बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुनकोशी गाउँपालिका-३ बस्ने १६ वर्षीय बालकलाई प्रहरीले ०७९ फागुन ३० गते गिरफ्तार गरेको छ । आरोपित बालकले फागुन २१ गते पीडित बालिकालाई सुनकोशी गाउँपालिका-३ स्थित बुर्लुङ जङ्गलमा घाँस काट्न गएको अवस्थामा बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडितकी आमाले फागुन २३ गते जिल्ला…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-११ बस्ने ३६ वर्षीय रामकुमार दनुवारलाई ०७९ फागुन २२ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले फागुन २० गते पीडितलाई स्थानीय कोइरलाटारको बाटोमा हिँडिरहेको अवस्थामा यौन दुर्व्यवहार गरेको पीडितको आरोप छ । पीडितले फागुन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला…

एसिड प्रहार घटनाका आरोपित गिरफ्तार

सुनकोशी गाउँपालिका-१ ठोकर्पाका १३ वर्षीय बालकलाई ०७९ फागुन १७ गते एसिड प्रहार गरेको आरोपमा सोही ठाउँका २० वर्षीय भरत पहरीलाई प्रहरीले फागुन १८ गते गिरफ्तार गरेको छ । आरोपितले स्थानीय दोबाटोमा आगो बालेर ताप्न खोज्दा एसिड प्रयोग गरेको र एसिडबाट बालक घाइते भएको पीडितको छिमेकी सम्झना पहरीले जानकारी दिनुभयो ।…

विद्यार्थी कुटपिट घटनाका आरोपित गिरफ्तार

चौतारा सागाचोकगढी नगरपालिका-५ स्थित श्री कृष्ण रत्नगंगा माध्यामिक विद्यालयको १० कक्षामा पढ्दै गरेका तीन जना छात्रालाई विद्यालयबाट आफूखुशी बाहिर गएको भन्दै कुटपिट गरेको आरोपमा सोही विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर श्रेष्ठलाई प्रहरीले ०७९ फागुन ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकाहरूले सोही दिन कक्षा सञ्चालन भइरहेको अवस्थामा विद्यालयको नियम विपरित विद्यालयको…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चौतारा सागाचोकगढी नपा-२ का १४ वर्षीय बालकलाई ०७९ फागुन १ गते प्रहरीले घरबाट गिरफ्तार गरेको छ । आरोपित बालकले माघ २३ गते चौतारा सागाचोकगढी नपा-२ स्थित बानिछाप जङ्गलमा यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । पीडित बालिकाको आमाले माघ २५ गते जिल्ला…

स्वास्थ्यकर्मीको अभावमा जेलका बन्दीहरूको स्वास्थ्यमा समस्या

चौतारा कारागारमा स्वास्थ्यकर्मी नहुँदा जेलमा रहेका बन्दी तथा थुनुवाहरूको स्वास्थ्यमा समस्या भएको कारागारका बन्दीहरूले गुनासो गरेका छन् । इन्सेक र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको संयुक्त टोलीले जेल अनुगमन गर्ने क्रममा ०७९ माघ २५ गते जिल्ला कारागार शाखामा रहेका बन्दीहरूले स्वास्थ्यकर्मीको अभावमा स्वास्थ्यमा समस्या भएको बताएका हुन् । केही बन्दीहरूको…

कारागारबाट फरार बन्दी गिरफ्तार

मानव बेचबिखनको आरोपमा पुर्पक्षका लागि थुनामा रहेको बेलामा कारागारबाट भागेकी जुगल गाउँपालिका-५ स्थित बराम्ची स्थायी घर भएकी २५ वर्षीया कविता घिमिरेलाई प्रहरीले ०७९ माघ २४ गते काठमाडौँको जडिबुडिबाट गिरफ्तार गरेको छ । घिमिरेलाई प्रहरीले माघ २४ गते जिल्ला अदालत दाखिला गरी कैद असुल उपरका लागि सोही दिन चौतारा कारागार चलान गरेको जिल्ला…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ३२ वर्षीय जेठाजुलाई प्रहरीले ०७९ माघ २२ गते मेलम्ची बजारबाट गिरफ्तार गरेको छ । पीडितलाई ०७९ पुस १९ गते घरमा बसेका बेलामा धाक धम्की दिएर आरोपितले बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडितले आरोपितविरुद्ध माघ १२ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको जिल्ला प्रहरी…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

५८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बाह्रविसे नगरपालिका-४ का ६८ वर्षीय पर्शबहादुर बुढाथोकीलाई प्रहरीले ०७९ माघ ९ गते बाह्रविसे बजारबाट गिरफ्तार गरेको छ । पीडितलाई ०७९ पुस २० गते आफ्नै घरमा बसेको अवस्थामा आरोपितले बलात्कार प्रयास गरेको पीडितको आरोप छ । पीडितले पुस २६ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा आरोपित बुढाथोकीविरुद्ध उजुरी दिएको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-४ का ३८ वर्षीय गणेशबहादुर थापालाई प्रहरीले ०७९ माघ ९ गते नवलपुर बजारबाट गिरफ्तार गरेको छ । पीडितलाई स्थानीय जङ्गलको बाटोमुनी लगि पुस २५ गते बलात्कार गरेको पीडितपक्षको आरोप छ । पीडितको तर्फबाट पीडितकी आमाले पुस २६ गते इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका…