महिलाहरूको आधारभूत मानव अधिकार हनन् भएका छन्ः प्रजिअ

राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा रिलेक नेपाल सिन्धुलीको संयोजनमा सिन्धुलीमाढीमा दुई दिने आधारभूत मानव अधिकारसम्बन्धी तालिम सुरु भएको छ । [caption id="attachment_1755" align="alignleft" width="640"] U[/caption] कात्तिक २२ गतेदेखि सुरु भएको तालिमको उद्घाटन गर्दै सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले पुरुषहरूको तुलनामा महिलाहरूको आधारभूत मानव अधिकार हनन् भएको बताए ।…

२०७३ कार्तिक २२, सोमबार ०८:२८ गते  
चोरी आरोपमा दुई बालकलाई प्रहरीद्वारा कुटपिट गरेको आरोप

डाँडीगुरासे-१ जखनीका १२ वर्षीय बलराम कार्की र १३ वर्षीय अमिष नेपालीलाई चप्पल चोरेको आरोपमा प्रहरीले कुटपिट गरी घाइते बनाएको पीडितहरूले आरोप लगाएका छन् । प्रहरीको कुटाइबाट ती बालक घाइते भएपछि बलरामका बावु नारायणबहादुर कार्कीले न्याय माग्दै जिल्ला प्रहरी कार्यालयमा ०७३ भदौ ९ गते उजुरी दिएका छन् । प्रहरीको कुटाइबाट दुई…

२०७३ भाद्र १०, शुक्रबार १५:५९ गते  
सिन्धुली अस्पतालका डाक्टरहरू आन्दोलनमा उत्रिएपछि सेवा प्रभावित

जिल्ला अस्पताल सिन्धुलीका डाक्टरहरू आन्दोलनमा उत्रिएपछि जिल्ला अस्पतालको सेवा प्रभावित बनेको छ । दैनिक २ सयको हाराहारीमा बिरामी आउने यो अस्पतालका डाक्टरहरू दुर्गम भत्ता पाउनुपर्ने, ल्याव र एक्सरेबाट आएको रकमको २५ प्रतिशत रकमबाट आउने कमिशन पाउनुपर्ने लगायतका माग राखी आन्दोलनमा उत्रिएका हुन् । जिल्ला अस्पतालमा कार्यरत सात जना मेडिकल अधिकृतहरू…

२०७३ भाद्र १०, शुक्रबार १५:५६ गते  
भूकम्पमका कारण ज्यान गुमाएका मृतकका परिवारले अझै राहत पाउन नसकेको गुनासो

गत वर्षवैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पमा परेर ज्यान गुमाएका परिवारले अझै राहत पाउन नसकेको एक कार्यक्रममा पीडितले गुनासो गरेका छन् । इन्सेक सिन्धुली र मानव अधिकार सञ्जाल सिन्धुलीले भदौ ६ गते सिन्धुलीमाढीमा आयोजना गरेको भूकम्पपीडितको राहत तथा पुनःनिर्माणको सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा पीडितहरूले यस्तो गुनासो गरेका…

२०७३ भाद्र ७, मंगलवार ०५:४९ गते  
विद्यालयमा लगाइएको ताला ४६ महिनापछि खुल्यो

शिक्षक र अभिभावक बीचको विवादका कारण तालाबन्दी गरिएको कमलामाई नपा-४ जरायोटारमा रहेको मनकामना प्रावि ४६ महिनापछि साउन २४ गते खुलेको छ । तालाबन्दी खुलेपछि अहिले कक्षा कोठाभित्र पठनपाठन सुरु भएको छ । विद्यालयका प्रधानाध्यापक बिनु खड्का र तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष अक्कलबहादुर रानाको मिलेमतोमा आर्थिक अनियमितता भएको, पढाइमा गुणस्तरता दिन…

२०७३ श्रावण २६, बुधबार ११:१२ गते