कल्लेरीमा सार्वजनिक सुनुवाइ सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र गल्छी गाउँपालिकाको आयोजनामा गल्छी गाउँपालिका-२ कल्लेरीको केउरीनीमा जेठ १२ गते सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ । भूकम्प प्रभावितले घर निर्माण गर्दा अनिवार्य नक्सा पास गर्न नियम लागु गरेपछि लाभग्राहीले सास्ती व्यहोर्नु परेको सार्वजनिक सुनुवाइमा सहभागी भएकाहरूले गुनासो गरेका छन् । गाउँपालिकाले तय गरेको…

May 27, 2018  
हत्या घटनाका दोषी ढुङ्गेललाई कैद माफी दिने सिफारिसविरूद्ध प्रदर्शन

द्वन्द्वकालीन समयमा गरिएको हत्या घटनाका दोषी तत्कालीन नेकपा माओवादी नेता बालकृष्ण ढुङ्गेललाई कैद माफी दिन नहुने भन्दै द्वन्द्वपीडित र अधिकारीकर्मीहरूले जेठ १३ गते माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । द्वन्द्वपीडित साझा चौतारीले आयोजना गरेको उक्त पर्दशन कार्यक्रममा द्वन्द्वपीडित र अधिकारकर्मीहरूले हत्या घटनाका दोषी ढुङ्गेललाई कैद माफी दिने कार्यले न्याय कुण्ठित…

May 27, 2018  
हत्या गरिएको अवस्थामा अपरिचित युवतीको शव फेला

जिल्लाको गोलञ्जोर गाउँपालिका-७ खुर्कोटको सुनकोशी किनारमा हत्या गरिएको अवस्थामा अपरिचित एक युवतीको बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ । जेठ ११ गते दिउँसो पहिचान नखुलेकी एक युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मध्यान्ह १२ बजेतिर प्रहरीलाई नदीको किनारमा चोटसहितको शव भएको खबर आएपछि इलाका…

May 26, 2018  
बलात्कार घटनाको आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ ११ गते ललितपुर जिल्लाको महालक्ष्मी नपा-७ का ३७ वर्षीय विक्रम बस्नेतलाई गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७४ पुस ५ गते बलात्कार गरेको भनी पीडित पक्षले ०७५ वैशाख २ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार…

May 26, 2018  
दण्डहीनतालाई प्रश्रय दिने कार्य बन्द गर-अधिकारकर्मी

गणतन्त्र दिवसको अवसर पारेर नेपाल सरकारले उज्जनकुमार श्रेष्ठको हत्यामा दोषी ठहर भई कारागारमा रहेका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुङ्गेललाई माफी दिने सिफारिस गर्न लागेको समाचारप्रति जबाफदेहीता निगरानी समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मानव अधिकारकर्मीहरू सम्मिलित सो समितिले जेठ १२ गते एक विज्ञप्ति जारी गर्दै यस्तो ध्यानाकर्षण भएको जनाएको…

May 26, 2018  
ढुङ्गेललाई माफी दिने सिफारिसविरुद्ध सर्वोच्चमा रिट

कर्तव्य ज्यान मुद्दामा आजीवन कैद सजाय काटिरहेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुङ्गेलको आचरण ठीक भएको भन्दै कारागार व्यवस्थापन विभागले गरेको कैद मिनाहा सिफारिसबिरुद्ध अदालतमा जेठ १० गते रिट दायर भएको छ।  (दिनेश त्रिपाठद्वारा दायर रिट) वरिष्ठ अधिवक्ता डाक्टर दिनेश त्रिपाठीले ढुङ्गेललाई माफी दिनु संविधानको धारा १६ को सम्मानपूर्वक बाँच्न पाउने…

May 25, 2018  
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गोदावरी नपा-१२ बाँडेगाउँका २६ वर्षीय टेकबहादुर साहुविरुद्ध महानगरीय प्रहरी वृत्त सातदोबाटोमा पीडित पक्षले जेठ १० गते उजुरी दर्ता गराएका छन् । पीडित बालिकालाई आरोपितले जेठ १० गते बिहान यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले दिएको उजुरी दर्ता गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोकी असई…

May 24, 2018  
हत्या अपराधमा आम माफी दिन मिल्दैनः इन्सेक

गणतन्त्र दिवसका अवसरमा आममाफी दिन जिल्ला प्रशासन कार्यालय, काठमाडौँले कर्तव्य ज्यान मुद्दामा जेलमा रहेका तत्कालीन नेकपा माओवादीका नेता बालकृष्ण ढुङ्गेलको नाम सिफारिस गरेकोप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जेलमा रहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेलसहित करिब ८ सय…

May 24, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई वैशाख २६ गते बलात्कार गरेको आरोपमा प्रहरीले चौरीदेउराली गाउँपालिका-६ का २२ वर्षीय कान्छा भनिने रोज मोक्तानलाई जेठ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकाका आफन्तले जेठ ४ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी दिएपछि आरोपितको खोजतलास भइरहेको थियो । पीडित बालिकाको जेठ ४ गते प्रसूति गृह…

May 23, 2018  
विद्यालय पुनर्निर्माण कार्यलाई गतिदिन आग्रह

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) आबद्ध मानव अधिकार संरक्षण सञ्जाल रामेछापले विद्यालय पुनर्निर्माणको कामलाई गति दिन सम्बन्धित सरोकारवालाहरूको ध्यानाकार्षण गराएको छ । सञ्जालले जेठ ९ गते मन्थलीमा आयोजित अन्तरक्रियामा भूकम्पले क्षति पुर्‍याएका विद्यालयहरूको पुनर्निर्माणको कामलाई छिटो अघि बढाउन ध्यानाकर्षण गराएको हो । कार्यक्रममा पुनर्निर्माण प्राधिकरणको शिक्षा जिल्ला आयोजना इकाईका प्रमुख…

May 23, 2018