बलात्कार कसुरमा १२ वर्ष कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले झापा जिल्ला गौरादह नगरपालिका–५ कोभारा घर भई महाँकाल गाउँपालिका–६, ठुलादुर्लुङ बस्ने ५१ वर्षीय डिल्लीराम शिवाकोटीलाई १२ वर्ष कैद र ५ लाख रुपियाँ जरिबानाको फैसला गरेको छ । जिल्ला अदालतका मुख्य न्यायाधीश ऋषिराम आचार्यको ०८१ वैशाख १६ गतेको आदेशले उक्त सजाय…

२०८१ बैशाख १८, मंगलवार १०:०२ गते  
आगलागी र डढेलोबाट जन धनको सुरक्षा गर्न मानव अधिकार आयोगको आग्रह

आगलागी र डढेलोबाट जन धनको सुरक्षा गर्न मानव अधिकार आयोगले विज्ञप्तिमार्फत आग्रह गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगले आगलागी र डढेलोबाट नागरिकको जीउधनको सुरक्षा गर्न वैशाख १७ गते विज्ञप्तिमार्फत देशका विभिन्न ठाउँमा आगलागी र डढेलोबाट मानवीय क्षतिसमेत भएकाले सचेत हुन सरकारलाई आग्रह गरेको हो । विज्ञप्तिमा आगलागी तथा डढेलोको…

२०८१ बैशाख १७, सोमबार १६:५३ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया र ८ वर्षीया दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा ललितपुर महानगरपालिका–२८ हरिसिद्धि बस्ने पीडितका २२ वर्षीय झट्केला दाजुलाई ०८१ वैशाख १३ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडित बालिकाहरूलाई ललाइ फकाइ प्रलोभनमा पारी ०८० साउनदेखि चैत २९ गतेसम्म पटक पटक बलात्कार गरेको आरोप सहित पीडितकी आमाले ०८०…

२०८१ बैशाख १४, शुक्रबार १७:०२ गते  
बालिकालाई बेचबिखन गरेको घटनाका आरोपित गिरफ्तार

साढे दुई वर्षीया बालिकालाई काठमाडौमा पढाउने भनेर ल्याएर झापाको काँकडभिट्टा हुँदै भारतको सिलगुढी बस्ने महिलालाई पठाएको आरोपमा गोदावरी नगरपालिका–४ बडिखेलकी ४३ वर्षीय कल्पना विश्वकर्मालाई ०८१ वैशाख १० गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले मकवानपुर जिल्लाकी पीडित बालिकाका अभिभावकलाई ललाइ फकाइ प्रलोभनमा पारी काठमाडौमा पढाउने आश्वासन दिइ ०८० चैत २९…

२०८१ बैशाख १४, शुक्रबार १५:५३ गते  
डढेलो निभाउँदा घाइते भएको पहरीको निधन

गोदावरी नगरपालिका–४ बडिखेलस्थित कुमारी सामुदायिक वनमा डढेलो निभाउने क्रममा घाइते भएका ४८ वर्षीय रमेश पहरीको ०८१ वैशाख १९ गते किर्तीपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । डढेलो निभाउने क्रममा ०८१ वैशाख १८ गते दिउँसो गोदावरी नगरपालिका–४ बडिखेलका ३७ वर्षीय शंकर पहरी र रमेश पहरी घाइते भइ उपचारका लागि…

२०८० फाल्गुन १८, शुक्रबार १२:४४ गते  
आयोगद्वारा मानव अधिकार उल्लङ्घनका दोषीहरूको नामावली सार्वजनिक

राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लङ्घनका दोषीहरूको नामावली सार्वजनिक गरेको छ ।आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० माघ १५ गते विज्ञप्ति जारी गर्दै मानव अधिकार उल्लङ्घनका ६० जना दोषीहरूको नामावली सार्वजनिक गरेको हो । नेपाल प्रहरीतर्फ मानव अधिकार उल्लङ्घनका दोषीहरूमा आयोगले एसपी योगेश्वर रोमखामी, एसपी रामकुमार खनाल, एसपी नारायणकुमार…

२०८० माघ १७, बुधबार १०:४७ गते  
बालकुमारी घटनामा मानव अधिकार आयोगद्वारा अनुगमन सुरु

राष्ट्रिय मानव अधिकार आयोगले दक्षिण कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर भएको प्रदर्शन र सोही प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको अनुगमन सुरु गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० पुस १३ गते विज्ञप्ति जारी गर्दै घटनाका…

२०८० पुष १३, शुक्रबार २०:४१ गते  
आन्दोलनका क्रममा प्रहरीको गोली र लाठी प्रहारबाट दुई जनाको मृत्यु

दक्षिण कोरियमा रोजगारमा जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षामा सहभागी हुन नपाएको भन्दै असन्तुष्ट युवाहरूको प्रदर्शनमा प्रहरीसँग झडप हुँदा दुई जनाको मृत्यु भएको छ । आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु हुनेमा अछामको चौरपाटी गाउँपालिका-१ का २२ वर्षीय वीरेन्द्र शाह ठकुरी रहेका छन् भने प्रहरीले प्रहार गरेको लाठी…

२०८० पुष १३, शुक्रबार २०:२६ गते  
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमाथि बालकुमारीमा आगजनी

दक्षिण कोरियमा रोजगारमा जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षामा सहभागी हुन नपाएको भन्दै असन्तुष्ट युवाहरूको समूहले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमाथि बालकुमारीमा आगजनी गरेका छन् । आगजनीबाट मन्त्री ज्वाला चढ्ने गरेको बा २ झ ५८६१ नम्बरको गाडीमा पूर्ण रूपमा क्षति पुगेको छ । जिल्ला परिसर,…

२०८० पुष १३, शुक्रबार १५:०४ गते  
आप्रवासी श्रमिकहरूको अधिकार संरक्षणमा गम्भीर बन्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको अधिकार संरक्षणमा गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । अन्तराष्ट्रिय अप्रवासन दिवसको अवसरमा आयोगका प्रवक्ता टीकाराम पोखरेलले ०८० पुस १ गते विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको मानव अधिकार संरक्षणका लागि पर्याप्त लगानी गर्न, पीडितहरूको न्यायमा पहुँच पुर्‍याउन, वैदेशिक रोजगार व्यवस्थापनको…

२०८० पुष २, सोमबार १९:२५ गते