हिरासतमा राखिएका व्यक्तिको मृत्यु भएको घटनाको आयोगद्वारा स्थलगत अनुसन्धान

राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालयद्वारा बाह्रविसे स्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्तिको उपचारको लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको घटनाको ०७८ साउन २५ गतेबाट स्थलगत अनुसन्धान सुरु गरेको छ । आयोगका बागमती प्रदेश प्रमुख यज्ञ अधिकारी र आयोगका अनुसन्धान अधिकृत लोकनाथ घिमिरे स्थलगत अनुसन्धानमा संलग्न रहनु भएको…

२०७८ श्रावण २६, मंगलवार २१:४७ गते  
प्रहरी हिरासतमा रहेका व्यक्तिको उपचारको क्रममा मृत्यु

इलाका प्रहरी कार्यालय बाह्रविसेको हिरासतमा रहेका बाह्रविसे नगरपालिका–७ घुम्थाङका ३२ वर्षीय खड्गबहादुर तामाङको ०७८ साउन २२ गते बिहान उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भयो । तामाङलाई चोरीको आरोपमा प्रहरीले साउन १८ गते गिरफ्तार गरी इलाका प्रहरी कार्यालयको हिरासतमा राखेको थियो । तामाङलाई प्रहरी हिरासतमा दिएको यातनाबाट मृत्यु भएको पीडितपक्षको आरोप…

२०७८ श्रावण २२, शुक्रबार २०:२५ गते  
मेलम्ची बाढी प्रभावित विस्थापितहरू भन्छन्, ‘पालमा जीवन गुजार्न गाह्रो भयो’

भ्रेमाथाङ पहिरोबाट ०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढीले क्षति पुर्‍याएको ४७ दिनपछि अर्थात ०७८ साउन १६ गते राती फेरी बाढी आएर हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको २० ओटा घर बगाएको छ भने करौडौँ मूल्यको खेति योग्य जमीन नदीको कटानले नष्ट गरायो । असार १ गतेको बाढीपछि बिस्तारै सामान्य…

२०७८ श्रावण २१, बिहीबार २१:५४ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया दृष्टिविहीन महिलालाई बलात्कार गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका–३ का ३५ वर्षीय पप्पु वाइबालाई प्रहरीले ०७८ साउन १० गते घरैबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७७ फागुन १९ गते फकाएर घर नजिकै रहेको गोठमा लगि बलात्कार गरेको भन्दै पीडितका बुवाले ०७८ साउन २ गते इलाका प्रहरी कार्यालयमा उजुरी…

२०७८ श्रावण ११, सोमबार २०:५० गते  
मानव अधिकार वर्ष पुस्तक २०२२ को अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम ०७८ असार ३१ गते चौतारामा सम्पन्न भएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख तथा जिल्ला न्यायधिवक्ता निमा घिमिरेको प्रमुख आतिथ्यतामा र गैर सरकारी संस्था महासङ्घ जिल्ला अध्यक्ष गोविन्द सापकोटाको अध्यक्षतामा कार्यक्रम…

२०७८ असार ३१, बिहीबार १२:५७ गते  
मानव अधिकार आयोग र इन्सेकको संयुक्त टोलीद्वारा मेलम्चीको बाढीपीडित घटनाको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको संयुक्त टोलीद्वारा ०७८ असार ८ गते मेलम्ची क्षेत्रमा गएको बाढी पहिरोले पुर्‍याएको क्षति र बाढीपीडितको अवस्थाको अनुगमन गरेको छ । आयोगका बागमती प्रदेश प्रमुख यज्ञ अधिकारी र इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतम, आयोगका जागेश्वर…

२०७८ असार ९, बुधबार १८:१९ गते  
यौन दुर्व्यवहार घटनाका फरार आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका–३ का २८ वर्षीय दिपेश न्यौपानेलाई प्रहरीले ०७८ असार ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई न्यौपानेले ०७८ जेठ २० गते घर नजिक रहेको गोठमा लगि यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले जेठ २२ गते इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी गरेको…

२०७८ असार ९, बुधबार ०९:१३ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

५८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लिसंखुपाखर गाउँपालिका–२ का ५८ वर्षीय कर्मघ्याम्चो लामालाई जेठ ३१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ २७ गते बलात्कार गरेको भन्दै पीडितले जेठ ३१ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले बताउनु भयो । पीडित महिलाको…

२०७८ असार १, मंगलवार १९:१८ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

४४ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बलेफी गाउँपालिका–४ का ६२ वर्षीय नरे तामाङलाई जेठ २२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ १७ गते यौन दुर्व्यवहार गरेको आरोपमा जेठ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले बताउनु भयो । पीडित…

२०७८ जेष्ठ २३, आईतवार २०:२४ गते  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

मेलम्ची नगरपालिका–११ धुसिनेचौरकी ४० वर्षीया राममाया तामाङलाई हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति दुर्गाबहादुर तामाङलाई जेठ २० गते घटनास्थलबाटै गिरफ्तार गरेको छ । आरोपितद्वारा घर निकालामा परेकी राममायालाई गोठमा बसेका बेला गोठमा बसेको अवस्थामा डण्डी प्रहार गरी हत्या गरेको सूचनाका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय…

२०७८ जेष्ठ २१, शुक्रबार १२:१६ गते