अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को अर्ध वार्षिक समीक्षा कार्यक्रम ०८० असार १७ गते लगनखेलमा सम्पन्न भएको छ । समीक्षामा जिल्ला प्रतिनिधिले ललितपुरमा सङ्कलन भएका मानव अधिकार उल्लङ्घनको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सन् २०२३ को जनवरीदेखि जुन सम्मको अवधिमा जिल्लामा ६…

२०८० असार १८, सोमबार १४:४८ गते  
कर्मचारी दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

ललितपुर जिल्ला अदालतमा ३२ वर्षीया नायब सुब्बा प्रेमिका तामाङलाई काठमाडौँ महानगरपालिका-१४, कलङ्कीका ३६ वर्षीय अमिर लामिछानेले दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ०८० असार १५ गते गिरफ्तार गरेको छ । अदालतको कार्यकक्षमै बसेर काम गरिरहेको समयमा असार १३ गते आफूमाथि अधिवक्ता लामिछानेले हातपात गर्नुका साथै दुर्व्यवहार गरेको पीडितले बताउनु भयो । आफूमाथि…

२०८० असार १५, शुक्रबार १९:४८ गते  
यातना पीडितहरूको न्यायमा पहुँच सुनिश्चित गरः आयोग

व्यक्तिलाई यातना दिइने जस्तो अमानवीय तथा अपराधजन्य कार्य कहीँ कतैबाट पनि नगर्न, नगराउन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको । यातना दिने कार्यमा संलग्नलाई कारबाही गर्न र याताना पीडितहरूको न्यायमा पहुँच सुनिश्चित गर्न आयोग सम्बन्धित सबैमा आग्रह गरेको छ । हाल आयोगमा यातनासम्बन्धी ३ सय ५८ ओटा उजुरीहरू विचाराधिन अवस्थामा…

२०८० असार १२, मंगलवार ०७:५७ गते  
वातावरणीय अधिकार रक्षकहरूको अवस्था विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा डिसिएको सहयोगमा नेपालमा वातावरणीय मानव अधिकार रक्षकहरूको अवस्था विषयक अन्तरक्रिया ०८० असार ५ गते सम्पन्न भएको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले वातावरण अधिकार मानवको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएपनि सरकारको प्राथमिकतामा नपारेकोले इन्सेकले वातावरण संरक्षणको सवालमा काम गरिरहेको बताउनु भयो…

२०८० असार ६, बुधबार १३:०२ गते  
नागरिकता प्राप्तिको अधिकारबाट वञ्चित नगरः आयोग

व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकारका सबै पक्षसँग जोडिएको नागरिकता प्राप्त गर्ने एवम् व्यक्तिको पहिचानको विषयलाई संवेदनशीलरुपमा लिइ नागरिकता प्राप्त गर्ने अधिकारको सम्मान, संरक्षण र सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । जन्मसिद्ध नागरिकता भएका व्यक्तिका सन्तानलाई नेपाल सरकारले नागरिकताबाट वञ्चित गरेको भन्दै ०८० जेठ २२…

२०८० असार ५, मंगलवार ११:५९ गते  
अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरः आयोग

कोशी प्रदेशको नामकरणको विषयलाई लिएर कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा भएको विरोध प्रदर्शनमा भएका घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । आयोगको कोशी प्रदेश कार्यालयले घटनाहरूको निरन्तर अनुगमन गरिरहेको ०८० जेठ १५ गते जारी विज्ञप्तिमा उल्लेख छ । आयोगले यस अगाडि ०७९ चैत्र १७ गते विज्ञप्ति मार्फत…

२०८० जेष्ठ १५, सोमबार १२:३० गते  
आमरण अनशनमा रहनुभएकी बिनु यादवको जीवन रक्षा गरः आयोग

सिराहा नगरपालिका-२ की बिनु यादव विगत १५ दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा आमरण अनशनमा रहनुभएकी र निजको स्वास्थ्य अवस्था नाजुक बन्दै गएकोमा राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ । यादवले आफूलाई विभिन्न व्यक्तिहरूले जबरजस्ती करणी गरेको र सम्बन्धित निकायमा उजुरी गर्दा पनि न्याय नपाएको एवम् जबरजस्ती रुपमा जाहेरी फिर्ता…

२०८० जेष्ठ १०, बुधबार २१:१४ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ललितपुर महानगरपालिका-२३, धापाखेलका २५ वर्षीय अमन यावदलाई ०८० जेठ ९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ललाइ फकाइ आरोपितको निवासमा जेठ ७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जेठ ८ गते प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएका थिए । पीडित परिवारको…

२०८० जेष्ठ १०, बुधबार २१:०३ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काठमाडौँ जिल्ला तारकेश्वर नगरपालिका-५, गोलढुङ्गाका ३६ वर्षीय आशिष थापालाई ०८० जेठ ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ललाइ फकाइ पीडितको निवासमा ०७९ फागुन १२ गते बलात्कार गरेको भन्दै ०८० जेठ ३ गते पीडितले प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिनु भएको थियो…

२०८० जेष्ठ १०, बुधबार १५:३३ गते  
आमरण अनसनमा बसेका सांसद गौतमको जीवन रक्षा गरः आयोग

‘हाम्रो बर्दिया बचाऔँः समुन्नत बर्दिया बनाऔँ’ भन्ने अभियानअन्तर्गत पन्ध्र बुँदे मागहरू राखी विगत सात दिनदेखि बर्दियामा आमरण अनसनमा बसेका बर्दिया क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमको स्वास्थ्य अवस्थाप्रति ध्यानाकर्षण भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । आयोगको लुम्बिनी प्रदेश शाखा कार्यालय, नेपालगञ्जले अनशनको स्थलगत अनुगमन गरेको…

२०८० जेष्ठ ५, शुक्रबार २०:५६ गते