जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकले स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत पुस ७ गते जिल्ला स्तरीय मानव अधिकार निगरानी समूह गठन गरेको छ । मानव अधिकारकर्मीहरूको भेलाले रामचन्द्र बस्नेतको संयोजकत्वमा ११ सदस्यीय मानव अधिकार निगरानी समूह गठन गरिएको हो । निगरानी समूहका सदस्यहरूमा उद्धव अधिकारी,…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा थुम्पाखर गाविस-७ का २६ वर्षीय युवराज तामाङलाई पुस ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालयका सई राजु पाण्डेले बताए ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कर्थली गाविस-१ सिमखर्कका ४० वर्षीय सोनाम शेर्पालाई प्रहरीले पुस ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर २३ गते बलात्कार गरेको आरोपमा पीडितले मङ्सिर २५ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दिएकी थिइन् । प्रहरीका अनुसार पीडित महिलाको स्वास्थ्य परीक्षण बाह्रबिसे स्थित…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया महिलालाई गत असोज १० गते बलात्कार गरेको आरोपमा फुल्पीङ्कोट गाविस-६ च्यानडाँडाका २० वर्षीय सानुकान्छा तामाङलाई प्रहरीले मङ्सिर २८ गते गिरफ्तार गरेको छ । पीडित महिलाको ०७२ असोज ११ गते चौतारा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनायो । पीडित पक्षले असोज १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको…

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारमा जोडदिनु पर्नेमा एकमत

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकद्वारा मङ्सिर २५ गते आयोजित नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रममा सहभागीहरू वर्तमान अवस्थामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारमा जोड दिनु पर्नेमा एकमत भएका छन् । चौतारामा आयोजित समीक्षा कार्यक्रममा नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष युवराज पुरीले अहिलेको बदलिँदो…

इन्सेकको आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकको आयोजनामा मङ्सिर ८ गते जलबिरे र बराम्ची गाविसको बीचमा रहेको ढाडे बजारमा भूकम्पपछिको पुनर्निर्माण र मानव अधिकारका सवालका विषयमा सावजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी केसीले इन्सेकको कार्यशैली र कार्यक्रम नागरिकको अधिकारमूखी भएको बताए । नेपाली काङ्गेसका…

बिवाह गर्न नमानेको आरोपमा बालिकालाइ घरमै नजरबन्द

१६ वर्षीया बालिकालाई विवाह गर्न नमानेको आरोपमा मङ्सिर ६ गते विवाह गर्न नमानेको आरोपमा आफ्नै बावुआमाले घरको कोठामा थुनेर राखेको प्रहरीले जनाएको छ । बावु आमाले विवाह गर्न तयारी गरिरहेको बेला आफू विवाह गर्न मञ्जुरी नदिएपछि बालिकालाई घरको कोठामा थुनेर राखेको जिल्ला बाल कल्यांण समितिका तथ्याङ्क अभिलेख प्रमुख रेवती नेपालले…

बहुविवाह घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी, मिलापत्र गराउने प्रयास

हगाम गाविस-९ याङ्लाकोटकी २३ वर्षीया माइली तामाङले प्रहरी समक्ष २६ वर्षीय पति जगमान तामाङ र पर्सा जिल्ला ठोरी निर्मलवस्ती घर भएकी १९ वर्षीया सोङमायाँ तामाङविरुद्ध उजुरी परेपनि मिलापत्र गराउने प्रयास भइरहेको आरोप छ । पीडित महिलाले १ लाख रुपियाँ पीडितलाई दिएर मङ्सिर १ गते जिल्ला प्रहरी कार्यालयमा मिलापत्र गराउने प्रयास…

इन्सेक प्रतिनिधिको सहजिकरणमा विवाद समाधान

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्वारा बासखर्क गाविसका भूकम्प पीडितहरूलाई सोलार प्यानल वितरण गर्नलाग्दा स्थानीय नेकपा एमाले र नेपाली काङ्ग्रेसका कार्यकर्ताबीच भएको विवाद कात्तिक २७ गते इन्सेक जिल्ला प्रतिनिधिको सहजिकरणमा समाधान भई राहत वितरणको कार्य सम्पन्न भएको छ । रेडक्रसद्वारा कात्तिक २६ गते वितरण गर्न लागिएको सोलार प्यानल नेपाली काङ्ग्रेसले एकलौटी…

पाठ नगरेको आरोपमा शिक्षिकाद्वारा विद्यार्थीलाई कुटपिट गरेको आरोप

चौतारा नपा-७ स्थित श्री कृष्णरत्न गङ्गा माविको कक्षा चारमा अध्ययनरत १० वर्षीय कविन कक्षपतिलाई कात्तिक २६ गते सोही विद्यालयमा कार्यरत शिक्षिका कविता श्रेष्ठले पाठ नगरेको आरोपमा कुटपिट गरी घाइते बनाएको पीडित पक्षले आरोप लगाएको छ । पीडित बालकलाई फलामको स्केलले गोडाको विभिन्न ठाउँमा निलडाम हुनेगरी कुटपिट गरेको पीडितका बावु कमल…