लालपुर्जा नभएका कारण अनुदान सम्झौताबाट वञ्चित 

अत्तरपुर गाविस-८ का १ सय ३७ भूकम्पपीडित घर परिवार लालपुर्जा नहुँदा अवास पुनर्निर्माण अनुदान सम्झौताबाट वञ्चित भएका छन् । ०४२ सालमा नापीका लागि सरकारी टोली गाउँ पुग्दा प्रधानपञ्च र कम्युनिष्टहरू बीच झडप भएपछि सो ठाउँको जग्गा नापी नक्सा हुन नसकेको स्थानीयको भनाइ छ । लालपुर्जा नहुनेसँग अनुदान सम्झौता नगर्नु भन्ने…

२०७३ भाद्र २७, सोमबार ०६:४२ गते  
बुहारीको हत्या गरेको आरोपमा ससुरा गिरफ्तार 

चौतारा नपा-२ गिदानेकी १९ वर्षीया सरिता मगरको हत्या गरेर जङ्गलमा लगेर झुण्ड्याएको आरोपमा ५२ वर्षीय ससुरा तेजबहादुर थापामगरलाई प्रहरीले भदौ २२ गते गिरफ्तार गरेको छ । मृतकका माइती पक्षले ०७३ भदौ ६ गते तेजबहादुरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । सरितालाई साउन २१ गते ससुराले कुटपिट गरी हत्या गरेर…

२०७३ भाद्र २३, बिहीबार ०४:०९ गते  
इन्सेक अनलाइनमा समाचार छापिएपछि भूकम्पपीडितलाई राहत दिलाउन सामुदायक मेलमिलाप केन्द्र सक्रिय

इन्सेक अनलाइनमा भदौ १५ गते "जग्गाधनी पूर्जा नभएका २६ घर परिवार राहतबाट वञ्चित" शीर्षकमा समाचार छापिएपछि मेलम्ची नपा-१२ स्थित शिखरपुरका २६ माझी घर परिवारलाई राहत दिलाउन समुदायिक मेलमिलाप केन्द्र सक्रिय भएको छ । इन्सेक अनलाइनमा समाचार छापिएपछि जिल्लामा क्रियाशील रहेको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको बैठक बसेको हो ।…

२०७३ भाद्र १७, शुक्रबार ०१:४७ गते  
सार्वजनिक सुनुवाइ कार्यक्रमको प्रभावले भूकम्पपीडितले राहत पाउन थाले

इन्सेकद्वारा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमको प्रभावले चौतारा नपा-२ का भूकम्पपीडितहरूले अवास पुनःनिर्माणको लागि पहिलो किस्ता रकम भदौ १६ गतेबाट पाउन शुरु गरेका छन् । चौतारा नपा-२ मा भदौ १३ गते पुनःनिर्माण प्राधिकरणका जिल्ला संयोजक र जिल्ला प्रहरी कार्यालयका प्रमुख लगायतका सरोकारवालाहरू राखेर इन्सेकले सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको थियो ।…

२०७३ भाद्र १६, बिहीबार ०८:३२ गते  
कथित बोक्सीको आरोप लगाएको भन्दै प्रहरीमा उजुरी

चौतारा नपा-४ स्थित कप्तानपाटी की ६० वर्षीया एक महिलाले कथित बोक्सीको आरोप लगाएको भन्दै सोही ठाउँकी ५६ वर्षीया तुलसीमायाँ कपाली र ५९ वर्षीया हरीमायाँ कपालीविरूद्ध भदौ १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छन् । आरोपितहरूले भदौ १३ गते दिउँसो कथित बोक्सीको आरोप लगाएर आक्रमण गर्ने प्रयास गरेको पीडित…

२०७३ भाद्र १५, बुधबार १४:३७ गते  
जग्गाधनी पूर्जा नभएका माझीबस्तीका २६ घर परिवार राहतबाट वञ्चित

मेलम्ची नपा-१२ शिखरपुरको सञ्जेलटारस्थित माझीबस्तीका २६ घर परिवारले आफ्नो नाममा जग्गाधनी पूर्जा नहुँदा भूकम्पले भत्काएको घर पुनःनिर्माणको लागि सरकारले दिने भनिएको अनुदान रकमको सम्झौता गर्नबाट वञ्चित भएका छन् । नवलपुर गाविसस्थित राजेन्द्रमान ताल्चाभडेल र कपिल श्रेष्ठलगायतको नाममा रहेको सो सञ्जेलटारको जग्गामा विगत ६५ वर्षअघिदेखि माझीहरूले भोगचलन गर्दै आएका छन् ।…

२०७३ भाद्र १५, बुधबार ११:१९ गते  
चौतारामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकको आयोजनामा भदौ १३ गते जिल्ला सदरमुकाम चौतारामा भूकम्प पश्चात पुनःनिर्माण विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । राहतको नाममा एनजिओ र आइएनजिओहरूले जनमूखी काम नगरी उनीहरूको स्वार्थ अनुरूप काम गरेको, चौतारा नगरपालिकाभित्र सबै भूकम्प पीडितले पहिलो किस्ताको रकम पाएको भनिए पनि वडा नं.…

२०७३ भाद्र १३, सोमबार १५:४० गते  
बुहारीको हत्या गरेको आरोपमा ससुराविरुद्ध उजुरी

चौतारा नपा-२ गिदानेकी १९ वर्षीया सरिता मगरलाई हत्या गरेर जङ्गलमा पुर्‍याई झुण्ड्याएको आरोपमा ५२ वर्षीय तेजबहादुर थापामगर विरुद्ध ०७३ भदौ ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । सरितालाई साउन २१ गते आरोपितले कुटपिट गरी हत्या गरेर चौतारा नपा-२ गिदाने स्थित आफेखोला चिसापानी भन्ने जङ्गलको एउटा बुटोमा लगेर…

२०७३ भाद्र ६, सोमबार ११:२४ गते  
गाविस सचिव नहुँदा भूकम्पपीडितका लागि अनुदान सम्झौतामा समस्या

गाविसहरूमा गाविस सचिव नहुँदा भूकम्प पीडितसँग पुनःनिर्माणको अनुदान सम्झौता गर्न समस्या परेको छ । अनुदान सम्झौताको लागि गाउँगाउँमा प्राविधिकहरूको टोली खटिएर गए पनि प्राविधिकहरू भने बेकामे बनेका छन् । भूकम्प पीडितहरूसँग अनुदान सम्झौता गर्न गाविस सचिवलाई जिम्मा दिइएको छ । तर, जिल्लाका ६८ गाविसमध्ये २८ गाविसमा गाविस सचिव नभएपछि अनुदान…

२०७३ श्रावण २७, बिहीबार ००:४२ गते  
द्वन्द्व पीडितद्वारा न्यायको लागि पहल गरिदिन इन्सेकसमक्ष अनुरोध

सत्य निरूपण तथा मेलमिलाप आयोगमा उजुरी गर्ने अवधि सकिएको थाहा नपाएको भन्दै सशस्त्र द्वन्द्वका क्रममा यातना पाएर पीडित भएका भोटेनाम्लाङ्ग गाविस-८ का ५५ वर्षीय भाइकाजी गुरुङले साउन २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला प्रतिनिधिसमक्ष न्यायको लागि पहल गरिदिन अनुरोध गरेका छन् । ०५४ चैत १४ गते इलाका प्रहरी…

२०७३ श्रावण २५, मंगलवार ०८:५१ गते