स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा बिरामी मर्कामा

चौतारा सागाचोकगढी नगरपालिका-७ स्थित सानोसिरुवारी स्वास्थ्य चौकीमा प्रयाप्त औषधिहरू नहुँदा स्वास्थ्य चौकीमा उपचारको लागि आउने बिरामी मर्कामा परेका छन् । चिसोका कारणले गाउँमा विभिन्न रोगहरूको माहामारी छ, तर स्वास्थ्य चौकीमा प्रयाप्त औषधिहरूको अभावले स्थानीयहरू मर्कामा परेको स्थानीय कृष्ण न्यौपानेले बताउनु भयो । न्यौपानेका अनुसार स्वास्थ्य चौकीमा स्वास्थ्य कर्मीहरूको उपस्थिति भए…

बलात्कार प्रयास घटनाका आरोपितहरू गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा जुगल गाउँपालिका-६, गोल्चे लिदिका २१ वर्षीय आशिष दोङ, सोही ठाउँका १९ वर्षीय फुलपारी पाख्रिन र १९ वर्षीय वीरबहादुर दोङलाई प्रहरीले ०८० मङ्सिर ३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरूले मङ्सिर १ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले मङ्सिर ३ गते जिल्ला…

घर फर्कन सकेका छैनन् लिदि पहिरोबाट विस्थापित भएका सात घर परिवार

जुगल गाउँपालिका-२ स्थित लिदि पहिरोबाट विस्थापित भएका सात घर परिवार हालसम्म घर फर्कन सकेका छैनन् । लिदिमा ०७७ साउन ३० गते बिहान गाउँभन्दा माथिबाट आएको पहिरोले ३५ घर पुरेको थियो । पहिरोमा परी २० महिला सहित ३९ जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए । पहिरोपछि लिदिका…

जग्गाधनी पुर्जा नहुँदा ५३ घर परिवार सम्पत्ति माथिको अधिकारबाट वञ्चित

लिसङ्खुपाखर गाउँपालिका-४, सिक्रे बजारका ५३ घर परिवारको आफ्नो नाममा जग्गाधनी पुर्जा नहुँदा सम्पत्ति माथिको अधिकारबाट वञ्चित हुन परेको छ । जग्गा छ तर आफ्नो नाममा लालपुर्जा नहुँदा धितो बन्धकी राखेर व्यापार व्यवसाय गर्न, जग्गाको काठ पैठारी गर्न, पक्की घर निर्माण गर्नको लागि नक्सा पास गर्न लगायतको समस्या भएको स्थानीय कमल…

सशस्त्र प्रहरीद्वारा बेपत्ता बनाइएका तामाङको अवस्था अझै अज्ञात

साबिक हगाम गाविस-७, हाल जुगल गाउँपालिका-७ स्थायी घर भई भोटेकोशी गाउँपालिका स्थित तातोपानी बजारमा मजदुरी गरी बस्नुभएका २० वर्षीय कुमार तामाङलाई सिमा सुरक्षाका लागि तातोपानीमा रहेको सशस्त्र प्रहरीले गिरफ्तार गरी लगेकोमा हालसम्म अवस्था अझै अज्ञात रहेको बेपत्ताका दाजु छिरिङ तामाङले बताउनु भयो । बेपत्ता तामाङलाई ०७१ चैत ११ गते बेलुका…

भूकम्पले ध्वस्त बनाएको बन्दीगृह पुनः निर्माण हुन नसक्दा कारागारका बन्दीहरूलाई बस्नै समस्या

नेपालमा ०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पबाट ध्वस्त भएको चौतारा बन्दीगृह पुनः निर्माण हुन नसक्दा कैदिबन्दीहरूलाई बस्न समेत समस्या भएको छ । भूकम्पले पुरुष बन्दीगृह ध्वस्त बनाएर पुनः निर्माण नहुँदासम्म सात जना महिला राख्ने क्षमता भएको बन्दीगृहमा अहिले १ सय १६ जना पुरुष बन्दीहरू राखिएको जिल्ला कारागार कार्यालयका सूचना…

न्यायका लागि पहल गरिदिन द्वन्द्वपीडितद्वारा इन्सेकसमक्ष आग्रह

द्वन्द्वमा विद्रोहीले खुट्टा भाँचेर अपाङ्ग हुनुभएका चौतारा सागाचोकगढी नगरपालिका-८, इर्खुका द्वन्द्वपीडित भिमबहादुर श्रेष्ठले हालसम्म न्याय र राहत नपाएको भन्दै न्यायका लागि पहल गरिदिन ०८० कात्तिक २० गते इन्सेकसमक्ष आग्रह गनुभएको छ । पीडित भिमबहादुरलाई ०५७ फागुन ४ गते घरमा बसिरहेको अवस्थामा १५/२० जनाको विद्रोही समूह आएर लिएर गएका थिए ।…

मानव अधिकार समन्वय समिति गठन नहुँदा नगरपालिका भित्र मानव अधिकार सुनिश्चिताको समस्या

मानव अधिकार कार्ययोजना कार्यान्वयनका लागि स्थानीय तह समन्वय समिति गठन हुन नसक्दा चौतारा सागाचोकगढी नगरपालिकामा मानव अधिकार सुनिश्चितताको समस्या भएको छ । मानव अधिकारसमन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना (आ.व. २०७७।७८-२०८१।८२) मा प्रत्येक स्थानीय तहमा कार्ययोजना कार्यान्वयनको सुनिश्चितताको लागि स्थानीय समन्वय समितिको व्यवस्था गरिएको छ । तर चौतारा सागाचोकगढी नगरपालिकामा स्थानीय तह…

स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा बिरामी मार्कामा

सुनकोशी गाउँपालिका-६, थुम्पाखरमा रहेको स्वास्थ्य चौकीमा निःशुल्क वितरण गरिने औषधिहरू प्रयाप्त नहुँदा स्वास्थ्य चौकीमा उपचारको लागि आउने बिरामीहरू मार्कामा परेका छन् । उक्त ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव हुँदा बिरामीहरूले थप सास्ती खेप्नु परेको हो । गाउँमा भाइरल ज्वरोको माहामारी छ, तर स्वास्थ्य चौकीमा सिटामोल समेतका औषधिहरूको अभावले…

न्यायका लागि पहल गरिदिन द्वन्द्वपीडित परिवारद्वारा इन्सेकसमक्ष आग्रह

साबिक थाम्पालधाप गाविस-७, हाल पाँचपोखरी थाम्पाल गाउँपालिका-६ की सुनिता अधिकारीले द्वन्द्वको समयमा आफ्नो पति युक्तबहादुर अधिकारीको हत्या भएको घटनाले आफू पीडित भइरहेको र हालसम्म पनि न्याय नपाएको भन्दै न्यायका लागि पहल गरिदिन इन्सेकसमक्ष आग्रह गनुभएको छ । तत्कालिन सशस्त्र द्वन्द्वको समयमा ०६० फागुन ६ गते बेलुकी आफ्नै घरमा खाना खाइरहेको…