अधिकारी हत्यासम्बन्धी मुद्दाको पेशी चैत २४ गतेलाई सर्‍यो

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा १२ औँ पटक पेशी सारेर १३ औँ पेशीको  मिति चैत २४ गतेलाई तोकिएको छ । न्यायाधीशको कार्य व्यस्तताले फागुन २३ गतेको पेशी हेर्न नभ्याइएको चितवन अदालतका सूचना अधिकारी कृष्ण बरालले जानकारी दिए । ०७२ फागुन २७ गतेबाट पेशी सर्दै आएकोमा ०७३ फागुन २३ गतेसम्म…

March 6, 2017  
आचारसंहिता पालना गर्न आयोगको आग्रह

निर्वाचन आयोगले राजनीतिक कामका सिलसिलामा निजी हेलिकोप्टर प्रयोग गर्दा आयोगको पूर्व स्वीकृति लिएर मात्र त्यसो गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको राससले जनाएको छ । आयोगको फागुन २२ गते बसेको बैठकले निर्वाचन प्रचार-प्रसारमा संलग्न नहुने व्यवस्थाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो । साथै आयोगले मन्त्रीहरूलाई सरकारी कामको…

March 5, 2017  
राजनीतिक दलले गर्ने शान्तिपूर्ण कार्यक्रममा अवरोध नगरः मानव अधिकार आयोग

कुनैपनि राजनीतिक दलले गर्ने शान्तिपूर्ण राजनीतिक अभियानमा सक्रिय कार्यकर्तामाथि अमर्यादित र मानव अधिकारको मर्म विपरीतको कार्य भएको पाइएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले यस्ता व्यवहारहरू तुरुन्त रोक्न र कुनैपनि राजनीतिक दलको पूर्व निर्धारित कार्यक्रमहरूलाई प्रत्यक्ष अवरोध नगर्न संयुक्त मधेसी मोर्चालगायत सम्बन्धित सबै राजनीतिक दललाई आग्रह गरेको छ । आयोगले फागुन…

March 5, 2017  
लोकतान्त्रिक स्वतन्त्रताको सम्मान गर्न निगरानी समितिको अपिल

दलहरूको शान्तिपूर्ण कृयाकलापउपर बाधा पुर्‍याउने अलोकतान्त्रिक कृयाकलापप्रति असहमति व्यक्त गर्दै मधेसी मोर्चालाई आफ्नो लोकतान्त्रिक छवि धुमिल हुन नदिनेतर्फ सचेष्ट रहन र लोकतान्त्रिक स्वतन्त्रताको सम्मान गर्न जवाफदेहिता निगरानी समितिले अपिल गरेको छ । समितिका अध्यक्ष चरण प्रसाईद्वारा फागुन २२ गते हस्ताक्षरित अपिलमा मधेसी मोर्चालाई स्वतन्त्रताको सम्मान गर्न अपिल गर्दै नेपाल सरकारलाई…

March 5, 2017  
चार जिल्लामा पोलियो खोप कार्यक्रम सुरु भएन

स्वास्थ्यकर्मीको अवरोधका कारण फागुन २१ र २२ गते हुने ‘विशेष पोलियो खोप कार्यक्रम’ चार जिल्लामा सञ्चालन हुन नसकेको राससले जनाएको छ । सुरु भएका अन्य जिल्लामा पनि सबै स्थानमा सहज रुपमा सञ्चालन हुन नसकेको बालस्वास्थ्य महाशाखाले जनाएको छ । स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थामा ताला लगाई अवरोध गरेका कारण सिरहा, सप्तरी, महोत्तरी…

March 4, 2017  
बलात्कार पीडितहरूका सवालमा राष्ट्रिय जाँचबुझ विषयक सार्वजनिक सुनुवाइ सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोगले पहिलोपल्ट काभ्रेपलाञ्चोक जिल्लामा फागुन १९ गते 'जबरजस्ती करणीमा परेका महिला तथा बालबालिकाहरूको न्यायमा पहुँच' विषयक राष्ट्रिय जाँचबुझ अन्तर्गत सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । आयागले बनाएको राष्ट्रिय जाँचबुझ निर्देशिका अनुसार भएको जाँचबुझ काभ्रेपलाञ्चोक जिल्लामा बलात्कारका घटना बढ्दै गएका कारण गरिएको बताइएको छ । जाँचबुझ समितिमा राष्ट्रिय…

March 3, 2017  
जातीय भेदभाव तथा छुवाछुत सम्बन्धमा अन्तरक्रिया

राष्ट्रिय मानव अधिकार आयोगले जातीय भेदभाव तथा छुवाछुतको अवस्था विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम फागुन १९ गते चौतारामा सम्पन्न गरेको छ । आयोगले दुई दिनसम्म विभिन्न गाउँ स्तरमा जातीय भेदभावको अवस्था अनुगमन गरेर जिल्लामा रहेका सरोकारवालाहरूबिच अन्तरक्रिया गरेको आयोगका अधिकृत सोमराज सुवेदीले बताए । अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिल्वालले मानवले…

निर्वाचनको कार्ययोजना पेस गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले तीनै निकायको निर्वाचनसम्बन्धी भएको प्रगति र कार्ययोजना बारे १० दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीलाई आदेश दिएको राससले जनाएको छ । न्यायाधीश हरिकृष्ण कार्की र अनिलकुमार सिन्हाको संयुक्त इजलासले फागुन १९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायतलाई आगामी २०७४ माघ ७…

March 2, 2017  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई फागुन १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नवलपरासी गैँडाकोट-२ का २३ वर्षीय नरेन्द्र खनाललाई सोही दिन गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित खनालले यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय चितवनमा फागुन १८ गते नै उजुरी दिएकी थिइन् । आरोपित खनालविरुद्ध उजुरी परेकाले…

March 2, 2017  
बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई फागुन १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन १८ बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले उजुरी गरेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर उत्तमप्रकाश बरालले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन…

March 2, 2017