यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पर्सा जिल्ला बिरगन्ज महानगरपालिका–२२ घर भई ललितपुर महानगरपालिका–१५ हात्तीवन बस्ने ५० वर्षीय कजय बम मल्ललाई प्रहरीले ०७९ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई ललाइ फकाइ निवासमा गई पुस २९ गते यौन दुर्व्यवहार गरेको भन्दै आरोपितविरुद्ध पीडित पक्षले माघ २ गते जिल्ला प्रहरी…
बालिका बलात्कार घटनाको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कुसरमा जिल्ला अदालतले ताप्लेजुङ मिक्लाखोला गापा–२ का २६ वर्षीय टङ्क भनिने टंकप्रसाद थापालाई १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना फैसाला सुनाएको छ । जिल्ला न्यायाधीश रिताकुमारी बख्रेलको ०७९ माघ ३ गतेको इजलासले थापालाई कसुर ठहर गर्दै १० वर्ष कैद र एक लाख रुपैयाँ…
यातना पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग
सुनखानी अस्थायी प्रहरी चौकीको हिरासतमा लगेर प्रहरीले कुटपिट गरी यातना दिएर घाइते भएका सुनकोशी गाउँपालिका-४ का चार जना पीडितहरूलाई ०७९ माघ ४ गते इन्सेकले आर्थिक सहयोग गरेको छ । सुनकोशी गाउँपालिका-४ का बोल्न नसक्ने बासुदेव खड्का, सोही ठाउँका निर्मल खड्का, राजु खड्का र हरिशरण खड्कालाई ०७९ मङ्सिर १४ गते घरबाट गिरफ्तार गरी…
आगो तापेर रात कटाउँछन् चेपाङ समूदाय
चेपाङ समूदायको मात्र बसोबास भएको क्षेत्र बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ को मासखर्क पृथ्वीराजमार्गको मलेखुबाट १५ किलोमिटर दक्षिणतर्फ पर्ने भिरालो गाउँ हो जहाँ सबैका घरमा खाद्यन्नको समस्या छ । आफ्नो उत्पादनले वर्षभरी खान नपुग्ने समूदायको बसोबास भएको मासखर्कमा खाद्यन्न लगायतको अभावले घेरिएको भए पनि गाउँमा विद्यालय भने सञ्चालनमा रहेको छ । ज्याला मजदुरी पाइएको समय पेटभरी…
कर्मचारी हटाइएपछि गौरीशंकर गाउँपालिकाको आधारभुत स्वास्थ्य केन्द्रमा तालाबन्दी
दोलखाको गौरीशंकर गाउँपालिका-१ मा कार्यरत तीन जना कर्मचारीलाई सेवाबाट हटाइएपछि माघ १ गतेदेखि स्वास्थ्य केन्द्रमा तालाबन्दी गरिएको छ । गौरीशंकर गाउँपालिका-१ मा कार्यरत कार्यालय सहयोगी राधा खड्का खत्री, आधारभुत स्वास्थ्य केन्द्रकी अहेव अप्सरा बुढाथोकी र अनमी सिर्जना खड्कालाई सेवाबाट हटाइएको हो । गाउँपालिका अध्यक्ष र वडा अध्यक्षले आफूहरूलाई अन्याय र विभेदपूर्ण…
स्वास्थ्य चौकीमा औषधि तथा स्वास्थ्यकर्मी अभाव
नौकुण्ड गाउँपालिका–१ मा रहेको यार्सा स्वास्थ्य चौकीमा औषधि तथा स्वाथ्यकर्मी अभाव भएको स्थानीयले गुनासो गरेका छन् । सरकारले स्वास्थ्य संस्थामा निशुल्क औषधि उपचार गर्ने भने पनि ज्वरो आउने, जीउ दुख्ने जस्तो समस्यामा औषधि नभएको भन्दै औषधि किनेर ल्याउन भनेको यार्साका बुधराम तामाङले बताउनुभयो । औषधि पनि छैन कर्मचारी पनि समयमा आउँदैनन्…
आमा नभएपछि पढ्नमा भन्दा नाना र खानाको चिन्ता
गल्छी गाउँपालिका-५ छहराकी ८ वर्षीया सुनिता रमतेल कालिका आधारभुत विद्यालय कुलभञ्ज्याङमा कक्षा २ मा अध्यायन गर्नुहुन्छ । आफ्नो बुवा को हो थाहा नभएको बताउने सुनिता रमतेललाई आमाले छाडेर हिँडेपछि समस्या नै समस्याले घेरिनु भएको छ । अहिले मामाघरमा हजुरबुवाको सहारामा बस्नु भएकी सुनितालाई आफ्नो बुवा आमा नै नभएपछि आफूले भोगेको…
खानीखोलामा स्वास्थकर्मी नहुँदा सेवाग्राही समस्यामा
खानिखोला गापा–२ फलामेटार स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा समस्या भोग्नु परेको सेवाग्रहीहरूले गुनासो गरेका छन् । स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा रुघाखोकी, ज्वरो र गर्भवती महिलाहरूले नियमित स्वास्थ्य परीक्षणमा समस्या भएको स्थानीय रविन्द्र तामाङले बताउनुभयो । तामाङका अनुसार स्वास्थ्य चौकीका प्रमुख रामरतन यादव र हेल्थ असिस्टेन्ट नवमुना खड्का मङ्सिरदेखि स्वास्थ्य चौकीमा उपस्थित नहुँदा सेवाग्राही समस्यामा…
द्वन्द्व पीडित परिवारले अझै न्याय पाएनन्
सशस्त्र द्वन्द्वका बेला हत्या भएको नमोबुद्ध नगरपालिका–७ का ४८ वर्षीय अर्जुनबहादुर लामाका पत्नी पूर्णिमाया लामाले हत्या भएको १८ वर्ष भईसक्दा पनि न्याय नपाएको गुनासो गरेकी छन् । निर्वाचनपछि नयाँ सरकार आए पनि आफूले न्याय नपाएको लामाले बताइन् । लामाको अपहरणसँगै मान्छेको ज्यान ठूलो हो की पैसा ठूलो भन्दै पटक–पटक गरी छोरीहरूको…
शंखरापुरमा स्थानीय र प्रहरीबीच झडप हुँदा ६ जना घाइते, दुई जना गिरफ्तार
काठमाडौँको शंखरापुर नगरपालिका–३ बोझेनीमा नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको सबस्टेशनको काम रोक्नुपर्ने माग गर्दै आन्दोलित स्थानीय र प्रहरीबीच ०७९ पुस २८ गते झडप हुँदा ६ जना घाइते भएका छन् । प्रहरीसँगको झडपमा परी घाइते हुनेहरूमा शंखरापुर नगरपालिका–३ की ६५ वर्षीया आईती तामाङ, ३३ वर्षीया मनमाया वाईवा तामाङ, २८ वर्षीया विजय तामाङ, ३१ वर्षीया माया तामाङ, ४५…