बहुविवाह घटनाका आरोपित गिरफ्तार

बलेफी गाउँपालिका-५ सिरानटोलका ३४ वर्षीय कुमार श्रेष्ठ र सोही ठाउँकी जमुना गुवाजुलाई बहुविवाह गरेको आरोपमा प्रहरीले वैशाख २८ गते गिरफ्तार गरेको छ । ३० वर्षीया सविना श्रेष्ठले दुई वर्षअघि बहुविवाह गरेको आरोपमा उनले वैशाख २२ गते जिल्ला प्रहरी कार्यालयमा आरोपितद्वयविरुद्ध उजुरी दिएकी थिइन् । आरोपितहरूलाई कानुन अनुसार कारबाही गरिने जिल्ला…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ र १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सर्लाही जिल्ला घरभई थुम्पाखर गाउँपालिका-६ स्थित एलायन्स बोर्डिङ स्कूलमा शिक्षण पेशा गर्दै आएका ३५ वर्षीय विजय लामा र भारतको दार्जलिङ घर भई सोही स्कूलमा शिक्षक पेशामा रहेका २६ वर्षीय अर्जुन तामाङलाई प्रहरीले वैशाख २ गते गिरफ्तार गरेको छ । पीडित बालिकाद्वयलाई…

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा अन्तरक्रिया

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा सेवा प्रदायक निकायलाई थप जिम्मेवार बनाउने उद्देश्यले इन्सेक सिन्धुपाल्चोकद्वारा चैत २९ गते सेवाप्रदायक र सेवाग्राहीबिच जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम चौतारामा सम्पन्न गरिएको छ । कार्यक्रममा साहायक जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद सुवेदीले विद्यालय भन्दा बाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गराउन मानव अधिकार निगरानी समूहले महत्वपूर्ण भूमिका…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बाह्रबिसे नपा-१ घोर्थलीका २२ वर्षीय राजकुमार मगरलाई चैत १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले चैत ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पनि उजुरी भने चैत १३ गते इलाका प्रहरी…

पत्नीलाई कुटपिट गरेको आरोपमा गिरफ्तार

जुगल गाउँपालिका-४ पाकुकी २३ वर्षीया सशीकला लामिछानेलाई चिरपट प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले २५ वर्षीय पति प्रेमबहादुर लामिछानेलाई चैत १२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई माइतीघर गएकी पत्नीलाई ससुरालीमै पुगेर आरोपितले कुटपिट गरी घाइते बनाएको पीडितले आरोप लगाएकी छन् । घटना भएलगत्तै पीडितले तेम्बाथान प्रहरी चौकीमा उजुरी…

नागरिक समाजको सकारात्मक छवि निर्माणको सवाल विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा चैत ८ गते "नागरिक समाजको सकारात्मक छवि निर्माणको सवाल" विषयक जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम चौतारामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष सोम सापकोटाले नाफारहित रूपले खोलिएका सङ्घ संस्थाका प्रतिनिधिलाई समाजमा नागरिक समाज भन्ने गरेको र जिल्लामा तत्कालिन राजाको…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले इन्द्रावती गाउँपालिका-७ सिपापोखरे स्थित छाचोकका ८२ वर्षीय टिकानाथ आचार्यलाई चैत ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले चैत २ गते इलाका प्रहरी कार्यालय नवलपुरमा यौन दुर्व्यवहार गरेको आरोपमा आचार्यविरुद्ध उजुरी दिएकी थिइन् । आरोपित आचार्यले माघ ६ गते र फागुन २०…

बलात्कार घटनाका आरोपमा गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-११ अधिकारीटारका २३ वर्षीय सुरेश अधिकारीलाई चैत १ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गरेको र पछिल्लो पटक फागुन २५ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । यसअघि पनि पीडित बालिकालाई आरोपितले पुस २० गते पनि बलात्कार…

इन्सेकद्वारा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकको आयोजनामा फागुन २७ गते चौतारा नगरपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ । भूकम्पपछि शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था विषयमा गरिएको सार्वजनिक सुनुवाइमा चौतारा नगरपालिकाका कार्यकारी अधिकृत भुवनेश्वर लामिछानेले चौतारा नगरपालिकाको नगर परिषदबाट नै शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको र भूकम्प पीडितलाई आवास…

बलात्कार घटनाको आरोपमा गिरफ्तार

२२ वर्षीया एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले माङ्खा गाविस-६ का २२ वर्षीय विश्वास पहरीलाई फागुन २५ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले फागुन २४ गते बलात्कार गरेको भन्दै पीडितले फागुन २५ गते लामोसाँघु प्रहरी चौकीमा उजुरी गरेकी थिइन् । पीडित युवतीको स्वास्थ्य परीक्षण फागुन २५ गते बाह्रबिसेस्थित…