बेचबिखन तथा ओसारपसार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
३७ वर्षीया महिलालाई बेचबिखन गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-१ का ३४ वर्षीय नेमा लामाविरूद्ध पीडित पक्षले असार ८ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको छ । पीडित मलिलालाई आरोपितले जागिरमा लगाइदिने प्रलोभनमा पारेर ०७५ जेठ १५ गते मेलम्ची नगरपालिका-८ डाँडाथोकबाट काठमाडौँ लगेको र पीडित महिला हालसम्म पनि सम्पर्कमा नआएको…
राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकको संयुक्त अनुगमनपछि कारागारमा सुधार
राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकको संयुक्त अनुगमनपछि चौतारा जेलमा सुधार भएको छ । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले असार ५ गते जेलभित्र एक कार्यक्रम राखेर सो कुराको घोषणा गरेकी हुन् । भूकम्पले ध्वस्त बनाएपछि यसवर्ष मात्र सञ्चालनमा आएको चौतारा कारागारमा बन्दीहरूलाई घुम्ने ठाउँको अभाव मात्र होइन पुस्तकालय, खेल खेल्ने…
सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकको आयोजनामा जेठ २९ गते चौतारा सागाचोकगढी नपा–३ मा भूकम्प पछिको पुनर्निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा चौतारा सागाचोकगढी नपा–३ का वडा अध्यक्ष टेकबहादुर तामाङले पहिलेको भन्दा अहिलेको अवस्थामा भूकम्प पीडितहरूको आवास पुनर्निर्माणमा सहज भएको बताए । अध्यक्ष तामाङले केही छिटपुट…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोलुखुम्बु जिल्ला सल्लेरी घर भई हाल बाह्रबिसे नगरपालिका–६ सोताङमा पेन्टिङको काम गरी बस्ने २४ वर्षीय पासाङ शेर्पालाई जेठ २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध जेठ २३ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा…
विप्लव नेतृत्वको नेकपाका जिल्ला नेता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता इन्द्रावती गाउँपालिका–२ पाटीगाउँका ४३ वर्षीय पूर्ण मल्ल ठकुरीलाई प्रहरीले जेठ २० गते सदरमुकाम चौताराबाट गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका ठकुरीलाई अनुसन्धानको लागी प्रहरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका एसपी मुकुन्द मरासैनीले बताए । केही वर्ष अघिदेखि घर छाडेर काठमाडौँ बस्दै…
सेवा प्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ को आयोजनामा जेठ १० गते लिसङ्खुपाखर गाउँपालिकामा सेवा प्रदायक निकाय र सेवाग्राहीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । अन्तरक्रिया कार्यक्रमका लिसङ्खुपाखर गाउँपालिकाकी उपाध्यक्ष हेमगङ्गा मोक्तानले कर्मचारीको समस्याले जनताले भनेको जति सेवा दिन समस्या भएको बताइन् । उनले कर्मचारीको समायोजन प्रक्रिया छिटोभन्दा छिटो सम्पन्न…
कुटपिट घटनाका आरोपित गिरफ्तार
चौतारा सागाचोकगढी नगरपालिका–६ गौरतीकी ४९ वर्षीया हिरामाया तामाङलाई फलामको डण्डी प्रहार गरी घाइते बनाएको आरोपमा २४ वर्षीय कान्छो छोरा विजय तामाङलाई प्रहरीले जेठ ७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ ५ गते फलामको डण्डीले टाउकोमा प्रहार गरी घाइते बनाएको भन्दै पीडित आमाले आरोपितविरूद्ध जेठ ६ गते जिल्ला प्रहरी…
मानव अधिकार आयोग र इन्सेकद्वारा कारागारको संयुक्त अनुगमन
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकको नेतृत्वमा आयोग र इन्सेकको टोलीले जेठ २ गते चौतारा कारागारको अनुगमन गरेको छ । ३२ जना कैदी र ८३ जना बन्दी गरी १ सय १५ जना पुरूषलाई राखिएको चौतारा कारागारमा कैदीबन्दीलाई बस्न कठिनाई भएको पाइएको अनुगमनबाट फर्किएपछि आयोग सदस्य पाठकले बताए । कैदी…
मानव अधिकार आयोगद्वारा आयोजित विकास र मानव अधिकार विषयमा अन्तरक्रिया सम्पन्न
राष्ट्रिय मानव अधिकार आयोगले ०७६ जेठ २ गते चौतारामा विकास र मानव अधिकार विषय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा रहेका विभिन्न सरोकारवाला निकायहरूको बीचमा भएको अन्तरक्रिया कार्यक्रममा आयोगका सदस्य सुदिप पाठकले नागरिकहरूको सम्बृद्धि र सुखी नेपाली बनाउनको लागि विकास आवश्यक रहेकाले विकासका पुर्वाधारहरू सुरू गर्दा मानवमैत्री बन्नुपर्ने धारणा…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–२ ठोकर्पा सिम्लेका ४२ वर्षीय लोकबहादुर जिसीलाई वैशाख २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २३ गते यौन दुर्व्यवहार गरेको र पीडित बालिकाले आरोपितसँग प्रतिकार गर्ने क्रममा बालिकाको छातिलगायत शरीरका विभिन्न अङ्गमा चोटपटक लागेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध…