बालकको मृत्युपछि प्राथमिक स्वास्थ्य चौकी तोडफोड

दुधौली नगरपालिका-१ का दुई जना बालकको मृत्युको विषयलाई लिएर प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा तोडफोड भएको छ । सर्पले डसेका बालकको ०८० जेठ १६ गते बिहान ४ बजे उपचारका लागि लगिएकोमा प्राथामिक उपचार नगरि रिफर गरिदिँदा बालकको मृत्यु भएको भन्दै आक्रोशित भिडले सोही दिन साँझ ६ बजे स्वास्थ्य चौकी तोडफोड गरेको…

May 31, 2023  
सिन्धुली अस्पतालमा प्रदर्शनकारी र प्रहरीबीच झडप

कमलामाई नगरपालिका-५ सिलामेकी २५ वर्षीया गङ्गा गुरुङ श्रेष्ठको सिन्धुली अस्पतालमा मृत्यु भएको विषयलाई लिएर ०८० जेठ १० गते प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ६ जना प्रहरी घाइते भएका छन् । आक्रोशित भिडले सिन्धुली अस्पताल तोडफोड गर्न खोजेपछि रोक्ने क्रममा प्रहरीलाई ढुङ्गा हानेका थिए । आक्रोशित भिडको ढुङ्गा प्रहारबाट ६ जना…

May 25, 2023  
गर्भवती महिलाको मृत्युपछि सिन्धुली अस्पताल तोडफोडः अस्पतालको सेवा प्रभावित

कमलामाई नगरपालिका-५ सिलामेकी २५ वर्षीया गङ्गा गुरुङ श्रेष्ठको ०८० जेठ ९ गते सिन्धुली अस्पतालमा मृत्यु भएको विषयलाई लिएर आक्रोशित समूहले अस्पताल तोडफोड गरेको छ । गङ्गाको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि अस्पतालले दिउँसो ३ बजे रिफर गरेको थियो । गर्भवतीलाई उपचारका लागि परिवारले बर्दिवासमा रहेको साई मल्टिस्पेशियालिटी हस्पिटल एण्ड ट्रमा…

May 24, 2023  
सिन्धुली कारागारमा मानव अधिकार आयोग र इन्सेकद्वारा अनुगमन

सिन्धुलीको कमलामाई नगरपालिका-५ ऐसेलुजङ्घारमा रहेको सिन्धुली कारागारको राष्ट्रिय मानव अधिकार आयोग र इन्सेक बागमती प्रदेश कार्यालयबाट आएको टोलीले ०८० जेठ ४ गते अनुगमन गरेको छ । कारागारको अवस्थाबारे अनुगमन गर्न आएको टोलीलाई स्थानीयले कारागारको फोहोर व्यवस्थापन नहुँदा वातावरण प्रदुषण भएको गुनासो गरे । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश प्रमुख…

May 19, 2023  
मानव अधिकार राष्ट्रिय कार्ययोजना जिल्ला समन्वय समिति गठन

जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाको संयोजकत्वमा ३० सदस्य सहित जिल्ला स्तरीय मानव अधिकार राष्ट्रिय कार्ययोजना ०८० जेठ ४ गते जिल्ला समन्वय समिति गठन गरिएको छ । जिल्ला समन्वय समिति सिन्धुलीको आयोजना, अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौँडा, राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौँडाको…

May 19, 2023  
जिल्लामा स्तनपान कक्ष बन्दले सेवाग्राहिलाई समस्या

जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको स्तनपान कक्षमा महिनौदेखि प्रशासनले बन्द गरेको कारण सेवाग्राहिलाई समस्या परेको छ । झन्डै एक वर्षदेखि स्तनपान कक्षामा प्रशासनले ताला लगाउँदै आएको छ । कार्यालय भवनको प्रवेश गर्ने पहिलो कोठामै स्थापना गरेको स्तनपान कक्ष केही महिना अघि कर्यालय पछाडिको भवनमा सरेको थियो । लामो समयदेखि कार्यालय…

May 15, 2023  
न्यायका लागि पहल गरिदिन इन्सेकलाई आग्रह

दुधौली नगरपालिका-४ डकाहा बजारकी २८ वर्षीया कल्पना सदा न्यायका लागि अदालत धाएको ६ वर्ष भइसक्यो तर न्याय पाउन सक्नु भएको छैन् । पति दीलिप महत्तोसँग अङ्श माग गर्दै जिल्ला अदालतमा ०७३ चैत ६ गते मुद्दा दर्ता गराउनु भएको थियो । पतिले लालन पालनमा वेवास्था गरेपछि छोराको पालन पोषण, शिक्षासँगै आफूलाई…

May 10, 2023  
बलात्कार गरेको कसुरमा १४ वर्ष कैद सजाय फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सिन्धुली जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले गोलञ्जोर गाउँपालिका-७ बस्ने ३६ वर्षीय बिदुर प्रसाद देवकोटालाई ०७९ चैत १९ गते १४ वर्ष कैद सजाय हुने फैसला गरेको छ । जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलाशले देवकोटालाई १४ वर्ष कैद सजायका र ५० हजार रुपैयाँ क्षतिपुर्ति भराउने फैसला…

April 3, 2023  
हिंसा पीडितको न्याय माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सिन्धुलीमा क्रियाशील महिला अधिकार तथा मानव अधिकारकर्मीहरूले ०७९ चैत ९ गते महिला तथा बालिकामाथि यौनजन्य, शारीरिक, मानसिक हिंसाहरू बढ्दै गएको र पीडितले न्याय र सुरक्षा पाउन नसकेको भन्दै त्यसको प्रभावकारीताका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष ज्ञापन पत्र बुझाएका…

March 23, 2023  
आत्महत्या दुरुत्साहन घटनाको आरोपितविरुद्ध प्रहरीमा उजुरी

महोत्तरी जिल्ला बर्दिबास नगरपालिका-८ हातिलेट घर भई कमलामाई नगरपालिका-४ फाटमा बस्दै आएकी २४ वर्षीया जमुना गोलेले सोही ठाउँमा बस्ने पति सञ्जिव श्रेष्ठको कुटाई सहन नसकेर आत्महत्या गरेको आरोपमा श्रेष्ठविरुद्ध ०७९ फागुन २९ गते प्रहरीमा उजुरी परेको छ । श्रेष्ठको कुटाई सहन नसकेर गर्भवती जमुनाले फागुन २८ गते आत्महत्या गर्नु परेको…

March 15, 2023