यौन दुर्व्यवहार घटनाका आरोपित शिक्षक विद्यालयबाट निष्काशित

१४ वर्षीया बालिकालाई चैत ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा सदरमुकाममा रहेको एक विद्यालयका शिक्षक निलकण्ठ नपा-३ का २५ वर्षीय मदनकुमार श्रेष्ठलाई विद्यालयले सोही दिन निष्काशन गरेको छ । आरोपित श्रेष्ठले बालिकालाई पढाइ कमजोर भएको बहानामा अर्को कोठामा बोलाएर दुर्व्यवहार गरेको आरोप छ । आरोपितविरुद्ध प्रहरीमा उजुरी दिन पीडित परिवारले…

March 19, 2017  
गरिबी आठ दशमलव शून्य चार प्रतिशत

गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सचिवालयले देशका २५ जिल्लामा तीन लाख ९१ हजार ९ सय ८७ घरधुरी गरिबीको रेखामुनी रहेको तथ्याङ्क सार्वजनिक गरेको राससले जनाएको छ । सबैभन्दा धेरै बाजुरा जिल्लामा ६४ दशमलव ०१ प्रतिशत र सबैभन्दा कम तनहुँमा १४ दशमलव ०८ प्रतिशत गरिबी रहेको सो तथ्याङ्कमा उल्लेख छ ।…

March 18, 2017  
मधेसी मोर्चाका कार्यकर्ताद्वारा स्थानीय तहमा तालाबन्दी र अवरोध

मधेसी मोर्चाका कार्यकर्ताले आफूहरूको माग सम्बोधन नगरेसम्म तराई मधेसका विभिन्न जिल्लामा स्थानीय तहमा कामकाज गर्न नदिने चेतावनी दिएका छन् । इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार माग सम्बोधन नभएसम्म कुनै पनि निर्वाचन हुन नसक्ने भन्दै मधेसी मोर्चाले सिरहाका नगरपालिका र गाउँपालिकाहरूमा चैत ४ गते तालाबन्दी गरेका छन् । सरकारले…

March 18, 2017  
इँटा भट्टामा काम गर्दै आएका १६ जना बालश्रमिकको उद्धार

भक्तपुरको विभिन्न इँटा भट्टामा काम गर्दै आएका १६ जना बालश्रमिकको उद्धार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी किरण राणाले बताएका छन् । प्रहरीले चैत ४ गते चाँगुनारायण नगरपालिका ताथलीको श्वेत भैरब इँटा भट्टाबाट दाङ जिल्ला निजैली-२ का १२ वर्षीय मित्रलाल घर्ती, १२ वर्षीय हिरालाल रोक्का र १५ वर्षीय अर्जुन घर्तीको…

March 18, 2017  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले इन्द्रावती गाउँपालिका-७ सिपापोखरे स्थित छाचोकका ८२ वर्षीय टिकानाथ आचार्यलाई चैत ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले चैत २ गते इलाका प्रहरी कार्यालय नवलपुरमा यौन दुर्व्यवहार गरेको आरोपमा आचार्यविरुद्ध उजुरी दिएकी थिइन् । आरोपित आचार्यले माघ ६ गते र फागुन २०…

स्थानीय तहमा देखिएका समस्या फुकाउन मानव अधिकार सञ्जालले समन्वय गर्ने

मूलुक सङ्घीय संरचनामा गएपछि सुरु भएको गाउँपालिका र नगरपालिकाले प्रदान गर्ने सेवामा देखिएका व्यवहारिक समस्यालाई समाधान गर्न मानव अधिकार संरक्षण सञ्जाल रामेछापले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । सञ्जालको चैत ३ गते बसेको बैठकले सङ्घीय संरचनामा मूलुक गएको अवस्थामा कार्यान्वयनमा आएका गाउँपालिका तथा नगरपालिकाले प्रवाह गर्ने सेवामा देखिएका व्यवहारिक तथा…

March 16, 2017  
द्वन्द्वसम्बन्धी कार्यदलले पहिलो चरणको प्रतिवेदन बुझायो

द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनामा भएको क्षतिको विवरण छानविन एवम् परीक्षणसम्बन्धी कार्यदल–२०७३ ले पहिलो चरणको प्रतिवेदन शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवलाई बुझाएको राससले जनाएको छ । कार्यदलले काठमाडौँमा चैत २ गते पत्रकार सम्मेलनको आयोजना गरी सरकारले छानबिन गर्न दिएको कुल सङ्ख्या १४ हजार ९ सय ८८ मध्ये ३ हजार…

March 16, 2017  
लाभग्राहीको सूचीमा नपरेका भूकम्प पीडितहरूको गुनासोलाई तत्काल सम्बोधन गर्न माग

भूकम्प पीडित लाभग्राहीको सूचीमा नपरेका पीडितहरूको गुनासोलाई तत्काल सम्बोधन गर्न शिवपुरी गाउँपालिका-७ का सरोकारवालाहरूले माग गरेका छन् । चैत २ गते शिवपुरी गाउँपालिका-७ सुनखानीको ढलानघरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र रूडेक नेपालको सहकार्यमा 'भूकम्पपछिको पुनर्निर्माणको सवाल' विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै स्थानीय राजनीतिक दलका प्रतिनिधि, गाविसका प्रतिनिधि र भूकम्प…

March 15, 2017  
भूकम्प पीडितहरूको पुनर्स्थापना र अवस्थाबारे सार्वजनिक सुनुवाइ

भूकम्प पीडितहरूको पुनर्स्थापना र अवस्थाका बारेमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरले हेटौँडामा चैत २ गते सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका योजना अधिकृत किसान न्यौपानले मकवानपुरका भूकम्प पीडितहरूले अहिलेसम्म दोस्रो किस्ता रकम पाउन नसकेको जानकारी गराएका छन् । दोस्रो किस्ताका लागि भवन प्रविधि…

March 15, 2017  
आम-उपभोक्ताको मानव अधिकारको संरक्षण र सम्मान गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले उपभोक्ताको मानव अधिकारको संरक्षणका लागि अनुगमन तथा अनुसन्धान गरी जिम्मेवार निकाय र पक्षहरूलाई दायित्ववोध तथा सचेतीकरण गराउने कार्य हुँदै आएको जनाएको छ । आयोगका सचिव वेदप्रसाद भट्टराईद्वारा चैत २ गते हस्ताक्षरित विज्ञप्तिमा अनुगमनको क्रममा आम-उपभोक्ताका अधिकारहरूको प्रभावकारी संरक्षण र कार्यान्वयन हुन नसकिरहेको पाइएको हुँदा उपभोक्ता अधिकारसम्बन्धी…

March 15, 2017