विप्लव नेतृत्वको नेकपाका नेता वलीलाई थुनामा राख्न सर्वोच्चको आदेश

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता हेमन्तप्रकाश वलीलाई थुनामा राख्न सर्वोच्च अदालतले चैत २७ गते आदेश दिएको छ । चैत ९ गते काभ्रेको खानीखोला–७ मिल्चेबाट गिरफ्तारीमा परेका वलीलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै छोरी विपनाले सर्वोच्च अदालतमा चैत १४ गते दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट चैत २७ गते न्यायाधीश…

२०७५ चैत्र २८, बिहीबार २२:४२ गते  
प्रहरीको सहयोगमा अस्पतालको ओपिडी टिकट वितरण सुरू

कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै चैत २२ गतेबाट देशभरका सरकारी चिकित्सकहरूले अत्यावस्यक बाहेकका सेवा अवरूद्ध गरेर ओपिडी सेवा बन्द गरेको छैठौँ दिन चैत २७ गते बिहानबाट वीर अस्पताल प्रशासनले प्रहरीको सहयोगमा ओपीडीको टिकट खुलाएर टिकट विरतरण सुरु गरेको छ । अस्पताल प्रशासनले ओपिडी टिकट काटेपनि चिकित्सकहरू उपचारमा नजाने सरकारी चिकित्सक सङ्घ…

२०७५ चैत्र २७, बुधबार १५:५८ गते  
आन्दोलनरत चिकित्सकारा सरकारी निर्देशनको अवज्ञा

समायोजन सूचीमा असन्तुष्टि जनाउँदै आकस्मिक स्वास्थ्य सेवा बाहेकका सेवा बहिष्कार गर्दै आएका सरकारी चिकित्सकलाई आन्दोलनका कायक्रम फिर्ता लिई नियमित काममा फर्कन सरकारले दिएको निर्देशनको अवज्ञा भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चैत २५ गते विज्ञप्ति जारी गर्दै स्वास्थ्य जस्तो अत्यावश्कीय सेवा अवरूद्ध नगर्न निर्देशन दिएको थियो । उक्त निर्देशनको…

२०७५ चैत्र २७, बुधबार १५:४९ गते  
आम नागरिकको स्वास्थ्यको अधिकारप्रति सम्वेदनशील बन्न आयोगको आग्रह

सरकारी चिकित्सक सङ्घ (गोदान) नेपालको आह्वानमा पाँच दिनदेखि देशभरका सरकारी अस्पतालहरुमा प्रदान गरिने नियमित स्वास्थ्य सेवा बन्द गरेको भन्दै त्यसबाट आम नागरिकको स्वास्थ्यको अधिकार हनन् हुन गएकाले सम्वेदनशील बन्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । चैत २६ गते आयोगले विज्ञप्ति जारी गरेर यस्तो आग्रह गर्दै यस सम्बन्धमा आयोगले…

२०७५ चैत्र २७, बुधबार १५:१० गते  
कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीका कारण बिरामीको जोखिम बढ्दो

साँघुरो भवनमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी हुँदा डिल्लीबजार कारागारमा समस्या भएको छ । कारागारमा धेरै कैदीबन्दीलाई एकै ठाउँमा राख्दा अधिकांश कैदीबन्दी बिरामी हुने गरेका छन् । ३ सय जनाको क्षमता रहेको कारागारमा चैत २४ गते ६ सय ८ जना कैदीबन्दी राखिएको जसमध्ये कैदी ३ सय ५५ र थुनुवा २ सय…

२०७५ चैत्र २७, बुधबार १४:५१ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय बाबुलाई प्रहरीले चैत २४ गते गिरफ्तार गरेको छ । कक्षा नौ मा अध्ययनरत झट्केली छोरीलाई विगत दुई वर्षदेखि डर, त्रास देखाएर आरोपितले पटकपटक बलात्कार गरेको र पछिल्लो पटक चैत १४ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले आरोपित विरूद्ध चैत २४ गते महानगरीय…

२०७५ चैत्र २७, बुधबार ११:३२ गते  
बलात्कार घटनाका आरोपित विरुद्ध प्रहरीमा जाहेरी

१५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय बाबुविरुद्ध पीडित बालिकाकी आमाले चैत २५ गते इलाका प्रहरी कार्यालय, खैरहनीमा जाहेरी दिएकी छन् । आरोपित बाबुले आफ्नी छोरीलाई चार महिनादेखि निरन्तर बलात्कार गर्दै आएको र पछिल्लो पटक चैत २२ गते बलात्कार गरेको घटना सार्वजनिक भएपछि सम्पूर्ण कुरा खुल्न अएको भन्दै पीडित…

२०७५ चैत्र २६, मंगलवार १०:५७ गते  
राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शनमा प्रहरी हस्तक्षेप

हिन्दु राष्ट्रको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले चैत २५ गते गरेको प्रदर्शनमा प्रहरीले लाठी चार्ज गरेको छ । काठमाडौँको रत्नपार्कबाट सुरू गरिएको प्रदर्शन पुतलीसडकको पद्मोदय मोडमा कोणसभा गर्ने क्रममा प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गरी दमन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । आफूहरूको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले…

२०७५ चैत्र २५, सोमबार २२:०९ गते  
बलात्कार घटनाका आरोपित विरुद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका-१० टारेका २० वर्षीय रूपी हमाल विरूद्ध इलाका प्रहरी कार्यालय बनेपामा चैत १८ गते उजुरी परेको छ । आरोपितले पीडित बालिकालाई चैत १७ गते बेलुकी घरबाट पछ्याएर कोठामा लगि बलात्कार गरी भोलीपल्ट विहान ३ बजे घर अगाडी ल्याएर छोडेको भन्दै पडित पक्षले आरोपित…

२०७५ चैत्र २५, सोमबार २२:०४ गते  
विप्लव नेतृत्वको नेकपाका नेता कार्की पुनः गिरफ्तार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(विप्लव) का पोलिटब्युरो सदस्य मोहन कार्की (जीवन्त) जिल्ला अदालतले रिहा गर्न दिएको आदेश लगत्तै चैत्र २४ गते प्रहरीले पुनः गिरफ्तार गरेको छ । राज्य विरूद्धको अपराध कसुर मुद्दामा गत फागुन २८ गते ललितपुरबाट गिरफ्तारीमा भएका उनलाई जिल्ला अदालत काठमाडौँले रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले अदालत…

२०७५ चैत्र २५, सोमबार २२:०२ गते