बलात्कार गरेको कसुरमा ११ वर्षकैदको फैसला
६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले बकैया गाउँपालिका-१२, ठिङ्गनका २८ वर्षीय ठुलोबावु डिमडुङ्लाई ११ वर्षकैद गर्ने फैसला गरेको छ । अदालतले पीडितलाई पिडकबाट ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने आदेशसमेत गरेको छ । न्यायाधीश दयाराम ढकालको चैत १५ गतेको इजलासले उक्त फैसला गरेको हो । बालिकालाई फकाएर डिमडुङले…
बलात्कार घटनाका विभिन्न मुद्दामा कैद सजायको फैसला
विभिन्न जिल्ला अदालतमा चलिरहेका बलात्कारसम्बन्धी मुद्दामा कैद फैसला भएका समाचार जिल्ला प्रतिनिधिहरूले पठाएका छन् । इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भरतपुर मनपा-२२ का ४२ वर्षीय प्रकाश श्रेष्ठलाई जिल्ला अदालत चितवनको चैत १४ गतेको फैसलाले १० वर्षकैद सजाय सुनाएको छ । न्यायाधीश सुवासबाबु…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बाह्रबिसे नपा-१ घोर्थलीका २२ वर्षीय राजकुमार मगरलाई चैत १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले चैत ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पनि उजुरी भने चैत १३ गते इलाका प्रहरी…
‘अनलाइन निर्देशिका’ खारेजको माग गर्दै सर्वोच्चमा रिट
अनलाइन निर्देशिका खारेजको माग गर्दै चैत १३ गते सर्वोच्च अदालतमा रिट दायर भएको राससले जनाएको छ । पत्रकार प्रवेश सुवेदी, अधिवक्ताद्वय बाबुराम अर्याल र सन्तोषबाबु सिग्देलले अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र संविधानको प्रावधान विपरीत निर्देशिका आएकाले बदर गरी पाउँ भनी रिट निवेदन पेश गरेका हुन् । अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण,…
पत्नीलाई कुटपिट गरेको आरोपमा गिरफ्तार
जुगल गाउँपालिका-४ पाकुकी २३ वर्षीया सशीकला लामिछानेलाई चिरपट प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले २५ वर्षीय पति प्रेमबहादुर लामिछानेलाई चैत १२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई माइतीघर गएकी पत्नीलाई ससुरालीमै पुगेर आरोपितले कुटपिट गरी घाइते बनाएको पीडितले आरोप लगाएकी छन् । घटना भएलगत्तै पीडितले तेम्बाथान प्रहरी चौकीमा उजुरी…
नागरिक समाजको छवि सकारात्मक हुनुपर्नेमा जोड
नागरिक समाजको छवि सकारात्मक हुनुपर्नेमा काभ्रेपलाञ्चोक, सिन्धुली र दोलखामा आयोजित कार्यक्रमका सहभागी सरोकारवालाहरूले जोड दिएका छन् । यूएसएडको सहयोगमा इन्सेकद्वारा चैत १३ गते धुलिखेल, सिन्धुलीमाढी र चरिकोटमा आयोजित पारस्परिक जवाफदेहिता कार्यक्रम अन्तर्गत नागरिक समाजको सकारात्मक छवि निर्माणको सवाल विषयक अन्तरक्रियामा सरोकारवालाहरूले सो कुरामा जोड दिएका हुन् । इन्सेक काभ्रे जिल्ला…
मतदाता शिक्षाका लागि एक्काइस हजार कार्यकर्ता तयार गरिने
निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि देशका आठ स्थानमा मतदाता शिक्षा कार्यक्रम अन्तर्गत कुल २१ हजार जना मतदाता शिक्षा कार्यकर्ता तयार गर्ने भएको राससले जनाएको छ । स्थानीय सरकारको नयाँ संरचना, समावेशी पद सङ्ख्यासहितको मतपत्रको ढाँचा र यसबारे आम जनतामा पर्याप्त जानकारी नहुँदा मतदाता शिक्षामा चुनौती देखिएको बेला आयोगले सो मतदाता…
विविध कार्यक्रम गरी सत्य अधिकार दिवस मनाइयो
प्रत्येक वर्षमार्च २४ तारिखका दिन अन्तर्राष्ट्रियस्तरमा मनाइने गरिएको सत्यको अधिकार दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । सत्य जान्न पाउने अधिकारको माग गर्दै द्वन्द्व पीडित तथा अधिकारकर्मीहरूले काठमाडौँको वीर अस्पतालको प्रवेशद्वार अगाडि एक घण्टा धर्ना दिए । 'विगत १२ वर्षको सशस्त्र द्वन्द्वका कारण आफन्तहरू गुमाएका परिवारजनले आफन्त किन…
सकारात्मक विचारलाई अगाडि बढाऔँः सरोकारवाला
नागरिक समाजको छवि सुधार्नका लागि सबै पक्ष सकारात्मक विचारका साथ अगाडि बढ्नु पर्ने एक कार्यक्रमका सहभागी सरोकारवालाहरूले बताएका छन् । अनैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले चैत ११ गते भक्तपुरमा आयोजना गरेको 'पारस्परिक जवाफदेहिता एवम् नागरिक समाजको सकरात्मक छवि निर्माणको सवाल विषयक' अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सो कुरा बताएका हुन् ।…
राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन क्षेत्र निर्धारण विधेयक २०७३ र गाउँ तथा नगरपालिकाको वडाको सङ्ख्या निर्धारण विधेयक २०७३ लाई चैत ११ गते प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले ती दुवै विधेयक नेपालको संविधानअनुरुप प्रमाणीकरण गरेके राससले जनाएको छ । राष्ट्रपति कार्यालयका अनुसार व्यवस्थापिका-संसद्को यही चैत ७ गतेको वैठकबाट पारित भई प्रमाणीकरणका…