लैङ्गिक हिंसा विरुद्ध प्रभात र्याली र सचेतना कार्यक्रम सम्पन्न
चौतारा सागाचोकगढी नगरपालिकाको आयोजना तथा इन्सेकको समन्वय तथा ब्यवस्थापनमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रम अन्तर्गत (डिसेम्वर १० मा) ०८१ मङ्सिर २५ गते चौतारा सागाचोकगढी नपा १२ मा र्याली तथा सचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा चौतारा सागाचोकगढी नगर प्रमुख कृष्णप्रसाद सापकोटा, उपप्रमखु सिता थापा, जिल्ला…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व सिन्धुपाल्चोकमा वार्षिक समीक्षा कार्यक्रम ०८१ मङ्सिर २५ गते सम्पन्न भयो । कार्यक्रममा इन्सेक सिन्धुपाल्चोक जिल्ला प्रतिनिधिले सन् २०२४ मा सङ्कलन भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गर्नु भएको थियो । चौतारा सागाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाकोे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिन्धुपाल्चोक जिल्लामा…
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा इन्सेक प्रतिनिधि सम्मानित
सिन्धुपाल्चोक जिल्लामा मानव अधिकारको पक्षमा तथा समाजमा रहेका हरेक प्रकारका विभेद र हिंसा अन्त्यका लागि सक्रिय भूमिका निर्वाह गरेको भन्दै चौतारा सागाचोकगढी नगरपालिकाले मङ्सिर १८ गते ३३ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा इन्सेक प्रतिनिधि नातिबावु धिताललाई सम्मान गरेको छ । चौतारा सागाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रदान गर्नु भएको सम्मान…
इन्सेकको सक्रियतामा लैङ्गिक हिंसाविरुद्ध प्रभातफेरी
चौतारा सागाचोकगढी नगरपालिकाको आयोजना तथा इन्सेकको संयोजनमा र जिल्लामा क्रियाशील अन्य सामाजिक सङ्घ संस्थाहरुको समन्वयमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मङ्सिर १८ गते सदरमुकाम चौतारामा प्रभातफेरी सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-३ का २३ वर्षीय रबिन बिकलाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर ८ गते यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । पीडितले मङ्सिर ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी उमाशङ्कर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोटेकोशी गाउँपालिका-१ का ४२ वर्षीय रुम्बे माइला भन्ने सुकराम तमाङलाई मङ्सिर १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर ९ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिपुरासुन्दरी गाउँपालिका–३ का ३५ वर्षीय छविलाल थामीलाई मङ्सिर ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय बाह्रबिसेमा कात्तिक २३ गते दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई मङ्सिर ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई बालकले मङ्सिर ६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले मङ्सिर ७ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा दिएको उजुरीका आधारमा अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालयकी इन्स्पेक्टर भगवती तिमल्सिनाले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हेलम्बु गाउँपालिका–१ का ४५ वर्षीय निमार्नोवु तामाङलाई मङ्सिर ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले मङ्सिर ३ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका…
रक्तसञ्चार सेवा केन्द्र नहुँदा अस्पतालमा सुत्केरी हुन आउने सेवाग्राहीलाई समस्या
रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैङ्क) नहुँदा चौतारा अस्पतालमा सुत्केरी हुन आउने सेवाग्राहीलाई समस्या भएको छ । जिल्लामा आवश्यक रगत सङ्कलन गरी सुरक्षित रुपमा राख्ने ब्लड बैङ्क छैन, जसका कारण चाहिएको अवस्थामा अप्रेशन गरी सुत्केरी गराउनु पर्ने महिलाहरुलाई रगत उपलब्ध हुन नसक्दा समस्या भएको छ । जिल्ला सदरमुकाम चौतारामा ५० शैयाको…