सिन्धुली कारागारमा मानव अधिकार आयोग र इन्सेकद्वारा अनुगमन

सिन्धुलीको कमलामाई नगरपालिका-५ ऐसेलुजङ्घारमा रहेको सिन्धुली कारागारको राष्ट्रिय मानव अधिकार आयोग र इन्सेक बागमती प्रदेश कार्यालयबाट आएको टोलीले ०८० जेठ ४ गते अनुगमन गरेको छ । कारागारको अवस्थाबारे अनुगमन गर्न आएको टोलीलाई स्थानीयले कारागारको फोहोर व्यवस्थापन नहुँदा वातावरण प्रदुषण भएको गुनासो गरे । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश प्रमुख…

२०८० जेष्ठ ५, शुक्रबार १५:४२ गते  
मानव अधिकार राष्ट्रिय कार्ययोजना जिल्ला समन्वय समिति गठन

जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाको संयोजकत्वमा ३० सदस्य सहित जिल्ला स्तरीय मानव अधिकार राष्ट्रिय कार्ययोजना ०८० जेठ ४ गते जिल्ला समन्वय समिति गठन गरिएको छ । जिल्ला समन्वय समिति सिन्धुलीको आयोजना, अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौँडा, राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौँडाको…

२०८० जेष्ठ ५, शुक्रबार १४:४३ गते  
जिल्लामा स्तनपान कक्ष बन्दले सेवाग्राहिलाई समस्या

जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको स्तनपान कक्षमा महिनौदेखि प्रशासनले बन्द गरेको कारण सेवाग्राहिलाई समस्या परेको छ । झन्डै एक वर्षदेखि स्तनपान कक्षामा प्रशासनले ताला लगाउँदै आएको छ । कार्यालय भवनको प्रवेश गर्ने पहिलो कोठामै स्थापना गरेको स्तनपान कक्ष केही महिना अघि कर्यालय पछाडिको भवनमा सरेको थियो । लामो समयदेखि कार्यालय…

२०८० जेष्ठ १, सोमबार ०२:५९ गते  
न्यायका लागि पहल गरिदिन इन्सेकलाई आग्रह

दुधौली नगरपालिका-४ डकाहा बजारकी २८ वर्षीया कल्पना सदा न्यायका लागि अदालत धाएको ६ वर्ष भइसक्यो तर न्याय पाउन सक्नु भएको छैन् । पति दीलिप महत्तोसँग अङ्श माग गर्दै जिल्ला अदालतमा ०७३ चैत ६ गते मुद्दा दर्ता गराउनु भएको थियो । पतिले लालन पालनमा वेवास्था गरेपछि छोराको पालन पोषण, शिक्षासँगै आफूलाई…

२०८० बैशाख २७, बुधबार १४:४६ गते  
बलात्कार गरेको कसुरमा १४ वर्ष कैद सजाय फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सिन्धुली जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले गोलञ्जोर गाउँपालिका-७ बस्ने ३६ वर्षीय बिदुर प्रसाद देवकोटालाई ०७९ चैत १९ गते १४ वर्ष कैद सजाय हुने फैसला गरेको छ । जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलाशले देवकोटालाई १४ वर्ष कैद सजायका र ५० हजार रुपैयाँ क्षतिपुर्ति भराउने फैसला…

२०७९ चैत्र २०, सोमबार १०:२९ गते  
हिंसा पीडितको न्याय माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सिन्धुलीमा क्रियाशील महिला अधिकार तथा मानव अधिकारकर्मीहरूले ०७९ चैत ९ गते महिला तथा बालिकामाथि यौनजन्य, शारीरिक, मानसिक हिंसाहरू बढ्दै गएको र पीडितले न्याय र सुरक्षा पाउन नसकेको भन्दै त्यसको प्रभावकारीताका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष ज्ञापन पत्र बुझाएका…

२०७९ चैत्र ९, बिहीबार १९:३५ गते  
आत्महत्या दुरुत्साहन घटनाको आरोपितविरुद्ध प्रहरीमा उजुरी

महोत्तरी जिल्ला बर्दिबास नगरपालिका-८ हातिलेट घर भई कमलामाई नगरपालिका-४ फाटमा बस्दै आएकी २४ वर्षीया जमुना गोलेले सोही ठाउँमा बस्ने पति सञ्जिव श्रेष्ठको कुटाई सहन नसकेर आत्महत्या गरेको आरोपमा श्रेष्ठविरुद्ध ०७९ फागुन २९ गते प्रहरीमा उजुरी परेको छ । श्रेष्ठको कुटाई सहन नसकेर गर्भवती जमुनाले फागुन २८ गते आत्महत्या गर्नु परेको…

२०७९ चैत्र १, बुधबार ०६:२७ गते  
इन्सेकको पहलमा सेफ हाउसलाई सामग्री हस्तान्तरण

कमलामाई नगरपालिका-७ मा रहेको सुरक्षित आवास गृह (सेफ हाउस) लाई गैरसरकारी संस्था महासङ्घ सिन्धुलीले ०७९ फागुन २५ गते आवश्यक सामाग्री हस्तान्तरण गरेको छ । गैरसरकारी संस्था महासङ्घ सिन्धुलीका अध्यक्ष खेटराज अधिकारीको अध्यक्षतामा भएको वितरण कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्की र प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले सेफ हाउसका…

२०७९ फाल्गुन २६, शुक्रबार १०:१७ गते  
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित

सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा लिन पुगेका बिरामीहरू सेवा नलिई फर्कने गरेका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट उमेश प्रधानका अनुसार भिडियो एक्सरे गर्ने डाक्टरको अन्यत्र…

२०७९ माघ २५, बुधबार १२:२३ गते  
डाक्टरको लापर्बाहीले अस्पतालमा सुत्केरीकको मृत्यु भएको आफन्तको आरोप

मरिण गाउँपालिका-४ वाक्सिङटारकी २७ वर्षीया सीता तामाङको उपचारको क्रममा सिन्धुली अस्पतालका डाक्टरको लापर्बाहीले ०७९ माघ १८ गते मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तहरूले माघ १८ गते  अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन् । सीतालाई सुत्केरी व्यथा लागेपछि पति लवाङ दोर्जे थिङले माघ १७ गते राती प्राथमिक स्वास्थ्य चौकी कपिलाकोट लगेकोमा…

२०७९ माघ १९, बिहीबार १०:२७ गते