इन्सेकको पहलमा सेफ हाउसलाई सामग्री हस्तान्तरण
कमलामाई नगरपालिका-७ मा रहेको सुरक्षित आवास गृह (सेफ हाउस) लाई गैरसरकारी संस्था महासङ्घ सिन्धुलीले ०७९ फागुन २५ गते आवश्यक सामाग्री हस्तान्तरण गरेको छ । गैरसरकारी संस्था महासङ्घ सिन्धुलीका अध्यक्ष खेटराज अधिकारीको अध्यक्षतामा भएको वितरण कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्की र प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले सेफ हाउसका…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा लिन पुगेका बिरामीहरू सेवा नलिई फर्कने गरेका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट उमेश प्रधानका अनुसार भिडियो एक्सरे गर्ने डाक्टरको अन्यत्र…
डाक्टरको लापर्बाहीले अस्पतालमा सुत्केरीकको मृत्यु भएको आफन्तको आरोप
मरिण गाउँपालिका-४ वाक्सिङटारकी २७ वर्षीया सीता तामाङको उपचारको क्रममा सिन्धुली अस्पतालका डाक्टरको लापर्बाहीले ०७९ माघ १८ गते मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तहरूले माघ १८ गते अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन् । सीतालाई सुत्केरी व्यथा लागेपछि पति लवाङ दोर्जे थिङले माघ १७ गते राती प्राथमिक स्वास्थ्य चौकी कपिलाकोट लगेकोमा…
बलात्कार घटनाका फरार आरोपित गिरफ्तार
२० वर्षीया महिलालाई बलात्कार गरेको घटनाका फरार आरोपित गोलान्जोर गाउँपालिका-६ नाकाजोलीका २८ वर्षीय छबिन्द्रबहादुर मगरलाई ०७९ पुस २५ गते प्रहरीले गिरफ्तार गरेको छ । फरार रहेका आरोपितलाई कमलामाई नगरपालिका-४ मा रहेको गणपति होटलबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी हरिकृष्ण केसीले जानकारी दिनुभयो । आरोपितलाई गिरफ्तार गर्न जिल्ला अदालत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षिया महिलालाई ०७९ पुस १८ गते बलात्कार गरेको आरोपमा दुधौली नपा-१३ का ४५ वर्षीय तेजबहादुर सुनुवारलाई प्रहरीले पुस २१ गते गिरफ्तार गरेको छ । पीडित पक्षले पुस २० गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उजुरी दिएको डिएसपी हरिकृष्ण केसीले जानकारी दिनुभयो । घटनाका आरोपीतलाई गिरफ्तार गरी अनुसन्धान सुरू गरिएको केसीले…
नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ९ गते सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नबिनबाबु अधिकारीले ०७८ पुस १७ गतेदेखि ०७९ मङ्सिर २९ गतेसम्म सङ्कलन गरिएका ७७ ओटा घटनाहरू प्रस्तुत गर्नु भएको छ ।…
शिक्षकविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा दर्ता
सुनकोसी गाउँपालिका–६ अमारे निवासी ११ वर्षीया गोमा बि.क.ले कात्तिक २१ गते आत्मत्या गरेको घटनामा सुनकोसी गाउँपालिका–६ अमारेस्थित श्री ग्रामकाली माध्यमिक विद्यालयमा सामाजिक विषय पढाउने शिक्षक सुनकोसी गाउँपालिका – ५ निवासी ४० वर्षीय मिलन दाहालविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ । ्गोमाका बाबु ३५ वर्षीय तुलाबहादुर वि.क.ले ०७९ कात्तिक २३…
बालबालिकालाई बालश्रममा लगाउने घटनाका आरोपित गिरफ्तार
बालबालिकालाई बालश्रममा लगाउने जिल्ला बाहिर लैजाँदै गरेको अवस्थामा दुई जनालाई प्रहरीले कात्तिक १५ गते दिउँसो गिरफ्तार गरेको छ । विपि राजमार्ग हँदै बालश्रमका लागि भक्तपुर तर्फ लैजादै गरेको अवस्थामा पाँच जना बालिका र ६ बालकको उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिकृष्ण केसीले बताउनु भयो । बालश्रमका लागि बालबालिकालाई जिल्ला…
मुआब्जा वितरणमा विभेद, सर्वोच्चको परामादेश समेत कार्यान्वयन भएन
खिम्ति ढल्केवर विद्युत प्रसारण लाईनले नागरिकको मात्र नभएर सर्वोच्च अदातलको आदेश कार्यान्वय गर्न समेत अटेर गरी मुअब्जा वितरणमा विभेद गरेको छ । सर्वोच्च अदालतको ०७४ माघ १५ गतेको उत्प्रेसण परामादेशलाई आयोजनाले कार्यान्वयन गर्न अटेर गरेका कारण पीडितले मुआब्जा पाउन सकेका छैनन् । आयोजनाले एउटै जिल्ला भित्रका नागरिकलाई मुआब्जा वितरणमा विभेद…
विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शिक्षकमाथि कारबाहीको माग गर्दै उजुरी दर्ता
विद्यार्थीलाई कुटपिट गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा ०७९ भदौ २५ गते उजुरी दर्ता भएको छ । कमलामाई नगरपालिका–४ दोभानटारमा रहेको विद्याश्रम अङ्ग्रेजी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय छोरालाई कुटपिट गरी घाइते बनाएको आरोपमा पीडितकी आमा निर्मला लामाले सोही विद्यालयका शिक्षक असोक लामिछानेलेविरुद्ध जिल्ला प्रहरी…