जिल्ला अस्पतालमा स्वास्थ्य सेवा ठप्प हुँदा बिरामी मर्कामा

जिल्ला अस्पताल धादिङमा स्वास्थ्यकर्मीहरूले इमरजेन्सी सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्दा बिरामीहरू मर्कामा परेका छन् । गत चैत २२ गते देखि देशभरका सरकारी चिकित्सकहरूको आन्दोलनका कारण धादिङ जिल्ला अस्पतालमा पनि तीन जना डाक्टरसमेत अन्य स्वास्थ्यकर्मीहरूले इमरजेन्सी बाहेकका सम्पूर्ण सेवा बन्द गर्दा दैनिक १ सय भन्दा बढी बिरामी आउने अस्पतालकमा…

२०७५ चैत्र ३०, शनिबार २०:२७ गते  
गाउँपालिका अध्यक्षमाथि दुर्व्यवहार

तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापालाई उपकरण व्यावसायी मधु कटुवाल भनिने सिद्धिबहादुर कटुवालले कार्यकक्षमै हातपात गरेको पीडित पक्षको आरोप छ । चैत २८ गते दिउँसो साढे २ बजे कार्यकक्षमै आफूमाथि दुर्व्यवहार भएको भनी थापाले शुक्रबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएका हुन । गाउँपालिकाको वडा नं. १ को सडक निर्माण उपभोक्ता…

२०७५ चैत्र ३०, शनिबार २०:१९ गते  
विप्लव नेतृत्वको नेकपाद्वारा जग्गा कब्जा !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा बेलकोगटगढी नपा–१३ बाराहीमा जग्गा कब्जा गरेको छ । चैत २९ गते विज्ञप्ति जारी गर्दैै मानबहादुर लामाको १३ रोपनी १५ आना जग्गा कब्जा गरेको सो पार्टीले जनाएको छ । जग्गा दलालीहरूले लामाको नाममा रहेको उक्त जग्गा बैङ्कमा राख्न भन्दै ललाईफकाई गरेर किर्तिपुर बस्ने निराजन…

२०७५ चैत्र ३०, शनिबार १९:०६ गते  
डाक्टर आन्दोलनमा, बिरामी मर्कामा !

चैत २२ पछिको डाक्टरहरूको निरन्तर आन्दोलनले सरकरालाई त केही भएको छैन तर यसले प्रत्यक्ष रूपमा सर्वसाधरणले यसको मार खेप्नु परेको छ । आफ्ना माग राख्ने तरिका अस्पताल बन्द नगरी पनि गर्न सकिन्थ्यो भन्दै उपचार गर्न खोटाङबाट आएकी बिरामी विमला मग्रान्ती डाक्टरको आन्दोलनबाट विरक्तिएकी छन् । उनको गोडा भाँचिएको छ भने…

२०७५ चैत्र ३०, शनिबार १७:४२ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया छोरीलाई चार महिनादेखि निरन्तर बलात्कार गरेको आरोपमा उजुरी परी फरार रहेका ४५ वर्षीय बाबुलाई प्रहरीले नुवाकोटबाट चैत २७ गते गिरफ्तार गरेको छ । आरोपित फरार रहेकोमा नुवाकोटबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दुर्गाराज रेग्मीले बताए । पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय खैरहनीमा चैत २५ गते आरोपितविरूद्ध…

२०७५ चैत्र ३०, शनिबार १६:५८ गते  
सङ्क्रमणकालीन न्यायका काममा भएको ढिलाईप्रति द्वन्द्वपीडितको ध्यानाकर्षण

सरकारले चैत १४ गते सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग पुनर्गठनका लागि सिफारिश समिति गठन गरेपछि द्वन्द्व पीडित साझा चौतारीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सङ्क्रमणकालीन न्यायका प्रमुख सरोकारवाला पक्ष द्वन्द्वपीडित भएकाले सङ्क्रमणकालीन न्यायका समग्र प्रक्रियामा पीडितहरुको सहभागिता सुनिश्चित गरिनुपर्ने धारणा द्वन्द्व पीडित साझा…

२०७५ चैत्र ३०, शनिबार ०४:३६ गते  
घरेलु हिंसा पीडित महिलाले न्यायको पहल गरिदिन इन्सेकसमक्ष निवेदन

घरेलु हिंसामा परेर पीडित भएको भन्दै मेलम्ची नपा–३ हैवुङकी २७ वर्षीया भावना बुढाक्षेत्री (घले) ले चैत २९ गते इन्सेक जिल्ला प्रतिनिधिको कार्यालयमा न्यायको लागि पहल गरिदिन निवेदन दिएकी छन् । पीडितले दिएको निवेदनमा माइलो ससुरा सानो रामबहादुर घले र जेठाजु ज्ञानेन्द्र घलेले विभिन्न समयमा पटकपटक कामीको छोरी भन्दै गालीगलौज गरी…

२०७५ चैत्र २९, शुक्रबार २१:४६ गते  
स्वास्थ्य चौकीमा झाडापाखालाको औषधि जीवनजल समेत नहुँदा बिरामी मर्कामा

लिसंखुपाखर गाउँपालिका-७ स्थित डाँडापाखर स्वास्थ्य चौकीमा झाडापाखाला लागेको बिरामीलाई अतिआवश्यक पर्ने औषधि जीवनजल समेत नहुँदा स्वास्थ्य चौकीमा आएका बिरामीहरू मर्कामा परेका छन् । पखाला लागेपछि डाँडापाखर स्वास्थ्य चौकी आएकी लिसंखुपाखर गाउँपालिका–७ की अन्जु लामाले जीवनजल नपाएर रित्तो हात घर फर्केको बताइन् । चैत २८ गते स्वास्थ्य चौकी पुगेका लिसंखुपाखर गाउँपालिका–७…

२०७५ चैत्र २९, शुक्रबार २१:०३ गते  
विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्जसहित दुईजना गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मकवानपुर इन्चार्ज मनहरी गाउँपालिका–७ निर्मलबस्तीका वीरबहादुर घलान (ज्वाला) र उनका सहयोगी वीरबहादुर मुक्तानलाई प्रहरीले चैत २८ गते गिरफ्तार गरेको छ । हेटौँडा उपमहानगरपालिका–८ फायरलाइनमा सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका दुवैजनालाई प्रहरीले गिरफ्तार गरेको मकवानपुर जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विक्रम राणाले बताए…

२०७५ चैत्र २९, शुक्रबार १९:२० गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका–२२ बस्ने भरतपुर खानेपानी बोर्डका कार्यकारी निर्देशक ४५ वर्षीय प्रजापति दाहाललाई चैत २७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले चैत २६ गते आर्थिक लेनदेनसम्बन्धी कुरा गर्न क्वाटरमा बोलाई यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध चैत २७ गते…

२०७५ चैत्र २८, बिहीबार २२:४५ गते