बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भक्तपुर जिल्ला भक्तपुर नगरपालिका स्थायी घरभई पाँचपोखरी थाम्पाल गाउँपालिका–४ स्थित श्री थाम्पाल भ्याली माविका शिक्षक ३० वर्षीय नबिन माकलाई ०७९ असार १२ गते थाम्पालकोटबाट प्रहरीले गिरफ्तार गरेको छ । पीडितलाई ०७८ माघ २ गते डेरामा डाकेर बलात्कार गरेको भन्दै पीडितपक्षले ०७९ असार ७ गते…

चौतारा कारागारमा एक थुनुवाको मृत्यु

पाँचपोखरी थाम्पाल गाउपालिका–५ गुन्सा स्थायी घरभई आठ महिनादेखि ज्यानमार्ने उद्योग र बलात्कार आरोपमा चौतारा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका  ४९ वर्षीय मैते गोलेको ०७९ असार ११ गते जेलभित्रै मृत्यु भएको छ । गोलेलाई ०७८ कार्तिक १६ गतेदेखि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएकोको थियो । कारागारमा थुनामा रहेका बखत असार…

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

३४ वर्षीया सौतिनी आमालाई बलात्कार गरी फरार भएका २४ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार २ गते चौतारासाँगागढी नगरपालिकाको बलेफी बजारबाट गिरफ्तार गरेको छ । पीडितलाई ०७८ कात्तिक १९ गते राती घरमा सुतेको अवस्थामा बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडित पक्षले ०७९ वैशाख ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी…

वर्ष बित्यो तर पनि मेलम्ची बाढी प्रभावितले न राहत पाए न सुरक्षित बास

एकवर्ष अघि आएको बाढीले हेलम्बु गाउँपालिका, पाँचपोखरीथाम्पाल गाउँपालिका र मेलम्ची नगरपालिकाका २६ जनाको ज्यान लिएको थियो भने ५ सय ५१ घरलगायत खेती योग्य जमीन लगायतका धेरै भौतिक सम्पत्ति क्षति भयो । नदी किनारका खेतीयोग्य जमीन बगरमा परिणत भयो । सयौ स्थानीयवासी बिस्थापित भए । उनीहरू हालसम्म अस्थायी टहरामै बस्दै आएका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २३ वर्षीय काका नाता पर्ने पुरुषलाई प्रहरीले ०७९ जेठ २४ गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिललाई ०७९ जेठ १९ गते बेलुकी घरमा बसेको बेला बलात्कार गरेको भन्दै पीडितका आफन्तले आरोपितविरुद्ध जेठ २३ गते इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिए । आरोपितविरुद्ध जबरजस्ती…

पाठ्यपुस्तक उपलब्ध नहुँदा विद्यार्थीहरूको पठनपाठनमा समस्या

बालबालिकाहरूलाई निशुल्क वितरण गरिने भनिएको पाठ्यपुस्तक सरकारले समयमा पुर्‍याउन नसक्दा जुलग गाउँपालिकाका विद्यालयका विद्यार्थीहरूको पठनपाठन नियमित हुन सकेको छैन । जुगल गाउँपालिका भित्र रहेका विद्यालयहरू मध्ये सङ्घीय राजधानीबाट दुरीका हिसाबले सबै भन्दा नजिक रहेको जुगल गाउँपालिका–५ स्थित रामेश्वर माविमा हालसम्म बालबालिकाले सबै पुस्तकहरू पाउन नसक्दा पढाइमा बाधा पुगेको विद्यालयका प्रधानाध्यापक…

मौन अवधिका बेला राजनीतिक दलहरू बीच विभिन्न स्थानमा झडप

हेलम्बु गाउपालिका–३ मा एमाले र नेपाली कांगे्रसबीच ०७९ वैशाख २८ गते बेलुका झडप भएको छ । दुवै पक्ष बीचको खुकुरी हानाहान हुँदा दुई जना घाइते भएका छन् । एमाले कार्यकर्ताको खुकुरी प्रहारबाट नेपाली कांग्रेस कार्यकर्ता हेलम्बु गाउपालिका–३ का मानदोर्जे तामाङ र कांग्रेस कार्यकर्ताको खुकुरी प्रहारबाट एमाले कार्यकर्ता ३६ वर्षीय फ्यान्जो…

निर्वाचन आचार संहिता विपरीत राखिएका सामाग्रीहरू हटाउन सुरु

निर्वाचनको प्रचार/प्रसारका क्रममा राजनीतिक दलद्वारा निर्वाचन आचार संहिता विपरीत राखिएका झण्डा, तुल, ब्यानर तथा निर्वाचन चिह्न लगायतका ध्वजाहरू प्रहरी लगाएर मुख्य निर्वाचन अधिकृतको कार्यालयले ०७९ वैशाख २६ गतेदेखि हटाउन सुरु गरेको छ । जिल्लाका मुख्य बजारहरु तथा सडकका आसपासमा ठूला ठूला झण्डा, तुल, ब्यानर, भित्ते लेखन जस्ता निर्वाचन आचार संहिता…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

३० वर्षीया सौतनी आमालाई बलात्कार गरेको आरोपमा ३८ वर्षीय पुरुषविरुद्ध ०७९ वैशाख २३ गते जिल्ल प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । आफूलाई ०७८ माघ ४ गते दिउँसो घरमा बसेका बेलामा बलात्कार गरेको पीडितको आरोप छ । पीडितको स्वास्थ्य परीक्षण ०७९ वैशाख २३ गते चौतारा अस्पतालमा गरियो । आरोपित फरार…

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध अदालतमा फिराद पत्र दर्ता

४१ वर्षीया महिलाले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै त्रिपुरासुन्दरी गाउँपालिका–४ पिस्करका ३७ वर्षीय रामकृष्ण खड्काविरुद्ध ०७९ वैशाख २३ गते जिल्ला अदालतमा फिराद पत्र दर्ता गराएकी छन् । जिल्ला प्रहरी कार्यालयले निर्वाचनको बाहाना बनाएर आरोपितविरुद्धको उजुरी दर्ता नगरेपछि अदालतमा फिराद पत्र दर्ता गराएको पीडितले बताइन् । आरोपितले ०७९ वैशाख १८ गते…