ्जित विकको नेतृत्वमा जिल्ला सदरमुकाम मन्थलीमा आएको टोलीले असोज ९ गते आयोजना गरेको पत्रकार तथा अधिकरकर्मीहरूसँगको भेटघाट कार्यक्रममा बलात्कार आरोपितलाई कारबाही गराउने कार्यमा सघाउन आग्रह गरेको छ ।…
अधिकारी हत्या घटनाको फैसला असोज ९ गते हुने
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या घटनाको फैसला चितवन जिल्ला अदालतले असोज ९ गते आइतबार गर्ने जनाएको छ । अदालतका सूचना अधिकारी कृष्ण बरालले भने-'प्रमाण बुझने र बकपत्र लिने काम सकियो । अन्तिम पेशी ९ गतेका लागि तोकिएको छ ।' यस घटनाका वादी तथा प्रतिवादी तर्फका वकिलहरूले मुद्दा पेशी नहटाए तोकिएकै…
हिंसापीडित महिला र सञ्चाकर्मीमाथि दुर्व्यवहार गरेको आरोप
नीलकण्ठ नपा-८ पुछारबजारस्थित सुरक्षित आवास गृह (सेफ हाउस) मा राखिएका हिंसा पीडित महिलालाई जिल्ला वन कार्यालय प्रमुखले दुर्व्यवहार गरेको आरोप छ । वन क्षेत्रभित्र सेफ हाउस बनाएको आरोप लागउँदै असोज ७ गते बिहान डोजर लिएर उत्तः सेफ हाउस भत्काउन पुगेका जिल्ला वन कार्यालय धादिङका प्रमुख इमानाथ पौडेलले सुतेको स्थानमै महिलाहरूलाई…
'अपराधी समाउन के गाह्रो पर्यो प्रधानमन्त्री ज्यू ?'-गङ्गामाया
छोराको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै लामो समयदेखि वीर अस्पतालमा उपचारार्थ अवस्थामा नै अनसन बसेकी गोरखा फुजेल-७ की गङ्गामाया अधिकारीले अपराधी समाउन प्रधानमन्त्रीलाई किन गाह्रो परेको भन्दै प्रश्न गरेकी छन् । पति नन्दप्रसादको निधन भएको दोश्रो वाषिर्कीमा असोज ६ गते आयोजित दीप प्रज्वलन कार्यक्रममा सङ्क्षिप्त मन्तव्य राख्दै गङ्गामायाले अनसन…
काठमाडौँ र ललितपुरका विद्यालयमा गराइएको बमकाण्डविरूद्ध प्रदर्शन
विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले काठमाडौँ र ललितपुर जिल्लाका आधा दर्जन भन्दा बढी विद्यालयमा असोज ४ गते गराइएको बम विष्फोटन र विष्फोटक पदार्थ राखिएको घटनाविरूद्ध असोज ६ गते प्रदर्शन गरेका छन् । सिजप, एनसिएपी, एटवीन, एजुकेशनल जर्नालिष्ट ग्रुप, बालगृह सञ्जाल नेपाललगायतका बालअधिकार सम्बद्ध नागरिक समाजका सञ्जालहरूको सझा पहलमा असोज ६ गते विद्यालय…
गङ्गामायालाई न्याय देऊः इन्सेक
न्यायको माग गर्दै अनसन बसेकै अवस्थामा गोरखा फुजेलका नन्दप्रसाद अधिकारी दिवङ्गत भएको आज असोज ६ गते दुई वर्षपूरा हुँदासमेत उनको परिवार न्यायका लागि आन्दोलनरत रहनु दुखद भएको इन्सेकले जनाएको छ । इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा असोज ६ गते जारी प्रेस विज्ञप्तिमार्फत गङ्गामायालाई न्याय दिन र नन्द्रसादको दाहसंस्कार गर्ने व्यवस्था मिलाउन…
पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग
नेपाल पत्रकार महासङ्घले रेडियो 'मिर्मिरे'का पत्रकार सुदीप बर्देवामाथि समाचार सङ्कलनका क्रममा ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा प्रहरीद्वारा असोज ५ गते भएको हातपात र नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले नागरिकलाई सुसूचित गराउने दायित्व निर्वाहमा जुटेका पत्रकारमाथि प्रहरीबाट गरिएको आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको ठहर…
राजनीतिक अस्त्र र लाभका लागि विद्यालय प्रयोग नगर्न सरोकारवालाहरूको जोड
काठमाडौँमा आयोजित एक कार्यक्रमका सहभागी सरोकारवालाहरूले कुनै पनि दल वा सङ्गठनले राजनीतिक अस्त्र र लाभका लागि विद्यालय र बालबालिका प्रयोग गर्न नहुने बताएका छन् । विद्यालयमा बमकाण्डविरूद्ध नागरिक समाजका सञ्जालहरूको साझा पहल-२०७३ को आयोजनामा काठमाडौँमा गरिएको छलफल कार्यक्रममा सरोकारवालाहरूले उक्त कुरा बताएका हुन् । काठमाडौँ र ललितपुर जिल्लाका आधा दर्जन…