पाठ नगरेको आरोपमा शिक्षिकाद्वारा विद्यार्थीलाई कुटपिट गरेको आरोप
चौतारा नपा-७ स्थित श्री कृष्णरत्न गङ्गा माविको कक्षा चारमा अध्ययनरत १० वर्षीय कविन कक्षपतिलाई कात्तिक २६ गते सोही विद्यालयमा कार्यरत शिक्षिका कविता श्रेष्ठले पाठ नगरेको आरोपमा कुटपिट गरी घाइते बनाएको पीडित पक्षले आरोप लगाएको छ । पीडित बालकलाई फलामको स्केलले गोडाको विभिन्न ठाउँमा निलडाम हुनेगरी कुटपिट गरेको पीडितका बावु कमल…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा बराम्ची गाविस-२ विश्वकर्मा टोलका ६० वर्षीय सुनबहादुर विकलाई कात्तिक २६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक १४ गते आरोपित विकले बलात्कार गरेको आरोपमा पीडित महिलाले सोही दिन इलाका प्रहरी कार्यालय जलबिरेमा उजुरी गरेकी थिइन् । पीडित महिलाको उजुरीका आधारमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बतासे गाविस-९ का ३५ वर्षीय सिरे तामाङलाई कात्तिक ९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज १७ गते बलात्कार गरेको आरोपमा पीडित महिलाले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक ९ गते चौतारा…
स्वास्थ्यको अधिकारबाट अधिकांश नागरिक वञ्चितः सरोकारवाला
जिल्लाका अधिकांश नागरिक स्वास्थ्यको अधिकारबाट बञ्चित भएको कात्तिक १० गते आयोजित एक कार्यक्रममा जिल्ला स्थित सरोकारवालाहरूले बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगद्वारा चौतारामा आयोजित 'सिन्धुपाल्चोक जिल्लाको स्वास्थ्य अधिकारको अवस्था' विषयक अन्तरक्रिया कार्यक्रममा जिल्लास्थित सरोकारवालाहरूले सो कुरा बताएका हुन् । भौगोलिकताको कठिनाइले स्वास्थ्य संस्थाहरूमा नागरिकहरूको पहुँच नहुनु, निःशुल्क वितरण गरिने…
अधिकारकर्मीद्वारा प्रहरी हिरासत अनुगमन
राष्ट्रिय मानव अधिकार आयोग र इन्सेक जिल्ला प्रतिनिधि सम्मिलित संयुक्त टोलीले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासत अनुगमन गरेको छ । टोलीले अनुगमनको क्रममा प्रहरी हिरासतमा रहेका एक जना महिला र आठ महिनाको बालकसहित नौ जनाको अवस्था अवलोकन गरेको थियो । प्रहरी हिरासतमा रहेकाहरूको अवस्था सामान्य रहेको अनुगमनको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उदयपुर जिल्ला रिस्कु गाविस-४ घर भई हाल काठमाडौँ जिल्ला गोकर्णेश्वर-३ बस्दै आएका २९ वर्षीय तुलसी भनिने तुलबहादुर मगरलाई इलाका प्रहरी कार्यालय मेलम्चीले कात्तिक २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई अरोपितले असोज २२ गते बलात्कार गरेको अरोपमा असोज ३० गते इलाका प्रहरी कार्यालय…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
सागाचोक गाविस–८ का ३० वर्षीय हिरा गिरी र सोही ठाउँकी २१ वर्षीया समिता गिरीलाई बहुविवाह गरेको आरोपमा कात्तिक ३ गते प्रहरीले गिरफ्तार गरेको छ । सागाचोक गाविस–८ की २८ वर्षीया गोपिनी गिरीले आरोपितहरूले ०७३ जेठ महिनामा बहुविवाह गरेको आरोपमा असार २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । आरोपितहरू…
कुटपिट गरेको आरोपमा पति गिरफ्तार
चौतारा नपा–६ की ३१ वर्षीया पत्नी सरिता नेपाललाई कुटपिट गरेको आरोपमा ३६ वर्षीय पति सुरज नेपाललाई प्रहरीले भदौ ३१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई भदौ २९ गते काठको डण्डीले कुटपिट गरी घाइते बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालयमा भदौ ३० गते उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला…
इन्सेक सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सम्मानित
अनौपचारिक क्षेत्र सेवा केन्द्र सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबावु धिताललाई बालअधिकारका क्षेत्रमा सक्रिय रहेको भन्दै जिल्ला बाल क्लब सञ्जाल सिन्धुपाल्चोकले बाल दिवसको सन्दर्भ पारेर भदौ २९ गते जिल्लामा आयोजित एक कार्यक्रमकाबिच सम्मान गरेको छ । सम्मान पत्र दिँदै जिल्ला स्तरीय बाल क्लब सञ्जालका अध्यक्ष सफलता भण्डारीले विगतदेखि नै बालअधिकारको संरक्षणमा देखाउनु…
लालपुर्जा नभएका कारण अनुदान सम्झौताबाट वञ्चित
अत्तरपुर गाविस-८ का १ सय ३७ भूकम्पपीडित घर परिवार लालपुर्जा नहुँदा अवास पुनर्निर्माण अनुदान सम्झौताबाट वञ्चित भएका छन् । ०४२ सालमा नापीका लागि सरकारी टोली गाउँ पुग्दा प्रधानपञ्च र कम्युनिष्टहरू बीच झडप भएपछि सो ठाउँको जग्गा नापी नक्सा हुन नसकेको स्थानीयको भनाइ छ । लालपुर्जा नहुनेसँग अनुदान सम्झौता नगर्नु भन्ने…