बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-४ का ३८ वर्षीय गणेशबहादुर थापालाई प्रहरीले ०७९ माघ ९ गते नवलपुर बजारबाट गिरफ्तार गरेको छ । पीडितलाई स्थानीय जङ्गलको बाटोमुनी लगि पुस २५ गते बलात्कार गरेको पीडितपक्षको आरोप छ । पीडितको तर्फबाट पीडितकी आमाले पुस २६ गते इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका…
रामेछाप कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी
रामेछाप कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी रहेका छन् । ‘घ’ श्रेणीको कारागारको क्षमता २ सय २० जनाको छ । तर कारागारमा त्यसको डेढ गुना बढी अर्थात् ३ सय १७ जना कैदी बन्दी राखिएको छ । कारागारमा महिला कैदी बन्दी क्षमता अनुसार नै रहेका भए पनि पुरुष भने क्षमता भन्दा…
गाउँपालिकाका वडाअध्यक्ष माथि कुटपिट
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष ३३ वर्षीय हरि बिकमाथि ०७९ माघ ८ गते कुटपिट भएको छ । बागमती प्रदेश सरकारबाट त्रिपुरासुन्दरी गाउँपालिका वडा न. ५ र ६ को पिपलडाँडामा सिकटार बिर्ता सुनपोखरी सडक निर्माणको नाममा बिनियोजित रकम उपभोक्ता समिति मार्फत खर्च गर्न समिति गठन गर्ने क्रममा विवाद सिर्जना भएपछि कुटपिट भएको…
बलात्कार घटनाको कसुरमा १० वर्ष कैद सजायको फैसला
३८ वर्षीया महिलालाई बलात्कार गरेको कुसरमा जिल्ला अदालतले पाँचखाल नपा–१३ का २५ वर्षीय दिपक रोक्कालाई १० वर्ष कैद, २ लाख जरिवाना र २ लाख ३० हजार रुपैयाँको क्षतिपूर्ति सहितको फैसाला सुनाएको छ । जिल्ला न्यायाधीश मोहनराज भट्टराईको ०७९ माघ ५ गतेको इजलासले रोक्कालाई कसुर ठहर गर्दै १० वर्ष कैद, २…
समस्या पहिचानतथा सिफारिस संयन्त्रसम्बन्धी महिला र बालबालिकालाई तालिम सम्पन्न
मनहरी गाउँपालिका वडा नं. १ र ३ मा समस्या पहिचानतथा सिफारिस संयन्त्रसम्बन्धी महिला र बालबालिकालाई तालिम सम्पन्न सम्पन्न भएको छ । अधिकार तथा आर्थिक विकास मार्फत महिला सशक्तिकरण कार्यक्रम (रिन्यु परियोजना) सञ्चालन भइरहेको मनहरी गाउँपालिकामा माघ ४ र ५ गते भएको तालिममा महिला, मोटिभेटर तथा बाल समूहका पदाथिकारी तथा महिला…
महिला हिंसासम्बन्धी सिफारिस प्रकृया बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नं. ४ र हेटौँडा उपमहानगरपालिका-१९ मा महिला हिंसा सम्बन्धी सिफारिस प्रकृया बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडा नं. ४ मा माघ ३ गते र हेटौँडा उपमहानगरपालिका-१९ मा माघ ६ गते भएको कार्यक्रममा विभिन्न महिला समूहका मोटिभेटर, समूह…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पर्सा जिल्ला बिरगन्ज महानगरपालिका–२२ घर भई ललितपुर महानगरपालिका–१५ हात्तीवन बस्ने ५० वर्षीय कजय बम मल्ललाई प्रहरीले ०७९ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई ललाइ फकाइ निवासमा गई पुस २९ गते यौन दुर्व्यवहार गरेको भन्दै आरोपितविरुद्ध पीडित पक्षले माघ २ गते जिल्ला प्रहरी…
बालिका बलात्कार घटनाको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कुसरमा जिल्ला अदालतले ताप्लेजुङ मिक्लाखोला गापा–२ का २६ वर्षीय टङ्क भनिने टंकप्रसाद थापालाई १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना फैसाला सुनाएको छ । जिल्ला न्यायाधीश रिताकुमारी बख्रेलको ०७९ माघ ३ गतेको इजलासले थापालाई कसुर ठहर गर्दै १० वर्ष कैद र एक लाख रुपैयाँ…
यातना पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग
सुनखानी अस्थायी प्रहरी चौकीको हिरासतमा लगेर प्रहरीले कुटपिट गरी यातना दिएर घाइते भएका सुनकोशी गाउँपालिका-४ का चार जना पीडितहरूलाई ०७९ माघ ४ गते इन्सेकले आर्थिक सहयोग गरेको छ । सुनकोशी गाउँपालिका-४ का बोल्न नसक्ने बासुदेव खड्का, सोही ठाउँका निर्मल खड्का, राजु खड्का र हरिशरण खड्कालाई ०७९ मङ्सिर १४ गते घरबाट गिरफ्तार गरी…
आगो तापेर रात कटाउँछन् चेपाङ समूदाय
चेपाङ समूदायको मात्र बसोबास भएको क्षेत्र बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ को मासखर्क पृथ्वीराजमार्गको मलेखुबाट १५ किलोमिटर दक्षिणतर्फ पर्ने भिरालो गाउँ हो जहाँ सबैका घरमा खाद्यन्नको समस्या छ । आफ्नो उत्पादनले वर्षभरी खान नपुग्ने समूदायको बसोबास भएको मासखर्कमा खाद्यन्न लगायतको अभावले घेरिएको भए पनि गाउँमा विद्यालय भने सञ्चालनमा रहेको छ । ज्याला मजदुरी पाइएको समय पेटभरी…