ज्येष्ठ नागिरकको अधिकारका लागि विज्ञ समूह गठन

राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकारलाई प्राथमिकतामा राख्न आयोगका पूर्वसदस्य डा. गौरीशङ्करलाल दासको अध्यक्षतामा ‘जेरियाट्रिक विज्ञ समूह’ गठन गरेको छ । आयोगले माघ ३ गते ज्येष्ठ नागरिकको स्वास्थ्यको अधिकारको संरक्षण गर्ने उद्देश्यले दासको अध्यक्षतामा प्रा.डा. धु्रवराज अधिकारी, डा. दिनेश सापकोटा, डा. रमेश कँडेल, डा. रचना शर्मा, डा. लोचना श्रेष्ठ…

२०७५ माघ २१, सोमबार १२:५३ गते  
६५ वर्षीया महिला बलात्कृत, आरोपितको पहिचान हुन सकेन

माघ १७ गते रातको समयमा घरमा एक्लै भएको अवस्थामा ६५ वर्षीया महिला बलात्कृत भएकी छन् । शारीरिक अवस्था कमजोर भएकी उनलाई रातको समयमा कसले बलात्कार गरेको भन्ने थाहा नभएको जिल्ला प्रहरी कार्यालय, चितवनका डिएसपी दुर्गाराज रेग्मीले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण माघ १८ गते भरतपुर अस्पतालमा भएको छ ।…

२०७५ माघ २०, आईतवार ०८:३२ गते  
डा केसीको १६ औँ अनशन अन्त्य

चिकित्सा क्षेत्र सुधारको माग राख्दै विगत २४ दिनदेखि अनशनरत डा गोविन्द केसीले आज आफ्नो अनशन अन्त्य गरेका छन् । अनशनस्थल त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरेर डा केसीले अनशन तोडेका हुन् । “चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास गरिसकेको अवस्थामा अनशन जारी राख्दा असहज अवस्था सिर्जना हुने,…

२०७५ माघ १८, शुक्रबार २१:४५ गते  
न्यायिक समितिबारे जनचेतनाको खाँचो

नेपालको संविधानले गाउँगाउँमा अधिकार दिए पनि त्यसको कार्यान्वयनका लागि सचेतनाको खाँचो रहेको सरोकारवालाले औँल्याएका छन् । संविधानको धारा २१७ ले स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरेको छ । न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अुसार काम गर्ने कानुनी व्यवस्था छ । स्थानीय तहको न्यायिक समितिमा के कस्ता उजुरी गर्न…

२०७५ माघ १७, बिहीबार २०:११ गते  
बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बागमती गाउँपालिका–४ आश्राङका २३ वर्षीय दिपेन्द्र लोलार्ई जिल्ला अदालतले आठ वर्ष कैद गर्ने फैसला गरेको छ । न्यायाधीश डा. रमेशप्रसाद रिजालको इजलासले लोलाई दोषी ठहर गरेको फैसला माघ १५ गते लिखित प्रतिवेदन उतारेको हो । पीडित बालिकालाई लोले गत जेठ ५ गते बलात्कार गरेको…

२०७५ माघ १७, बिहीबार १०:५९ गते  
बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

३६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत नुवाकोटले विदुर नपा–१३ का ३६ वर्षीय सुरेन्द्र तामाङलाई पाँच वर्ष कैदको फैसला सुनाएको छ । न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले आरोपितलाई दोषी ठहर गर्दै माघ १५ गते पाँच वर्ष कैद र पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतले जनाएको छ…

२०७५ माघ १७, बिहीबार ०९:०२ गते  
पत्नी हत्या घटनाका आरोपितद्वारा कारागारमा झुण्डिएर मृत्यु

पत्नीको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका कालिञ्चोक गाउँपालिका–५ का २४ वर्षीय च्याङा शेर्पाले माघ १५ गते राति चरिकोट कारागार भित्र भुण्डिएर आत्महत्या गरेका छन् । २७ वर्षीया पत्नी लक्की भनिने सकिनी शेर्पालाई कर्तव्य गरी हत्या गरेको अभियोगमा प्रहरीले गत पुस २० गते शेर्पालाई गिरफ्तार गरेको थियो । जिल्ला अदालतको…

२०७५ माघ १६, बुधबार २२:२४ गते  
सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन माग

द्वन्द्वपीडित साझा चौतारीले पारदर्शी र बृहत्तर प्रक्रियाद्वारा सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्‍याउने प्रत्येक चरण र प्रक्रियामा द्वन्द्वपीडितको अनिवार्य सहभागिता सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । चौतारीका अध्यक्ष भागीराम चौधरी र महासचिव जनक राउतले हस्ताक्षर गरी माघ १६ गते जारी प्रेस विज्ञप्तिमा सत्यनिरुपण तथा मेलमिलाप आयोगको ऐन संशोधन गरी आयोगको…

२०७५ माघ १६, बुधबार २१:४९ गते  
द्वन्द्वकालिन दुई आयोगको म्याद थपिने : पदाधिकारी नयाँ आउने

द्वन्द्वकालिन घटनाको सत्य पत्ता लगाउने उद्देश्यले गठित सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद एक वर्षका लागि थप हुने भएको छ भने आयोगका वर्तमान पदाधिकारीको म्याद नथपिने भएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको आयोग ऐन २०७१ लाई…

२०७५ माघ १५, मंगलवार २३:०३ गते  
अपाङ्गता भएकी एकल महिलालाई फलामको घन प्रहार गरी हत्या

त्रिपुरासुन्दरी गाउँपालिका–४ की अपाङ्गता भएकी ४१ वर्षीया एकल महिला रत्नमाया थामीलाई अपरिचित व्यक्तिले फलामको घन प्रहार गरी हत्या गरेको अवस्थामा पीडितकै घरमा माघ १४ गते शव फेला परेको छ । अविवाहित थामी शारीरिक रूपले अपाङ्गता भएकैले एकल रूपमा बस्दै आएकी थिइन् । राति घरमा सुतिरहेको अवस्थामा आफ्नै कोठामा भएको फलामको…

२०७५ माघ १५, मंगलवार १८:०४ गते