विभिन्न दलद्वारा संविधान संशोधन प्रस्ताव दर्ता

सरकारले केही दिन अघि संसदमा पेश गरेको संविधान संशोधन विधेयकमाथि विभिन्न दलका ३६ जना सांसदले १५ वटा संशोधन प्रस्ताव पेश गरेका छन् । संशोधन प्रस्ताव दर्ताका लागि संसद सचिवालयले दिएको फागुन १५ गतेसम्मको समयसिमा भित्र संशोधन प्रस्ताव पेश गर्ने दलहरूमा सत्तापक्ष गठबन्धनसहित अन्य विपक्षी दलहरूसमेत रहेका छन् । सत्ता पक्ष…

February 26, 2017  
बाल क्लब सञ्जालको पहलमा बालविवाह रोकियो

१५ वर्षीया बालिका र बाशेश्वर गाविस-५ हैवारका १९ वर्षीय विजय तामाङबिच हुन लागेको बालविवाह रोकेको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । ०७३ फागुन १४ गते प्रहरीले खुर्कोटमा जन्ती र बेहुली लिई विवाहका लागि काभ्रेतर्फ गइरहेको बसलाई रोकेर चेकजाँच गर्दा बालविवाह हुन लागेको थाहा पाएपछि सो विवाह रोकेको प्रहरीले जनाएको…

February 25, 2017  
मधेसी मोर्चाले आह्वान गरेको बन्दले जनजीवन प्रभावित

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले फागुन ११ गते आह्वान गरेको बन्दका कारण तराई मधेसका जिल्लाहरूको जनजीवन प्रभावित भएको छ । इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयका अनुसार बन्दको प्रभाव पूर्व पश्चिम राजमार्गको दक्षिण क्षेत्रमा रह्यो भने राजमार्ग तथा राजमार्ग उत्तर क्षेत्रमा बन्दको समान्य प्रभाव रहेको महोत्तरी,…

February 22, 2017  
तीनै तहको निर्वाचन सम्पन्न गर्न सर्वोच्चको ध्यानाकर्षण

सर्वोच्च अदातलले नेपालको संविधानको पूर्ण कार्यान्वयनका लागि २०७४ साल माघ ७ गतेसम्ममा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको निर्वाचन सम्पन्न गर्न ध्यानाकर्षण गराएको राससले जनाएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले सो ध्यानाकर्षण गराएको हो । स्थानीय तहको पुनःसंरचना नहुन्जेलसम्म स्थानीय निकायको निर्वाचन र…

February 22, 2017  
स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजानिक

निर्वाचन आयोगले सरकारले गरेको निर्णय अनुसार २०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार २०७४ वैशाख १६ गते उम्मेदवारको मनोनयन दर्ता, वैशाख १७ गते उम्मेदवारीविरुद्धको उजुरीका लागि समय तोकिएको आयोगद्वारा फागुन ११ गते जारी विज्ञप्तिमा उल्लेख छ । उक्त सबै कार्यहरू गाउँपालिका र…

February 22, 2017  
मानव अधिकार समन्वय केन्द्रको साधारण सभा सम्पन्न

मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्र (एचआरटिएमसिसि) को वार्षिक साधारण सभा फागुन ११ गते काठमाडौँमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता गर्दै बाल अधिकार महासन्धीमा आधारित समितिका अध्यक्ष कृष्ण सुवेदीले आआफ्ना संस्थाले गरेका कामलाई समन्वय केन्द्रको गतिविधिका रूपमा एकीकृत गर्न सके केन्द्रको महत्व अझै बढ्ने बताए । उनले केन्द्रकै परिकल्पना…

February 22, 2017  
निर्वाचनको मिति घोषणा गरेको विरोधमा मसाल जुलुस प्रदर्शन

सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराईका विभिन्न जिल्लामा फागुन १० गते साँझ मसाल जुलुस प्रदर्शन गरेको छ । इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार मोर्चाले राजविराजका साथै जिल्लाका प्रमुख बजारमा फागुन १० गते साँझ मसाल जुलुस प्रदर्शन गरेको छ । संविधान संशोधनमार्फत…

February 22, 2017  
सरकारद्वारा वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको घोषणा

सरकारले आगामी वैशाख ३१ गते आइतबार एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने भएको राससले जनाएको छ । फागुन ८ गते साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लामो समयदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन गराउने मिति तय गरेको हो । निर्वाचनका लागि अर्थ मन्त्रालयले रु १० अर्ब २९ करोड ६३ लाख ७६ हजार…

February 20, 2017  
होस्टेलमा रहेका बालक मृत भेटिएपछि विद्यालय तोडफोड

बेलुकी अबेरसम्म पढेर सुतेका उग्रतारा जनागाल गाविस-८ का १७ वर्षीय प्रमोद भनिने कृष्णराम पुर्कोटी बनेपा नपा-५ मा रहेको ज्ञानकुञ्ज माविको होस्टेलमा फागुन ९ गते बिहान मृत भेटिएपछि आक्रोशित जमातले विद्यालय तोडफोड गरेको छ । ज्ञानकुञ्ज माविमा नर्सरीदेखी पढ्दै आएका पुर्कोटी एसएलसी परीक्षाको तयारीका लागि एक महिना अगाडिबाट विद्यालयको होस्टेलमा राखिएका…

February 20, 2017  
लालपूर्जाको माग गर्दै मुसहरद्वारा सरकारलाई ज्ञापनपत्र

तराई मधेसमा बसोबास गर्ने अति पिछडिएको दलित मुसहर समुदायले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा पाउनु पर्ने माग राख्दै फागुन ८ गते जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार मुसहर समुदायले फागुन ८ गतेदेखि देशव्यापी रूपमा नै 'जग्गा आन्दोलन' सुरु गरेर आफूले…

February 20, 2017