पत्रकार हत्याको छानबिन भएन - प्रतिवेदन
माओवादी सशस्त्र द्वन्द्व सुरु भएयता (२०५२ सालपछि) हत्या गरिएका र बेपत्ता पारिएका पत्रकार/सञ्चारकर्मीमध्ये धेरै पत्रकारको हत्याको घटनाबारे अझै अनुसन्धान नभएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । फ्रिड्म फोरमले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार तत्कालीन माओवादी द्वन्द्व सुरु (२०५२ देखि हालसम्म) विभिन्न बहानामा मुलुकभर २३ जना सञ्चारकर्मीको हत्या र तीन जना बेपत्ता…
मोसो दलेर शिक्षकलाई दुर्व्यवहार
कुम्पुर गाविस-८ स्थित बागबच्छला आधारभूत विद्यालयका शिक्षक ३७ वर्षीय गणेश श्रेष्ठलाई नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीहरूले पुस ११ गते मोसो दलेर दुर्व्यवहार गरेका छन् । विद्यालयमा हाजिर भएर परीक्षामा गार्ड बसेको बेला सोही विद्यालयका विद्यार्थीहरूले मोसो दलेर जुत्ताको माला लगाएको अनेरास्ववियु क्रान्तिकारीका जिल्ला…
मानव अधिकारकर्मीमाथि धम्की दिनेलाई कारबाही गर्न माग
ज्यामरुङ गाविस निवासी दलित सेवा सङ्घका अध्यक्ष ३० वर्षीय श्याम मगरातीलाई धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भिमलाल भट्टराईलाई कारबाही गर्न जिल्लामा क्रियाशील मानव अधिकारकर्मीहरूले पुस ११ गते प्रेस विज्ञप्ति प्रकाशन गरी आग्रह गरेका छन् । जातीय छुवाछुतको घटनामा पीडितको पक्षमा वकालत गरेको, अजित मिजार ढकालको घटनामा दलित आयोगलगायतले…
यो ठण्डीमा पनि टहरामै पठनपाठन (फोटो फिचर)
भूकम्पले विद्यालय भत्काएको २० महिना भयो । तर, नुवाकोटमा भत्किएका विद्यालयहरूको निर्माणले तीव्रता नपाउँदा विद्यार्थीहरू यो वर्षको चिसोमा पनि टहरामै बस्न बाध्य भएका छन् । सरकारी तहबाट जिल्लामा एउटा पनि विद्यालय भवन निर्माण थालिएको छैन भने गैरसरकारी संस्थाहरूले निर्माण गरिरहेका केही विद्यालय भवन पनि निर्माण सम्पन्न नभएको कारण विद्यार्थीहरू टहरामै…
यौन दुर्व्यवहार गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा नारायणी नपा-१० जगतपुरका ३२ वर्षीय कृष्ण परियारलाई जिल्ला अदालतले २ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश टेकनारायण कुँवरको इजलासले पुस १२ गते यस्तो फैसला सुनाएको अदालतले जनाएको छ । पीडित बालिकालाई गत मङ्सिर १० गते यौन दुर्व्यवहार गरेको आरोपमा…
तीन महिनादेखि बन्द मन्दिरमा दलित र गैरदलितसँगै प्रवेश
दलित महिलालाई मन्दिर प्रवेशमा रोक लगाएको भन्दै नारायणी नपा-६ मा रहेको चन्द्रकला देवीको मन्दिरमा विगत तीन महिनादेखि ताला लगाइएकोमा पुस ९ गते स्थानीय दलित युवाको अगुवाइमा दलित र गैरदलित संयुक्त रूपमा मन्दिर प्रवेश गरेका छन् । ब्राम्हण क्षेत्री समुदायका महिलाले स्थानीय दलित महिला प्रेमकुमारी विकलाई मन्दिर प्रवेश गरेको भन्दै आपत्तिजनक…
भूकम्पपछिको पुनर्निर्माणको काम चुनौतीपूर्णः अधिकारकर्मी
रामेछाप जिल्लाका अधिकारकर्मीहरूले भूकम्प पछिको पुनर्निर्माणको काम थप चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा पुस ९ गते गरिएको छलफल कार्यक्रमका सहभागी अधिकारकर्मीहरूले सो कुरा बताएका हुन् । छलफल कार्यक्रममा इन्सेकका मध्यमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक कृष्ण गौतमले विगतमा नागरिक राजनीतिक अधिकारको क्षेत्रमा काम गरिरहेका नेपालका…
पत्नीको हत्या पछि आत्महत्या
चाँगुनारायण नपा-३ थालिङ थापागाउँकी ४० वर्षीया बुना थापालाई पुस ९ गते ४४ वर्षीय पति ज्योतीराज थापाले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । हत्या आरोपित ज्यातीराजले पत्नीको हत्या गरेको खबर प्रहरीमा गरेपछि आफूले विष सेवन गरी आत्महत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी कृष्ण प्रसाईँले बताए । घरायसी…
आयोगबाट गरिएका सिफारिस कार्यान्वयन गर्नुपर्नेमा जोड
राष्ट्रिय मानव अधिकार आयोगबाट गरिएका सिफारिसहरू कार्यान्वयन गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । पुस ८ गते काठमाडौँमा आयोजित "सङ्क्रमणकालीन न्याय र राष्ट्रिय मानव अधिकार आयोगका सिफारिस" विषयक निगरानी सभाका सहभागीहरूले सो कुरामा जोड दिएका हुन् । कार्यक्रमको अध्यक्षता गर्दै इन्सेकका संस्थापक अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व…
इन्सेकको टोलीद्वारा प्रहरी हिरासत अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मध्यमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक कृष्ण गौतमको नेतृत्वमा पुस ८ गते जिल्ला प्रहरी कार्यालयमा रहेको प्रहरी हिरासत अनुगमन गरेको छ । अनुगमनको क्रममा जिल्ला प्रहरी कार्यालयले प्रहरी हिरासतमा रहेका थुनुवा तथा हिरासतमा रहेकाहरूको मानव अधिकार पूर्णरूपले पालना गरेको देखिएको संयोजक गौतमले बताए । प्रहरी हिरासतमा राखिएका…