कृष्ण अधिकारी हत्या प्रकरणः पेशी साउन २० गतेलाई सर्‍यो

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दाको पेशी साउन २० गतेलाई तोकिएको छ । चितवन अदालतका सूचना अधिकारी केशव पौडेलका अनुसार जेठ २० गते आइतबार न्यायाधीश कुलप्रसाद शर्माको इजलासले ०७५ साउन २० गतेका लागि पेशी चढेको जानकारी दिए । यसअघि चितवन अदातले वयानका लागि उपस्थित हुन मुख्य जाहेरवाला नुरप्रसाद अधिकारीलाई पत्राचार…

June 3, 2018  
इन्सेकद्वारा जिल्लाको मानव अधिकार अवस्थाबारे छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को एक टोलीले जेठ १६ र १७ गते दोलखा जिल्लाको मानव अधिकार अवस्थाबारे स्थानीय तथा जिल्लास्तरका सरोकारवालासँग छलफल गरेको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत भीमेश्वर नपागरपालिका–९ लाकुरीडाडा स्थित सुर्के मावि र सोही नगरपालिका–८ बोच स्थित देवी मावि बोचका…

June 1, 2018  
अधिकारकर्मीहरूद्वारा गङ्गामायाको जीवन रक्षाको अपील

लामो समयदेखि सत्याग्रहमार्फत न्यायको माग गर्दै आएकी गोरखा फुजेलकी ६२ वर्षीया गङ्गामाया अधिकारीको जीवन रक्षाको लागि अधिकारकर्मीहरूले अपील गरेका छन् । गणतन्त्रमासमेत न्याय नपाएको भन्दै अधिकारी गणतन्त्र दिवसकै दिनदेखि पानीसमेत नखाने प्रतिबद्धताका साथ आमरण अनसनमा रहेकी छन् । पछिल्ला केही महिनायता अधिकारीले झोलिलो पदार्थ लिइरहेकी थिइन् । तर, जेठ १५…

June 1, 2018  
विकासको लागि नागरिक समाज तथा सञ्चार जगतबिच अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा जेठ १६ गते ललितपुरमा पारस्परिक परियोजना अर्न्तर्गत नागरिक समाज तथा सञ्चार जगतबिच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका परियोजना प्रकुख श्रीराम बजगाइँले कार्यक्रमको उद्धेश्यका बारे प्रकाश पर्दै विकासका लागि नागरिक समाज र सञ्चारजगतले आ-आफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका…

May 31, 2018  
नौकुण्डमा सार्वजनिक सुनुवाइ सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा नौकुण्ड गाउँपालिकको पार्‍च्याङमा भूकम्प प्रभावितको अवस्थाबारे र्सार्वजनिक सुनुवाइ कार्यक्रम जेठ १५ गते सम्पन्न गरिएको छ । कार्यक्रममा नौकुण्ड गाउँपालिकाका उपाध्यक्ष सिर्जना लामाले पछिल्लो समय सरकारले लगाएको समयसिमापछि आवास निर्माणको कामले गति लिएको बताइन् । उनले ८२ प्रतिशत निजी आवास निर्माण भएको र गुनासो रहेका…

May 31, 2018  
गुनासो अझै सुनुवाइ नभएको रातमाटेबासीको गुनासो

बेलकोटगढी नपा-७ रातमाटेका नागरिकहरुले भूकम्प पीडितको गुनासो अझै सुनुवाइ नभएको गुनासो गरेका छन् । सरकारले निजी आवास पुनर्निर्माणलाई तीव्रता दिन समयसीमा तोकेपछि गुनासोको अझै सुनुवाइ नहुँदा लाभग्राहीको सूचीमा नपरेकाहरूमा सरकारको राहत रकम नआउने पो हो कि भन्ने लाग्न थालेको बताएका छन् । जेठ १६ गते इन्सेकको आयोजना र बेलकोटगढी नपा-७…

May 31, 2018  
स्वास्थ्य चौकीमा सिटामोल समेतको औषधि नहुँदा बिरामीहरू मर्कामा

बाह्रबिसे नगरपालिका-३ मा रहेको स्वास्थ्य चौकीमा सिटामोलसमेतको औषधि नहुँदा बिरामीहरू औषधि उपचारबाट वञ्चित भएका छन् । बर्थिङ सेन्टरसमेत रहेको उक्त स्वास्थ्य चौकीमा निशुल्क वितरण गरिने औषधिको अभावका कारण बिरामीहरू आउनसमेत छाडेको अनमी बबिता शाहले बताइन् । सरकारले स्वास्थ्य चौकीहरूबाट ३८ किसिमको औषधि निशुल्क वितरण गरिने भनिएता पनि सो स्वास्थ्य चौकीमा…

ढुङ्गेलको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा जेलसजाय भोगेका पूर्वसांसद बालकृष्ण ढुङ्गेललाई सरकारले गणतन्त्र दिवसका अवसरमा सजाय मिनाहा दिने निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश मीरा खड्का र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा जेठ १५ गते ढुङ्गेलको असल चालचलनको कारण सजायमा ६० प्रतिशत छुट दिने गरी सिफारिस भएर मन्त्रिपरिषद्को…

May 30, 2018  
गणतन्त्रमा न्याय नपाएको भन्दै गङ्गामाया आमरण अनसनमा

गोरखा फुजेलकी ६२ वर्षीय गङ्गामाया अधिकारीले गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेदेखि फेरि आमरण अनसन सुरू गरेकी छन् । १७ वर्षीय छोरा कृष्णप्रसादको हत्यारालाई कारबाही गर्न माग गर्दै १४ वर्षयता सत्याग्रहमा होमिएकी अधिकारीले जेठ १५ गते पत्रकार सम्मेलन गरी गणतन्त्रमा पनि न्याय नपाएकाले आमरण अनसन थालेको बताएकी छन् ।…

May 29, 2018  
घरघरमा मानव अधिकार कार्यक्रम जनस्तरमा-बजेट

सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्दै घरघरमा मानव अधिकार कार्यक्रम जनस्तरमा सञ्चालनमा ल्याइने बताएका छन् । सङ्घीय सरकारको पहिलो पूर्ण बजेटलाई जेठ १५ गते सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले सो कुरा बताएका हुन् । सरकारले आर्थिक वर्ष २०७५/०७६…

May 29, 2018