भक्तपुरको गठाघरमा राखिएको सकेट बम सेनाद्वारा डिस्पोज

भक्तपुरको गठाघर स्थित एयरपोर्ट सेकुवा अगाडि राखिएको सकेट बम नेपाली सेनाको टोलीले डिस्पोज पारेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । अपरिचित समूहले राखेको उक्त सकेट बम नेपाली सेनाको डिस्पोजल टोलीले वैशाख ३१ गते बिहान डिस्पोज गरेको हो ।

May 14, 2017  
दोरम्बास्थित कालिका आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान स्थगित

रामेछापको दोरम्वा गाउँपालिका-५ पुञ्चेतको कालिका आधारभूति विद्यालयको मतदान केन्द्रमा वैशाख ३१ गते बिहान ९ बेजबाट मतदान स्थगित गरिएको छ । नेकपा माओवादी केन्द्रका प्रतिनिधिसँग एमाले र काङ्ग्रेसका प्रतिनिधिको विवाद भएपछि माओवादी प्रतिनिधिले एमाले प्रतिनिधिलाई हातपात गरेपछि दुबै पक्षबिच झडप भएको थियो । झडपमा एमालेका एक प्रतिनिधि समान्य घाइते भएका छन्…

May 14, 2017  
अज्ञात समूहले गोली प्रहार गरी एकको हत्या

नमोबुद्व नपा-४ मेथिनकोटका २६ वर्षीय राम भनिने नमराज पाठकलाई वैशाख ३० गते राति घरको आँगनमा कुरा गरीरहेको अवस्थामा अज्ञात व्यक्तिहरूको समूहले गोली हानी हत्या गरेको छ । घटनापछि त्यहाँ पुगेको सशस्त्र प्रहरीको टोलीले उनलाई सशस्त्र प्रहरीकै गाडीमा राखेर धुलिखेल अस्पतालमा उपचार गर्न ल्याएपछि अस्पतालले मृत्यु भइसकेको बताएको थियो । नेपाली…

May 14, 2017  
वडा अध्यक्षको उम्मेदवार अपहरण

मनहरी गाउँपालिका-१ हाडीखोला निवासी माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार रामकुमार उप्रेतीलाई अज्ञात समूहले वैशाख ३० गते अपहरण गरेको छ । उप्रेतीलाई विहान घरबाट बाहिर निस्केको अवस्थामा अपरण गरेर लगेको माओवादी केन्द्रले जनाएको छ । उप्रेतीलाई तत्काल मुक्त गर्न माओवादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामीले आजै पत्रकार सम्मेलन गरेर माग गरेका…

May 14, 2017  
नुवाकोटमा सिलिण्डर बम विस्फोट

स्थानीय तहको निर्वाचनको समय नजिकिँदै गर्दा मतदातालाई आतङ्कित पार्न नुवाकोटको लिखु गाउँपालिकामा सिलिण्डर बम विस्फोट गराइएको छ । लिखु गाउँपालिका-१ ढिकुरेमा वैशाख ३० गते बिहान १ बजेतिर सिलिण्डर बम विस्फोट गराइएको जिल्ला प्रहरी प्रमुख एसपी देवबहादुर बोहोराले बताए । विस्फोटबाट कुनै मानवीय क्षति नभएको र सो विष्फोट कसले गरेको हो…

May 13, 2017  
काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप, एमाले कार्यकर्ता अपहरणमा

तामाकोशी गाउँपालिका-६ च्यामामा चुनाव चिन्हका बारेमा मतदातालाई सिकाउँदै हिड्ने क्रममा काङ्ग्रेस र एमाले कार्यकर्ताबिच वैशाख २९ गते साँझ झडप भएको छ । च्यामा पोखरेस्थित काङ्ग्रेस कार्यकर्ता पवनराज खड्काको घर नजिक झडप हुँदा काङ्ग्रेसका कार्यकर्ताले सोही गाउँपालिकाका एमाले उपाध्यक्षका उम्मेदवार उर्मिला केसीका पति शान्त केसीलाई अपहरण गरी लुकाएकोमा वैशाख ३० गते…

May 13, 2017  
घरेलु हतियारसहित उम्मेदवारका छोरा गिरफ्तार

नेकपा (मोआवादी केन्द्र)को तर्फबाट तार्केश्वर गाउँपालिकाको उपाध्यक्षका लागि प्रत्यासी कमलाकुमारी तामाङका छोरासहित दुई जनालाई प्रहरीले घरेलु हतियारसहित गिरफ्तार गरेको राससले जनाएको छ । माओवादी केन्द्रबाट उपाध्यक्षका उम्मेदवार तामाङका छोरा शमशेर तामाङ र सहयोगी राजेन्द्र तामाङलाई एक थान खुकुरी र तीन थान फलामको रडसहित सशस्त्र प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका…

May 13, 2017  
निर्वाचनका सुरक्षाका बारेमा छलफल

राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचनको सुरक्षा व्यवस्थाको तयारीका सम्बन्धमा वैशाख २९ गते गृह सचिव लोकदर्शन रेग्मीसँग छलफल गरेको छ । सो अवसरमा आयोगका अध्यक्ष अनुपराज शर्माले निर्वाचन शान्तिपूर्ण तथा मानव अधिकारमैत्री बनाउन सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने भएकाले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहसचिव रेग्मीलाई आग्रह गर्दै मतदाताहरू सुरक्षा व्यवस्थाप्रति आश्वस्त…

May 12, 2017  
एक सयभन्दा बढी आचारसंहिता उल्लङ्घन

स्थानीय तह निर्वाचन, २०७४ को निर्वाचनको मौनअवधिसम्ममा ६२ सञ्चारमाध्यमका १ सय १५ सामग्रीमा पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएको राससले जनाएको छ । यही वैशाख १५ गतेदेखि २८ गतेसम्मको अवधिमा छापातर्फका ३४ माध्यममा ६६ सामग्री, विद्युतीयतर्फका १८ अनलाइनमा प्रकाशित/प्रसारित २५ सामग्री, पाँच/पाँच टेलिभिजन र रेडियोतर्फका १२/१२ सामग्रीले आचारसंहिता…

May 12, 2017  
आचारसंहिता विपरीत बालबालिकाको प्रयोग

स्थानीय निर्वाचन आचारसंहिता विपरीत नेपाली काङ्ग्रेसले बालबालिकाको प्रयोग गरेको पाइएको छ । ०७४ वैशाख २८ गते सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा बालबालिकालाई चुनाव चिन्ह अङ्कित टिसर्ट तथा टोपी लगाएर पर्चा तथा पार्टीको घोषणापत्र वितरण गर्न १६ वर्षमुनीका बालबालिकाको प्रयोग गरिएको पाइएको हो । त्यस्तै मौन समयको पूर्वसन्ध्यामा नेपाली काङ्ग्रेसले सदरमुकाममा गरेको चुनावी…

May 12, 2017