जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकले स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत पुस ७ गते जिल्ला स्तरीय मानव अधिकार निगरानी समूह गठन गरेको छ । मानव अधिकारकर्मीहरूको भेलाले रामचन्द्र बस्नेतको संयोजकत्वमा ११ सदस्यीय मानव अधिकार निगरानी समूह गठन गरिएको हो । निगरानी समूहका सदस्यहरूमा उद्धव अधिकारी,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा थुम्पाखर गाविस-७ का २६ वर्षीय युवराज तामाङलाई पुस ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालयका सई राजु पाण्डेले बताए ।…
निलम्बित अख्तियार प्रमुख कार्कीको नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ सुरु
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति विरूद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको राससले जनाएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले कार्कीविरुद्धको मुद्दामा सुनुवाइ सुरु गरेको हो । रिट निवेदक ओमप्रकाश अर्यालका तर्फबाट अधिवक्ता रमेश बडाल, डा सुरेन्द्र भण्डारी,…
बन्दको अवज्ञा गरेको आरोपमा सवारीसाधनमा तोडफोड, एक जना घाइते
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले मध्यपुरथिमि नपा-१३ राधेराधे स्थित भक्तपुरबाट काठमाडौँतर्फजाँदै गरेको मध्यउपत्यकाको बा ३ ख २४६५ नम्बरको मिनिबसमा ढुङ्गा प्रहार गर्दा एक जना घाइते भएको प्रहरीले जनाएको छ । ढुङ्गा प्रहारबाट मोरङ कटारी-२ घर भई हाल सल्लाघारी बस्ने ३५ वर्षीय राजेश माझी घाइते भएको महानगरीय प्रहरी वृत्त…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कर्थली गाविस-१ सिमखर्कका ४० वर्षीय सोनाम शेर्पालाई प्रहरीले पुस ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर २३ गते बलात्कार गरेको आरोपमा पीडितले मङ्सिर २५ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दिएकी थिइन् । प्रहरीका अनुसार पीडित महिलाको स्वास्थ्य परीक्षण बाह्रबिसे स्थित…
द्वन्द्वमा बाल सेनाको प्रयोग मानव अधिकारको गम्भीर उल्लङ्घनः सरोकारवाला
सरोकारवालाहरूले सशस्त्र द्वन्द्वको अवधिमा बाल सेनाको प्रयोग गरिनु मानव अधिकारको गम्भीर उल्लङ्घन भएको बताएका छन् । बहिर्गमित जनमुक्ति सेना नेपालद्वारा पुस ७ गते आयोजित "बाल सेनाको प्रयोग, द्वन्द्वोतर न्याय र सामाजिक आर्थिक समायोजानः अन्तर्राष्ट्रिय अभ्यास" विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरूले बालिबालिकालाई सैन्य तालिम दिई युद्ध गर्न लगाउनु अन्तर्राष्ट्रिय मुल्य, मान्यता…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हेटौँडा उमनपा-९ का ४९ वर्षीय दिनेश पौडेललाई प्रहरीले पुस ७ गते गिरफ्तार गरेको छ । बालिकालाई पटक/पटक आफनै घरमा ल्याएर बलात्कार गरेको आरोपमा आरोपित पौडेललाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाले पुस ३ गते जिल्ला प्रहरी कार्यालय हेटौँडामा उजुरी दिएकी थिइन् ।…
मधेसी नागरिकमाथि संवैधानिक भन्दा पनि भावनात्मक विभेदः सरोकारवाला
तराईमधेसका नागरिकमाथि संवैधानिक भन्दा पनि भावनात्मक र व्यवहारिक विभेद भएको एक कार्यक्रमका सरोकारवालाले औँल्याएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र ल एसोसिएटको संयुक्त आयोजनामा पुस ६ गते ललितपुरमा आयोजित "मधेसका मागहरूको विश्लेषण, प्रान्त, सीमा र स्वायत्तताको सवाल" विषयक एक अन्तरकृया कार्यक्रममा सरोकारवालाले सो कुरा औँल्याएका हुन् । कार्यक्रममा…
तिवारी हत्याको विरोधमा गरिएको बन्दले जनजीवन प्रभावित
युवा सङ्घका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा लुम्विनी बन्दका कारण पुस ५ गते यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा विसीका अनुसार सङ्गठनकै कामको सिलसिलामा सिङ्गाहा जाँदै गरेका तिवारीसँगै खुशी न्यौपाने पनि तिवारीले चलाएको मोटरसाइकलमा पछाडि बसेका थिए । न्यौपानेका अनुसार तिवारीलाई गोली…
वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का जिल्ला प्रतिनिधिहरूले जिल्लामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित घटनाहरूका बारेमा समीक्षात्मक कार्यक्रम गरेका खबरहरू पठाएका छन् । इन्सेक प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार इन्सेकले सन् २०१६ जनवरीदेखि डिसेम्बरसम्म सङ्कलन गरेका जिल्लाका मानव अधिकारका उल्लङ्घनका घटनाहरूको समीक्षा गरिएको छ । कार्यक्रममा सहायक…