सशस्त्र प्रहरीद्वारा बेपत्ता बनाइएका तामाङको अवस्था अझै अज्ञात

साबिक हगाम गाविस-७, हाल जुगल गाउँपालिका-७ स्थायी घर भई भोटेकोशी गाउँपालिका स्थित तातोपानी बजारमा मजदुरी गरी बस्नुभएका २० वर्षीय कुमार तामाङलाई सिमा सुरक्षाका लागि तातोपानीमा रहेको सशस्त्र प्रहरीले गिरफ्तार गरी लगेकोमा हालसम्म अवस्था अझै अज्ञात रहेको बेपत्ताका दाजु छिरिङ तामाङले बताउनु भयो । बेपत्ता तामाङलाई ०७१ चैत ११ गते बेलुका…

भूकम्पले ध्वस्त बनाएको बन्दीगृह पुनः निर्माण हुन नसक्दा कारागारका बन्दीहरूलाई बस्नै समस्या

नेपालमा ०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पबाट ध्वस्त भएको चौतारा बन्दीगृह पुनः निर्माण हुन नसक्दा कैदिबन्दीहरूलाई बस्न समेत समस्या भएको छ । भूकम्पले पुरुष बन्दीगृह ध्वस्त बनाएर पुनः निर्माण नहुँदासम्म सात जना महिला राख्ने क्षमता भएको बन्दीगृहमा अहिले १ सय १६ जना पुरुष बन्दीहरू राखिएको जिल्ला कारागार कार्यालयका सूचना…

न्यायका लागि पहल गरिदिन द्वन्द्वपीडितद्वारा इन्सेकसमक्ष आग्रह

द्वन्द्वमा विद्रोहीले खुट्टा भाँचेर अपाङ्ग हुनुभएका चौतारा सागाचोकगढी नगरपालिका-८, इर्खुका द्वन्द्वपीडित भिमबहादुर श्रेष्ठले हालसम्म न्याय र राहत नपाएको भन्दै न्यायका लागि पहल गरिदिन ०८० कात्तिक २० गते इन्सेकसमक्ष आग्रह गनुभएको छ । पीडित भिमबहादुरलाई ०५७ फागुन ४ गते घरमा बसिरहेको अवस्थामा १५/२० जनाको विद्रोही समूह आएर लिएर गएका थिए ।…

मानव अधिकार समन्वय समिति गठन नहुँदा नगरपालिका भित्र मानव अधिकार सुनिश्चिताको समस्या

मानव अधिकार कार्ययोजना कार्यान्वयनका लागि स्थानीय तह समन्वय समिति गठन हुन नसक्दा चौतारा सागाचोकगढी नगरपालिकामा मानव अधिकार सुनिश्चितताको समस्या भएको छ । मानव अधिकारसमन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना (आ.व. २०७७।७८-२०८१।८२) मा प्रत्येक स्थानीय तहमा कार्ययोजना कार्यान्वयनको सुनिश्चितताको लागि स्थानीय समन्वय समितिको व्यवस्था गरिएको छ । तर चौतारा सागाचोकगढी नगरपालिकामा स्थानीय तह…

स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा बिरामी मार्कामा

सुनकोशी गाउँपालिका-६, थुम्पाखरमा रहेको स्वास्थ्य चौकीमा निःशुल्क वितरण गरिने औषधिहरू प्रयाप्त नहुँदा स्वास्थ्य चौकीमा उपचारको लागि आउने बिरामीहरू मार्कामा परेका छन् । उक्त ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव हुँदा बिरामीहरूले थप सास्ती खेप्नु परेको हो । गाउँमा भाइरल ज्वरोको माहामारी छ, तर स्वास्थ्य चौकीमा सिटामोल समेतका औषधिहरूको अभावले…

न्यायका लागि पहल गरिदिन द्वन्द्वपीडित परिवारद्वारा इन्सेकसमक्ष आग्रह

साबिक थाम्पालधाप गाविस-७, हाल पाँचपोखरी थाम्पाल गाउँपालिका-६ की सुनिता अधिकारीले द्वन्द्वको समयमा आफ्नो पति युक्तबहादुर अधिकारीको हत्या भएको घटनाले आफू पीडित भइरहेको र हालसम्म पनि न्याय नपाएको भन्दै न्यायका लागि पहल गरिदिन इन्सेकसमक्ष आग्रह गनुभएको छ । तत्कालिन सशस्त्र द्वन्द्वको समयमा ०६० फागुन ६ गते बेलुकी आफ्नै घरमा खाना खाइरहेको…

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँचपोखरी थाम्पाल गाउँपालिका-५, गस्तीमा रहेका सुरक्षाकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-५, गुन्साका ३२ वर्षीय काल्देन गोले र सोही ठाउँका ३६ वर्षीय पाराङ गोलेलाई प्रहरीले ०८० कात्तिक १५ गते गुन्सा बजारबाट गिरफ्तार गरेको छ । थाम्पालकोट प्रहरी चौकीबाट गस्तीमा गएका सुरक्षाकर्मीलाई आरोपितहरूले ०८० असोज २९ गते गुन्सामा दुर्व्यवहार गरेको भन्दै…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बलेफी गाउँपालिका-३ का ३२ वर्षीय रामबहादुर तमाङलाई प्रहरीले ०८० कात्तिक १३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आारोपितले कात्तिक ८ गते माइती घरबाट दशैँको टिका लगाएर आफ्नो घरतर्फ फर्किने क्रममा स्थानीय पसलमा चक्लेट किन्न लाग्दा भुइँमा लडाई बलात्कार प्रयास गरेको भन्दै पीडित…

दरबन्दी अनुसारका चिकित्सक नहुँदा अस्पतालको सेवा प्रवाहमा समस्या

चौतारा सागाचोकगढी नगरपालिका-५ स्थित चौतारा अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । सदरमुकाममा रहेको चौतारा अस्पतालमा तीन जना स्थायी र सात जना अस्थायी गरी १० जना चिकित्सकको दरबन्दी रहेकोमा दुई जना स्थायी र पाँच जना अस्थायी गरी सात जना मात्र चिकित्सकहरू कार्यरत रहेका छन् । तीन…

अपाङ्ग भएका कारण विद्यालयमा पढ्नबाट वञ्चित

चौतारा सागाचोकगढी नगरपालिका-७ का २३ वर्षीय सरोज श्रेष्ठ अपाङ्ग भएकै कारण विद्यालयमा पढ्नबाट वञ्चित भएका छन् । पाँच वर्षअधि कक्षा ६ मा पढ्दै आउनुभएका सरोजलाई कक्षामा उमेर अनुसारको समूह नमिलेको भन्दै विद्यालयले भर्ना गर्न नमानेको सरोजकी दिदि सुशिला श्रेष्ठले बताउनु भयो । कक्षा ६ उतिर्ण हुँदा सरोज १८ वर्ष पुरा…