पहिरोले स्वास्थ्यचौकीमा क्षति

फिक्कल गाउँपालिका-२ सुम्नमामपोखरी स्वास्थ्यचौकीमा साउन २६ गते राति परेको वर्षातका कारण आएको पहिरोले क्षति पुर्‍याएको छ । स्वास्थ्यचौकी नजिकै रहेको सडक भत्किएर स्वास्थ्यचौकीको भवनमाथि खस्दा स्वास्थ्यचौकीमा क्षति पुगेको हो । पहिरोले सडकमा विच्छ्याइएको ग्राभेल तथा सडकको माटो स्वास्थ्यचौकीको छानामा पर्नुका साथै भवन चर्किएको वडा अध्यक्ष शङ्करबहादुर भण्डारीले जानकारी दिनु भयो…

२०८१ श्रावण २७, आईतवार १८:०० गते  
अज्ञात पक्षद्वारा विद्यालयमा तोडफोड

फिक्कल गाउँपालिका–२ मा रहेको श्री माध्यमिक विद्यालय चण्डिभञ्ज्याङ सुम्नाम्सुन्तलेमा साउन २३ गते राति अज्ञात पक्षद्वारा तोडफोड गरी विद्यालयका सामान चोरी भएको छ । विद्यालयमा राति आएका अज्ञात पक्षले विद्यालय तोडफोड र चोरी गरेको विद्यालयका प्रधानाध्यापक टेकबहादुर थापाले बताउनु भयो । विद्यालयमा तोडफोड गरी सामग्री समेत चोरी भएको जानकारी साउन २४…

२०८१ श्रावण २५, शुक्रबार १०:२४ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

५६ वर्षीया मानसिक रोगी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामेछापको खाडादेवी गाउँपालिका–४ का २७ वर्षीय गोल्ठे भन्ने भुवन नेपालीलाई ०८१ साउन ७ गते प्रहरीले  गिरफ्तार गरेको छ । पीडित महिलालाई ०८१ साउन २ गते सुनकोसी गाउँपालिका–६ चैनपुर स्थित सुनकोसी नदी किनारमा बलात्कार गरेको आरोपमा पीडित पीडित पक्षले ०८१ साउन ५…

२०८१ श्रावण ८, मंगलवार ०९:४२ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनामाथि असार ३१ गते समीक्षा गरिएको छ । जिल्लामा सन् २०२४ को ६ महिनाको (०८० पुस १६ गते देखी ०८१ असार १६ गते) अवधिमा ६७ ओटा मानव अधिकारसँग सम्बन्धित घटना अभिलेख गरेको इन्सेकले जनाएको…

२०८१ असार ३१, सोमबार १६:५७ गते  
हत्या घटनाका आरोपित गिरफ्तार

घ्याङलेख गाउँपालिका–२ चालिसेबगरका ३० वर्षीय टीकाबहादुर बुढाथोकीको  हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले ०८१ असार ३१ गते गिरफ्तार गरेको छ । सापटी पैसा माग्न जाँदा असार ३० गते विवाद हुँदा आरोपितहरूलेले ०८१ असार ३० गते कुटपिट गरी दाउराले हानेर हत्या गरेको भन्दै पीडित पक्षले असार ३० गते जिल्ला प्रहरी कार्यालयमा…

२०८१ असार ३१, सोमबार ०९:४५ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कमलामाई नगरपालिका ६ का १९ वर्षीय उज्वल तामाङलाई ०८१ असार ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई ललाइ फकाइ प्रलोभनमा पारी ०८१ असार ४ गते बलात्कार गरेको भन्दै आरोपित विरुद्ध पीडित परिवारले ०८१ असार ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो…

२०८१ असार ८, शनिबार ०९:५० गते  
बजेट अभावका कारण ओसिएमसी व्यवस्थापनमा समस्या

सिन्धुली अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) बजेट अभावका कारण व्यवस्थापनमा समस्या भएको छ । ओसिएमसीलाई युएनएफपीएले अपनत्व लिन छाडेपछि आर्थिक संकट परेको हो । जसका कारण सेवाग्राहीलाई सेवा प्रदान गर्न समस्या भएको छ । ओसिएमसीका घटना व्यवस्थापक सुनिता शर्माले हिंसा पीडितलाई आवश्यक औषधि यातायातको व्यवस्थापन गर्नसमेत समस्या भएको…

२०८१ जेष्ठ ३२, शुक्रबार १०:१२ गते  
दुधौली नगरपालिकामा मानव अधिकार अभिमुखीकरण कार्यक्रम सम्पन्न

दुधौली नगरपालिकामा मानव अधिकार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । दुधौली नगरपालिकाको आयोजना र स्वाधीन खबर पत्रिकाको समन्वय तथा इन्सेकको सहकार्यमा जेठ २२ गते कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारीले मानव अधिकार नागरिकले प्राप्त गर्नुपर्ने अधिकार भएको बताउँदै सामाजिक न्यायको क्षेत्रमा सुशासन र विकासको बारेमा…

२०८१ जेष्ठ २३, बुधबार ०४:३५ गते  
मरिण गाउँपालिकामा मानव अधिकार अभिमुखीकरण कार्यक्रम सम्पन्न

मरिण गाउँपालिकामा मानव अधिकार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मरिण गाउँपालिकाको आयोजना, स्वाधीन खबर पत्रिकाको समन्वय र इन्सेकको सहकार्यमा जेठ २१ गते अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा इन्सेकका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक समेत रहनुभएका डा. कुन्दन अर्यालले सुशासन र मानव अधिकारको विषयमा सहजीकरण गर्नुभएको थियो ।…

२०८१ जेष्ठ २२, मंगलवार २०:०३ गते  
स्थानीय तह र मानव अधिकार अभिमुखीकरण कार्यक्रम सम्पन्न

कमलामाई नगरपालिकाको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र  (इन्सेक) र स्वाधीन पत्रिकाको सहकार्यमा जेठ २० गते कमलामाई नगरपालिकामा स्थानीय तह र मानव अधिकार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि कार्साङ लामाले जिल्लाका सबै स्थानीय तहमा मानव अधिकार कार्ययोजना अनुगमन संयन्त्र गठन गरी मानव…

२०८१ जेष्ठ २१, सोमबार १३:३७ गते