बम विस्फोटबाट दुई घरमा सामान्य क्षति
चाँगुनारायण नपा-२ दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेज नजिकै अज्ञात समूहले वैशाख २९ गते बिहान सिलिण्डर बम बिस्फोट गराएको छ । राप्रपाका स्थानीय कार्यकर्ता माधव खत्रीको घर अगाडि बिहान करिब ३ बजे ठूलो आवाज आउने गरी सिलिण्डर बम विस्फोट भएको खत्रीले बताए । बम विस्फोट हुँदा खत्रीको घरको आठ वटा झ्यालका सिसा…
आचारसंहिता विपरीत विचार सम्प्रेषण नगर्न/नगराउन आग्रह
प्रेस काउन्सिल नेपालले कुनै दल वा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर सामाजिक सञ्जालमार्फत आफ्ना निजी विचार सम्प्रेषण नगर्न/नगराउन सम्पूर्ण पत्रकारलाई आग्रह गरेको राससले जनाएको छ । “पत्रकार र निर्वाचन आचारसंहिताको ख्याल गर्दै आआफ्नो मिडियाबाट स्वतन्त्र भूमिका खेल्न र कुनै दल वा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर सामाजिक सञ्जालमार्फत आफ्ना निजी…
प्रचार सामग्री तोडमोड गरिएको भनी आपत्ति
नेकपा (एमाले)ले आफूले चुनाव प्रचारका लागि बनाएका विभिन्न विद्युतीय प्रचार सामग्रीलाई सामाजिक सञ्जालको दुरुपयोग गरी तिनका वास्तविक प्रतिलाई भ्रामक शैलीमा तोडमोड गरिएको भनी आपत्ति जनाएको छ । प्रतिलिपि अधिकारको उल्लङ्घन हुने गरी व्यक्तिरसंस्थाको मानमर्दन गर्न सामाजिक सञ्जालको चरम दुरुपयोग गरिएको एमालेले जनाएको छ । एमालेका सचिव योगेश भट्टराईले वैशाख २८…
वडा सदस्यको मृत्युपछि निर्वाचनको नयाँ मिति तय
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं १२ को निर्वाचन आगामी जेठ ३ गतेका लागि तोकिएको राससले जनाएको छ । वैशाख २८ गते धुलिखेल नगरपालिका- १२ का वडा सदस्यका उम्मेदवार ५५ वर्षीय सुकलाल तामाङको मृत्यु भएपछि निर्वाचन आयोगको निर्देशानुसार सो मिति तोकिएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद शिंखडाले जानकारी दिए । सो…
नुवाकोटमा ५४ मतदानस्थल अति संवेदनशील
स्थानीय तहको निर्वाचनमा नुवाकोट जिल्लाका ५० भन्दा बढी मतदानस्थललाई अति संवेदनशील मतदानस्थलका रुपमा राखेर सुरक्षा व्यवस्था गरिएको राससले जनाएको छ । वैशाख २८ गते आयोजित पत्रकार सम्मेलनमा जिल्ला सुरक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले राजनीतिक र भौगोलिक आधारमा जिल्लाका एक सय २९ मतदान स्थलमध्ये ५४ स्थललाई…
निर्वाचन पर्यवेक्षकहरूलाई तालिम सम्पन्न
स्थानीय तह निर्वाचन-२०७४ का लागि काभ्रेपलाञ्चोक जिल्लामा खटिने पर्यवेक्षकहरूलाई वैशाख २८ गते तालिम प्रदान गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का आठ जना, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) का ३३ जना, नेपाल मानव अधिकार सङ्गठनका २५ जना र निर्वाचन पर्यवेक्षण समितिका नौ जना गरी ७५ जना पर्यवेक्षक तालिममा…
निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढे, सरोकारवालाको ध्यान गएन
स्थानीय तह निर्वाचन आउन दुई दिन मात्रै बाँकी रहँदा विभिन्न जिल्लामा आचारसंहिता विपरीतका गतिविधि भएका इन्सेकका जिल्ला प्रतिनिधिहरूले जनाएका छन् । इन्सेक धादिङ जिल्ला प्रतिनिधि सिताराम अधिकारीका अनुसार चुनावी प्रचारको लागि वैशाख २८ गते नेकपा माओवादी केन्द्रले निर्वाचन आचारसंहिता विपरीत विद्यालयको गाडी प्रयोग गरेको छ । माओवादी केन्द्रले बेनिघाट रोराङ…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
बलेफी गाउँपालिका-५ सिरानटोलका ३४ वर्षीय कुमार श्रेष्ठ र सोही ठाउँकी जमुना गुवाजुलाई बहुविवाह गरेको आरोपमा प्रहरीले वैशाख २८ गते गिरफ्तार गरेको छ । ३० वर्षीया सविना श्रेष्ठले दुई वर्षअघि बहुविवाह गरेको आरोपमा उनले वैशाख २२ गते जिल्ला प्रहरी कार्यालयमा आरोपितद्वयविरुद्ध उजुरी दिएकी थिइन् । आरोपितहरूलाई कानुन अनुसार कारबाही गरिने जिल्ला…
सिलिण्डर बम विष्फोटबाट एक घाइते
हेटौँडा उपमहानगरपालिका-१६ मा वैशाख २७ गते राति अज्ञात समूहले गराएको सिलिण्डर बम विष्फोटबाट एक जना घाइते भएका छन् । एमालेका वडाध्यक्ष उम्मेदवार गोविन्द दाहालको घर नजिकै राति पौने १० बजे अज्ञात समूहले सिलिण्डर बम विष्फोट गराएको प्रहरीले जनाएको छ । विष्फोटबाट ३४ वर्षीय श्यामप्रसाद दाहाल घाइते भएका छन् । उनको…
आज राति १२ बजेपछि उम्मेदवारको प्रचारप्रसार गर्न नपाउने
यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको मौन अवधि वैशाख २८ गते बिहीबार राति १२ बजेपछि सुरू हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले वैशाख २७ गते विज्ञप्ति जारी गर्दै मौन अवधि सुरू भएपछि उम्मेदवारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न/गराउन निषेध गरिएको राससले जनाएको छ…