मानव बेचविखन गरेको कसुरमा १० वर्षकैदकौ फैसला
२२ वर्षीया युवतीलाई बेचविखन गर्ने कार्यमा संलग्न रहेको कसुरमा सिन्धुपाल्चोक जिल्ला बराम्चीका ३५ वर्षीय अक्कलबहादुर तामाङलाई चितवन जिल्ला अदालतको भदौ १ गतेको अदेशले १० वर्षकैद र ५० हजार रुपियाँ जरिवानाको फैसला सुनाएको छ । न्यायाधीश नारायण सुवेदीको इजलासले उक्त फैसला गरेको अदालतका सूचना अधिकारी कृष्ण बरालले जानकारी दिए । युवतीलाई…
लाभग्राही परिचय पत्र वितरणमा पक्षपात गरेको भूकम्पपीडितको आरोप
तथ्याङ्क विभागले भूकम्पपीडित लाभग्राही परिचय पत्र वितरणमा लापरबाही र पक्षपात गरेका कारण वास्तविक पीडितको नाम छुटेकोले सबै पीडितको नाम समावेश नभएसम्म अनुदान सम्झौता नगर्ने भूकम्पपीडितहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दोलखाले भदौ १ गते चरिकोटमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित सहभागी भूकम्पपीडितहरूले यस्तो बताएका हुन् ।…
गङगामाया अधिकारीको जीवन रक्षाको मागगदै वीर अस्पताल अगाडि धर्ना
मानव अधिकारकर्मीहरूले न्यायको माग राखी आमरण अनसनमा बसेकी गोरखा जिल्ला फुजेल गाविस-७ की ५९ वर्षीया गङ्गामाया अधिकारीको जीवन रक्षाको माग गर्दै वीर अस्पताल अगाडि धर्ना दिएका छन् । गङ्गामाया बचाउ अभियानको आयोजनामा साउन ३२ गते दिइएको उक्त धर्नाका सहभागीहरूले तत्काल कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई अनुसन्धानको दायरामा ल्याउन र गङ्गामायाको…
द्वन्द्वकालमा मारिएका र बेपत्ता पारिएका परिवारलाई ५ लाख रुपियाँ दिने सरकारको निर्णय
सरकारले पूर्व घोषणा गरे बमोजिम द्वन्द्वकालमा मारिएका र बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको परिवारलाई ५/५ लाख रुपियाँ दिने निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । सहिद एवम् बेपत्ता योद्धा परिवारका प्रतिनिधिहरूसँग साउन ३२ गते भेट गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को साउन २० गतेको बैठकले घोषणा गरे बमोजिम सरकारले सहिद एवम्…
यूपीआरमा बालअधिकारसम्बन्धमा प्राप्त सुझावबारे छलफल गर्न कार्यशाला सुरु
बालबालिका शान्ति क्षेत्र तथा बाल संरक्षण अभियानको सहकार्यमा विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) २०१५ मा बालअधिकारसम्बन्धी प्राप्त सुझाव र बालअधिकार महासन्धिमा नेपाललाई प्राप्त निष्र्कषणात्मक टिप्पणी २०१६ सम्बन्धी दुई दिने कार्यशाला गोष्ठि साउन ३२ गतेबाट ललितपुरमा सुरू भएको छ । कार्यशालामा सहभागी बालबालिकासँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा बालबालिकाको क्षेत्रमा…
बहिर्गमित लडाकूलाई रकम नदिन माग गर्दै सर्वोच्चमा रिट दायर
तत्कालीन माओवादी सेनाका बहिर्गमित लडाकूलाई रु दुई लाखका दरले रकम उपलब्ध गराउने सरकारको निर्णय कानुनसम्मत नभएको भन्दै साउन ३१ गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । द्वन्द्वकालमा माओवादीबाट हत्या गरिएका टीकाराज आरणका छोरा रामेछाप पुरानागाउँ-५ निवासी ज्ञानेन्द्रराज आरणसहित १ सय २९ जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाई…
शैक्षिक आम हड्तालका कारण देशभरका विद्यार्थीको पढाइ प्रभावित
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आह्वान गरेको दुई दिने शैक्षिक आम हड्तालको पहिलो दिन साउन ३१ गते देशभरका विद्यार्थीको पढाइ प्रभावित भएको छ । नेपालको संविधानको मौलिक हक, अन्तर्राष्ट्रिय बाल अधिकार महासन्धिको भावना तथा विद्यालय शान्ति क्षेत्र हुन् भनी गरिएको घोषणाको मर्म विपरित विद्यालय बन्द…
गम्भीर प्रकृतिका घटनामा माफी दिन मिल्दैनः आयोग
सत्यनिरूपण तथा मेलमिलाप आयोगले गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका घटनामा माफी दिन नमिल्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ । आयोगका पदाधिकारीले साउन ३१ गते प्रधानमन्त्री दाहाललाई भेटेर हत्या, अपहरण, बलात्कार जस्ता गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका घटनामा माफी दिन नमिल्ने बताएको आयोगका अध्यक्ष सुर्यकिरण गुरूङले सञ्चारकर्मीलाई जानकारी दिएका…
रेडियो धादिङमा सरकारी पक्षबाट गरिएको आक्रमण बन्द गर्न माग
रेडियो धादिङको भवन वन क्षेत्रमा बनाएको भन्दै जिल्ला वन कार्यालयले डोजर लगाएर भत्काउन खोजेको भन्दै विभिन्न सञ्चारमाध्यमसँग सम्बन्धित संघसंस्थाहरूले साउन ३० गते विज्ञप्ति जारी गरी भत्सर्ना गरेका छन् । ती संस्थाहरूले सूचनाको हक खोस्ने नियतले त्यस्तो कार्य गरेको भन्दै तत्काल उक्त कार्य रोक्न सरकारसँग माग गरेका छन् । सामुदायिक रेडियोहरूको…
गुठी जग्गाका कारण भूकम्प पीडित अनुदान सम्झौताबाट वञ्चित
सरकारले भूकम्प पीडित आवास निर्माणका लागि अनुदान दिन सुरु गरे पनि रसुवाको हाकु गाविसमा रहेका ४ सय ५० परिवारले अनुदान सम्झौता गर्न पाएका छैनन् । हाकु गाविस वडा नं २ देखि ७ सम्मका ६ ओटै वडाका ४ सय ५० घरपरिवारले चर्चेको जमीन र घर समेत पुरानो स्वयम्भुनाथ गुठीको नाममा रहेका…